सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत : यस्ता छन् प्रदेश सरकारका प्राथमिकता | Khabarhub Khabarhub

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत : यस्ता छन् प्रदेश सरकारका प्राथमिकता


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । 

आइतबार बसेको सुदूरपश्चिम प्रदेशसभाको १०औं अधिवेशनको ५औं बैठकमा प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम अनुसार यस्ता छन् प्राथमिकतामा परेका योजनाहरू

-अति आवश्यक बाहेक नयाँ सवारी खरिद नगर्ने
– प्रदेशको प्रथम पञ्चवर्षीय योजनाले तय गरेका योजना आवश्यकताका आधारमा अघि बढाइने
– प्रदेश आत्मनिर्भर अर्थतन्त्रका लागि विशेष कार्यक्रम सञ्चालन गरिने ।
– प्रादेशिक अर्थतन्त्रको सवलिकरणका लागि स्वदेशी तथा विदेशी लगानी भित्र्याइ लगानी मैत्री वातावरण निर्माण गरिने ।
– पूँजीगत खर्च बढाइने ।
-कार्यान्वयन योग्य आयोजना बैंकमा राखी प्राथमिकताका आधारमा कार्यान्वयन गरिने ।
– ठूला योजनाको आन्तरिक लेखा परीक्षण गरिने
– आन्तरिक राजस्व बढाउन करको दायरा बढाइने ।
– वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गरी रोजगार मूलक कार्यक्रम सञ्चालन गरिने । 

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
– प्रदेश सरकार ‘कृषकको अभिभावक’ भन्ने नाराका साथ कृषिमा विद्युत महशुल, भन्सार लगायतका क्षेत्रमा विशेष छुट दिइने ।
– कृषि एम्बुलेन्स सञ्चालन गरिने ।
-कृषि उत्पादन बढाई आयात घटाउने र निर्यात बढाउने योजना ल्याइने ।
मार्सिको धान खेती विस्तार गरिने ।
– केरा दूध, माछा, मासुमा प्रदेशलाई आत्मनिर्भर बन्ने ।
– मसिनो र बास्नादार धानको बीउ संरक्षण गरिने ।
– उत्पादित कृषि भण्डारणका लागि गोदाम घर निर्माण गरिने ।
– ‘आजको लगानी ‘भोलिको आम्दानी’ भन्ने नाराका साथ कृषिमा लगानी बढाइने ।
– प्रमुख, सहायक, हलाकी तथा सहायक सडक आसपासमा व्यवसायीक खेती गर्न प्रोत्साहन गरिने ।
-आफूलाई चाहिने बीउ आफैँ उत्पादन गरौँ भन्ने नाराका साथ रैथाने बीउको संरक्षण गरिने ।
-‘मेरो उत्पादन प्रदेशको पहिचान’ नाराका साथ कृषिलाई उत्पादन र बजारी करण गरिने ।
-‘नमूना कृषि गाउँ आफैँ बनाऔं’ नाराका साथ सञ्चालन भइरहेको मुख्यमन्त्री कृषि आधुनिकरण कार्यक्रमलाई निरन्तरता दिइने ।
-‘उत्कृष्ठ कृषकलाई भीमदत्त पुरस्कारबाट सम्मान गरिने ।
– रैथाने वालीको उत्पादन बढाइने ।
खाली जग्गा र प्राकृतिक ताल तलैयामा माछा पालन गरिने ।
सहकारीमार्फत चक्लावन्दी खेती गरी बजारी करण गरिने ।
– ‘माटो जोगाऔँ उत्पादन बढाऔं’ भन्ने नारा लागू गरिने ।

उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय
– दिगो वन व्यवस्थापन कार्यक्रम लागू गरिने ।
– साल प्रजातिको आयतन प्रणाली लागू गरिने ।
– नदी तटीय क्षेत्रमा वृक्षारोपण गरी उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ उत्पादन बढाइने ।
– कृषि कल्चर प्रयोगशाला स्थापना गरिने ।
जडिबुटी प्रशोधन केन्द्र स्थापना गरिने ।
– वन्यजन्तु र मानवबीचको द्वन्द्व नियन्त्रण गर्न वन्यजन्तु उद्धार केन्द्र र एमुलेन्स सेवा सञ्चालन गरिने ।
– कैलालीको वसन्ता वन क्षेत्रको अतिक्रमण हटाइने ।
– ‘स्वच्छ वातावरण स्वस्थ जीवन’ भन्ने नाराका साथ सचेतना वन संरक्षणमा अभिप्रेरित गर्नेखालका सचेतना कार्यक्रम सञ्चालन गरिने ।
– पर्यटन गुरुयोजनाले निर्धारण गरेका योजनाका आधारमा निजी क्षेत्रसँग सहकार्य गरी पर्यटन विकास गरिने
– पर्यटकीय क्षेत्र खप्तडमा आध्यात्मिक ध्यान केन्द्र निर्माण गरिने ।
– साइपाल वेश सम्म साहसिक पद मार्ग निर्माण गरिने ।
– ‘पाहुनाको सत्कार, सुदूरपश्चिमको संस्कार’ भन्ने नाराका पर्यटकको स्वागत तथा सम्मान गर्ने गरी नागरिकको क्षमता अभिवृद्धि गरिने ।
– पहाडी क्षेत्रमा रहेका परमपरागत घरमा होम स्टे सञ्चालन गरिने ।
– साना तथा घरेलु उद्योगले गरेको योगदानका आधारमा प्रोत्साहन
– कार्यक्रम सञ्चालन गरिने ।
– एक स्थानीय तह एक औद्योगिक ग्राम, एक जिल्ला एक विशिष्ट उद्योग स्थापना गरिने ।
-सुदूरपश्चिमका अति विकट क्षेत्र व्यास, साईपाल, अपि र हिमाली गाउँपालिकामा आवश्यकताका आधारमा खाद्यान्न ढुवानीमा अनुदान दिइने ।
– परम्परागत रुपमा गरिने सुनको संकलन कार्य तथा राउटे समुदायले निर्माण गर्ने काठमा भाडा निर्माणको अध्ययन गरी संरक्षण तथा आधुनिकिकरण गरिने ।

सामाजिक विकास मन्त्रालय
– प्रदेशको आफ्नै विश्वविद्यालय निर्माण गरिने ।
– ‘एक प्रदेश निर्वाचन क्षेत्र एक नमुना विद्यालय निर्माण गरिने ।
– प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम सञ्चालन गरिने ।
– विद्यालय नर्स कार्यक्रमलाई लक्षित गरी किशोर किशोरीलाई यौन तथा प्रजनन शिक्षा कार्यक्रम सञ्चालन गरिने । शिक्षकको क्षमता विकास गरिने ।
– प्राविधिक शिक्षातर्फका सामुदायिक विद्यालयमा छात्रवास निर्माण गरिने ।
– प्रदेश परीक्षा बोर्ड स्थापना गरिने ।
-‘स्वास्थ्यका लागि खेल कुद, सबैका लागि खेलकुद’ भन्ने नाराका साथ मुख्यमन्त्री खेलकुद कार्यक्रम सञ्चालन गरिने ।
– फाप्लालाई अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउन बनाउन संघसँग सहकार्य गरिने ।
– वातावरण संरक्षणका लागि युवा परिचालन गरिने ।
– प्रज्ञा प्रतिष्ठान निर्माण गरिने ।
– स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गरिने ।
– गेटा मेडिकल कलेज सञ्चालनका लागि संघसँग आवश्यक समन्वय गरिने ।
-‘जनताको स्वास्थ्यको ख्याल, सुविधा सम्पन्न अस्पताल’ सञ्चालन गरिने ।
-कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम गर्न अग्र पङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई सम्मानित गरिने ।
– गर्भवती महिलाको निःशुल्क स्वास्थ्य परिक्षण गरिने ।
– महाकाली र टिकापुरमा सिकलसेल लगायत जटिल रोगको निशुल्क स्वास्थ्य परीक्षण तथा उपचार गरिने ।
– विपन्न परिवारको ‘निःशुल्क स्वास्थयवीमा’ गरिने ।
– योग शिक्षा सञ्चालन गरिने ।
– सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र टिकापुर अस्पतालमा डाइलाइसिस सेवा सञ्चालन गरिने । डोटीमा डाइलाइसिस सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गरिने ।
– विपन्न नागरिकलाई गम्भीर प्रकृतिका रोगमा ५ हजारसम्मको स्वास्थ्य उपचार निःशुल्क गरिने ।
– ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी, भन्ने नाराका साथ दीर्घरोगको न्यूनीकरण गरिने ।
– सामाजिक कुरीतिविरुद्ध एकीकृत अभियान सञ्चालन गरिने ।
– सडक मानवलाई उद्धार तथा संरक्षण, सडक मानव मुक्त बनाइने ।
जेष्ठ नागरिकले आर्जन गरेका ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गरिने । 

भौतिक पूर्वाधार विकास मन्त्रालय
– जलाधारको एकीकृत विकास गरी बहुआयामिक व्यवस्थापनका लागि गुरु योजना निर्माण गरिने ।
सिचाईंमा नयाँ प्रविधिको विकास गरिने ।
बहुउद्देश्ययी सिँचाइ सेवा सञ्चालन गरिने ।
– पानीको संकट व्यवस्थापनका लागि लिफ्ट सिँचाइ र पोखरीमा प्राथमिकता दिइन् ।
सिँचाइ प्रणालीको विकास गर्न निजी क्षेत्रसँग सहकार्य गर्ने ।
– ठूला नदी तथा जलमा जल यातायात सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिने ।
– विद्युतीय चुलो र विद्युतीय सवारीको प्रर्वद्धन गरिने ।
– ग्रामीण क्षेत्रमा राष्ट्रिय प्रसारण लाइन विस्तार गरिने ।
– ‘एक घर एक भारा’ भन्ने अभियानका साथ आगामी ५ वर्षभित्र सबै घरमा धारा निर्माण गरिने ।
– खानेपानी उपभोक्ता समितिको संस्थागत विकास गरिने ।
– प्रदेशको राजधानी तोकिएको गोदावरी क्षेत्रमा भोगाधिकारका लागि संघीय सरकारसँग पहल गरिने ।
– बढ्दो बसाई सराई नियन्त्रण गर्न सबै जिल्लाका जिल्ला सदरमकाममा एकीकृत विकास कार्यक्रम सञ्चालन गरिने ।
– अटो मेकानिकल तथा वर्कसप व्यवस्थापनका लागि ‘अटो भिलेज’ निर्माण गरिने ।
– गौरबका योजनाका सडकको स्तर उन्नती र मर्मत गरिने ।
– ग्रामिण क्षेत्रमा सहज आवत जावतका लागि थप झोलङ्गे पुल निर्माण गरिने ।
– कैलालीको चिसापानीदेखि गडुडाचौकीसम्मको राजमार्ग ४ लेन बनाउन सम्भाव्यता अध्ययन गरिने ।
– विद्युतीय सवारी प्रात्साहन गर्न निजी क्षेत्रलाई चार्जिङ स्टेसन बनउन स्वीकृति दिइने । 

आन्तरिक मामिला तथा कानुन मन्त्रालय
-प्रहरी तथा सुरक्षा सेवाका बारेमा जानकारी दिन आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सूचना समन्वय कक्ष स्थापना गरिने ।
-जातीय विभेद लगायत सामाजिक कुरुतिविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरिने ।
– कारागारलाई सुधार गृहका रुपमा सञ्चालन गर्न आवश्यक कार्यक्रम सञ्चालन गरिने ।
– कानुन निर्माण प्रक्रियालाई सहभागिता मूलक बनाइने ।
– कानुन तर्जुमा इकाई स्थापना गरिने ।
– विपद व्यवस्थापन कम गर्न जोखिम बढी भएका क्षेत्रमा पूर्व सूचना प्रणाली जडान गरिने ।
-आपतकालीन हवाई उद्धारलाई निरन्तरता दिइने ।
– भ्रष्टाचार निवारण कार्यक्रम ल्याइने ।
– लोकसेवा आयोगबाट स्थानीय सेवाको पद पूर्ति गरिने ।
– आगामी विकासको गतिलाई चलायमान बनाउन प्रथम पञ्चवर्षीय योजनालाई प्रभावकारी बनाइने ।
– प्रदेशसभाको अर्को बैठक सोमबार दिउँसो ३ बजे बस्ने छ ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ६ : ५१ बजे

कांग्रेसले भन्यो : रविमाथि छानबिन गर्न समिति नबनेसम्म संसदअघि बढ्दैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणबारे

सियरा लियोनमा विषाक्त खानाको कारण १०४ जना अस्पताल भर्ना

फ्रिटाउन – सियरा लियोनको राजधानी फ्रिटाउनमा एउटा कुकरी पसलबाट दूषित

प्रधानमन्त्रीलाई अघिल्लो पटकभन्दा बढी विश्वासको मत प्राप्त हुन्छ : माधव सापकोटा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले

आजका समाचार : संसदमा रविकाे जवाफ, विश्वासको मत रोक्न सर्वोच्चमा रिट

कांग्रेसलाई रविको प्रश्न : मैले गृहमन्त्री हुँदा नैतिकताको प्रश्न उठाउनेले

प्रादेशिक चलचित्र विकास बोर्ड गठन गर्छौँ : मुख्यमन्त्री कार्की

झापा– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चलचित्र क्षेत्रको समृद्धिका लागि