रुपन्देहीमा बस दुर्घटना : ९ जनाको मृत्यु, २४ घाइते | Khabarhub Khabarhub

रुपन्देहीमा बस दुर्घटना : ९ जनाको मृत्यु, २४ घाइते


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– रुपन्देहीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । २४ जना घाइते भएका छन् ।

आइतबार बिहान पौने ५ बजेतिर रुपन्देहीको रोहीणी गाउँपालिका ३ मा रहेको रोहीणी पुलबाट लु २ ख ३८४१ नम्बरको बस नदीमा खस्दा ९ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार अहिले पनि उद्धार कार्य भइरहेको छ । अहिलेसम्म ३३ जनालाई भीम अस्पताल भैरहवा र मेडिकल कलेज भैरहवा लगिएको छ ।

घाइते अधिकांश अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । बस पुलबाट नदीमा खसेको हो । प्रहरीले दुर्घटनाको कारण खुल्न नसकेको बताएको छ ।

 

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ८ : ०१ बजे

कांग्रेसको दाबी : समिति बनाउन प्रधानमन्त्री तयार, सत्तापक्षसँग छलफल गर्ने 

काठमाडौं– नेपाली कांग्रेसले संसद्‌मा उठाएको गृहमन्त्री रवि लामिछानेमाथिको छानबिन समिति

कांग्रेससँग छलफल सकेर प्रधानमन्त्री पेरिसडाँडामा 

काठमाडौं– सदन खुलाउने विषयमा कांग्रेस नेताहरूसँग छलफल गरेर प्रधानमन्त्री कोटेश्वर

मधेस प्रदेशमा साना दल ‘निर्णायक’ हुँदा ठूला दल निरीह

जनकपुरधाम — मधेश प्रदेश सरकारबाट हटेका नेकपा (माओवादी केन्द्र) र

आवश्यकताका आधारमा समाजवादी कार्यक्रम अघि सार्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले

टेक्सासमा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या सात पुग्यो

काठमाडौं – टेक्सासको ह्युस्टन सहरमा खराब मौसमसँगै आएको आँधीका कारण