संघ सरकारले जग्गा उपलब्ध नगराउँदा योजनाहरू प्रभावित हुँदै : मुख्यमन्त्री पोखरेल « Khabarhub

संघ सरकारले जग्गा उपलब्ध नगराउँदा योजनाहरू प्रभावित हुँदै : मुख्यमन्त्री पोखरेल


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 पाेखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशका योजनाका लागि जग्गा प्राप्ति नहुँदा योजनामा अवरोध भएको बताएका छन् ।

प्रदेशको अर्थ मन्त्रालयले आज पोखरामा गरेको बजेटसम्बन्धी छलफलमा मुख्यमन्त्री पोखरेलले सङ्घ सरकारले अहिले पनि जग्गा उपलब्ध गराउन नसकेकाले धेरै विकासका योजनाहरू प्रभावित भएको बताएका हुन् ।

उनले भने, “सरकारसँग जग्गा प्राप्तिका लागि माग गरेको लामो समयसम्म पनि प्राप्त नहुँदा विकासमा अवरोध उत्पन्न भएको छ । सरकार परिवर्तन भए पनि नीति नियम अझै परिवर्तन हुन नसक्दा सोचेअनुसार विकास गर्न सकिएन ।”

अर्थमन्त्री रामजीप्रसाद बरालले नयाँपन दिनुपर्ने, अनिवार्य दायित्व र बहुवर्षीय योजनालाई प्राथमिकता दिने गरी बजेटको तयारी गरिएको बताए ।

उनले प्रदेशलाई बलियो बनाउनु सबैको दायित्व भएकाले सकारात्मक सुझावको अपेक्षा सरकारको रहेको पनि बताए ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्दै सरकारले विकास बजेट खर्च गर्न नसकेकाले देशमा हाल आर्थिक तरलता भएको बताए ।

प्रदेश र स्थानीय तहको करिब साढे तीन खर्ब बजेट सरकारी बैंकमा रहेको उल्लेख गर्दै कोरोना र हालको अर्थतन्त्रलाई चलायमान बनाउन छोटो समयमा ठूलो नतिजा ल्याउन नमूना कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. पुष्परमण वाग्लेले दसैँ पर्वका लागि मात्र घर जाने उद्देश्यले निर्माण हुने सडक निर्माण कार्यलाई रोक्नुपर्ने बताए ।

फेवातालमा फुटट्र्याक निर्माण गर्न सके पोखरामा पर्यटकको बसाइ अवधि लम्ब्याउन सकिने उनको भनाइ थियो । अर्थशास्त्री डा. लेखनाथ भट्टराईले परियोजना बैंक अवधारणमा विकास योजना केन्द्रित हुनुपर्ने बताउँदै तथ्याङ्क अभावले गर्दा विकास निर्माणका काममा कठिनाइ भएको बताए ।

पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षत्रीले महत्वकांक्षी योजना नहुने गरी यथार्थमा आधारित बजेट ल्याउन सुझाव दिए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले अहिलेको अवस्थाले देशको अर्थतन्त्र अघि बढ्न नसक्ने बताए ।

उनले आपूर्ति व्यवस्था र सहुलियतका लागि प्रदेशका ८५ पालिकामा सुपथ मूल्यका पसल सञ्चालन गर्ने गरी योजना बनाउन आग्रह गरेका थिए ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  ११ : ५६ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल