प्रधानमन्त्री देउवाले भने– ‘गठबन्धन टुटाउने षड्यन्त्र भरतपुरबाट हुनु हुँदैन’ | Khabarhub Khabarhub

प्रधानमन्त्री देउवाले भने– ‘गठबन्धन टुटाउने षड्यन्त्र भरतपुरबाट हुनु हुँदैन’


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भएको बताएका छन् ।

पाँच दलीय गठबन्धनले आज चितवनको भरतपुरमा गरेको आमसभामा प्रधानमन्त्री देउवाले गठबन्धन टुटाउने षड्यन्त्र चितवनबाट हुन नदिन जिल्लाका नेता कार्यकर्तालाई उनले आग्रह गरेका हुन् ।

उनले भने, “गठबन्धन टुटाउने षड्यन्त्र भएको छ, यो षड्यन्त्रबाट हाम्रो पार्टी खत्तम हुन्छ, उहाँहरूको पनि खत्तम हुन्छ । कुनै पनि हालतमा गठबन्धन टुटाउने षड्यन्त्र भरतपुर र चितवनबाट हुन सक्दैन र हुनु हुँदैन ।”

भरतपुर महानगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेकी मेयर उम्मेदवार रेनु दाहालले यसअघिका कार्यकालमा महत्वपूर्ण काम गरेको भन्दै उनले गठबन्धनका पक्षमा लाग्न आग्रह गरे ।

उनले भने, “उहाँलाई जिताउनुहोस्, १०/२० वर्ष गठबन्धन टिक्छ ।” सभापति देउवाले थपे, “उहाँले जितिसक्नुभएको छ, पार्टीका केही साथीहरूले बखेडा गर्नु आवश्यक छैन ।” आफूले पार्टीमा ८२ प्रतिशत मत लिएर सभापति जितेको भन्दै उनले भने, “यो मत जनप्रतिनिधिको मत हो । नेपाली जनताको गठबन्धनप्रति समर्थन भएर मैले जितेको हुँ । होइन भने मैले कहाँ जित्थे ।”

देउवाले गठबन्धनप्रति मेचीमहाकालीका जनताको भरोसा भएर नै पार्टीका साथी लागेर सभापति जितेको बताए ।

“जनताले चुनेर आएका पार्टीका साथीहरूको भोटले पार्टी सभापति भएको हुँ ।” उनले भने, “नेपाली जनता र तिनका प्रतिनिधिले दुई तिहाइभन्दा बढी भोटले जिताउनुभयो । यो स्पष्ट हुन्छ, नेपाली जनता गठबन्धनप्रति विश्वस्त भएर मैले जितेको हुँ ।”

सभापति देउवाले चितवन कांग्रेसले गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने पनि बताए ।

“चितवनका साथीहरूको कर्तव्य छ । रेनु दाहाललाई सहयोग गर्नुपर्छ ।” भरतपुरको विकास भएको भन्दै उनले भने, “ठाउँठाउँमा कालोपत्रे भएको छ । यहाँको भाउ बढेको छ । स्मार्टसिटी बनाउने भन्नुभएको छ ?” भरतपुरमै अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, अन्तर्राष्ट्रियस्तरको सभाहल र विमानस्थल दाहालको पहलमा बन्न लागेको भन्दै उनले विकासप्रेमी नेतालाई जिताउनुपर्ने बताए ।

प्रधानमन्त्री देउवाले, “भरतपुर महत्वपूर्ण ठाउँ बन्ने छ । संसारका पर्यटक आउनेछन् । क्रिकट हेर्न संसारभरिका मानिस आउँछन् । काम गर्ने मान्छे नभए को हुन्छ ?” भरतपुर महानगरमा दाहालको नेतृत्वको जनप्रतिनिधिले बेरुजु शून्य बनाएको उनको भनाइ थियो ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  ६ : १२ बजे

धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सहयोग गर्ने मन्त्री जोशीको प्रतिबद्धता

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले धुञ्चे–गोसाइँकुण्ड

खेलाडीबाट अनुशासन सिक्नुपर्छः धनराज गुरुङ

कास्की – नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले

मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु

सङ्खुवासभा – मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको

अफगानिस्तानद्वारा १० अर्ब डलरको व्यापार

काबुल – फारसी क्यालेन्डर वर्ष १४०२ देखि मार्च १९ सम्मको

बागलुङमा जिप दुर्घटना हुँदा १६ जना घाइते

बागलुङ – बागलुङमा जिप दुर्घटना हुँदा १६ जना घाइते भएका