दुई वर्षपछि बिजुली खरिद गर्नुपर्ने अवस्थाको अन्त्य हुन्छः घिसिङ | Khabarhub Khabarhub

दुई वर्षपछि बिजुली खरिद गर्नुपर्ने अवस्थाको अन्त्य हुन्छः घिसिङ


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुई वर्षपछि बिजुली खरिद गर्नुपर्ने अवस्थाको अन्त्य हुने दाबी गरेका छन् ।

शनिबार नेपाल इन्जिनियर्स एसोसियसनले चितवनमा गरेको कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले दुई वर्षपछि भारतबाट बिजुली खरिद गर्ने अवस्थाको अन्त्य हुने बताएका हुन् ।

नेपालमा पर्याप्त विद्युत् उत्पादन हुने र सुक्खायाममा पनि आयात गर्नु नपर्ने उनको दाबी छ ।

घिसिङले दुई वर्षमा करिब दुई हजार मेगावाट बिजुली उत्पादन बढ्ने भन्दै देशभित्रको मागलाई सहजै पूरा गर्ने पनि बताए । अझ् वर्षात्का बेला मागभन्दा ६० प्रतिशत बढी बिजुली उत्पादन हुने पनि उनले बताए ।

अतिरिक्त उत्पादन भारत सरकार खरिद गर्न सहमत भएको पनि घिसिङले जानकारी दिए ।

हाल भारतबाट करिब ४ सय मेगावाट बिजुली आयात हुने गरेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ४ : ४९ बजे

कोशी सरकार विरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश 

काठमाडौं– कोशी सरकार गठनविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा

यस्तो नेपाली क्रिकेट टिमको अमेरिकामा प्रशिक्षण तालिका

काठमाडौं– टी-२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टीमको

व्यक्ति विशेष छानबिन समिति जरुरी छैन : देवेन्द्र पौडेल 

काठमाडौं– नेकपा माओवादीका संसद् देवेन्द्र पौडेलले कांग्रेसले बजेट अधिवेशनको पहिलो

चिनियाँ फोटोग्राफरसँग एनएफपिजे नेपालको अन्तरक्रिया, नेपालको सुन्दरता विश्वमा चिनाउने प्रण

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले चीनका प्रसिद्ध ट्राभल

संसद्‌ अवरोध गर्दा कांग्रेसका चार नारा

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएका सहकारी ठगी