राष्ट्रियसभाका नवनिर्वाचित १९ सांसदको शपथ आज | Khabarhub Khabarhub

राष्ट्रियसभाका नवनिर्वाचित १९ सांसदको शपथ आज


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रियसभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण आज हुँदैछ।

चार वर्षे कार्यकाल सकेर राष्ट्रिय सभाका २० सांसद हिजो बिदा भए पछि गत माघ १२ गते सम्पन्न निर्वाचनबाट निर्वाचित १९ जना सांसदको शपथ आज गराइँदै छ।

संघीय संसद् सचिवालयकाअनुसार आज बिहान ११ बजे सिंहदरबारमा शपथ ग्रहण कार्यक्रम हुनेछ। शपथपछि निर्वाचित सदस्यको कार्यकाल सुरु हुनेछ।

एक जना भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने संवैधानिक व्यवस्था छ ।

आज शपथ लिन लागेका सांसहरुमा नेपाली कांग्रेसका ६, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का पाँच/पाँच रहेका छन् ।

यसैगरी नेकपा एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका एक-एक जना छन्।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ९ : १० बजे

गादो लगाउँदैमा जनजाति भइँदैनः मुख्यमन्त्री कँडेल

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गादो लगाउँदैमा जनजाति

सेती नदी आसपासका पन्ध्र स्थानमा ‘अलर्ट साइरन’ जडान

तनहुँ – तनहुँ जलविद्युत् आयोजनाले आपतकालिन तयारी योजनाअन्तर्गत सेती नदी

निर्माण व्यवसायी संघ दोलखाको अध्यक्षमा राजेश थापा निर्वाचित

दोलखा । निर्माण व्यवसायी संघ दोलखाको अध्यक्षमा राजेश थापा निर्वाचित

न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा ६ जनाको उम्मेदवारी

काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी

टीकापुरलाई बालविवाहमुक्त पालिका बनाइने

टीकापुर – टीकापुर नगरपालिकालाई विसं २०८३ मङ्सिरभित्र बालविवाहमुक्त पालिका बनाइने