पहिलेको मसानघाट, अहिले रमणीय पार्क | Khabarhub Khabarhub

पहिलेको मसानघाट, अहिले रमणीय पार्क


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– रुपन्देहीको सुद्धोधन गाउँपालिका–५ मानपकडीको मसानघाट अहिले सेल्फी खिच्ने रमणीय पार्क बनेको छ । केही समयअघिसम्म यहाँ दिउँसै पनि कोही आउँदैन थिए । यति मात्रै होइन मसानघाटको बाटो हुँदै कतै जानु परे साथी नलिइ कोही हिड्दैनन् थिए । तर, अहिले यहाँ साँझ अबेरसम्म पनि चहलपहल हुन्छ ।

स्थानीय तहको प्रयासमा सुखली घोला मन्दिर छेउको बगर अहिले हेर्नलायक पर्यटकीय स्थल बनेको छ । सरकारले सार्वजनिक जग्गाको संरक्षण गर्न आदेश दिएसँगै सुद्धोधनमा अहिले पर्यटकीय गन्तव्य थपिन थालेका छन् । अहिले दैनिक रुपमा सयको हाराहारीमा टिकट काटेरै पार्कभित्र जाने गरेको पार्क प्रशासनले जनाएको छ । गत मंसिर महिनादेखि सुरु भएको पार्क निर्माण पूरा भइ अहिले सयौं पर्यटक आउन थालिसकेका छन् ।

सार्वजनिक जग्गाको संरक्षण गरी खुला क्षेत्रका रुपमा विकास गर्ने भन्दै स्थानीय सरकारको पहलमा ०७५ सालमा जग्गा संरक्षण सुरु भएको हो । सुखली घोला बगरमा रहेको मसानघाट अन्यत्र सारेर जग्गा संरक्षण गर्ने अठोट गरेको सुद्धोधन गाउँपािलकाले जनाएको छ । केही समय विवाद भए पनि गाँउपालिकाले मसानघाटलाई घोला नजिकै व्यवस्थित रुपमा स्थानान्तरण गरेपछि स्थानीय पनि सहमत भएका हुन् ।

जग्गा संरक्षण गरी पहिलो वर्ष २०७६/७७ मा तारबार गरियो । गाउँपालिकाले सुरुवाती चरणमा २० लाख खर्चेर पार्क बनाउने अवधारणा अघि सार्यो । गाउँ पर्यटन कार्यालयले पनि ३० लाख बजेट विनियोजन गर्यो । गाँउपालिकाले यही वर्ष पुनः ५८ लाख ५६ हजार पार्कमा लगानी गर्यो । दोस्रो वर्ष २०७७÷७८ पर्यटन कार्यालयले २५ लाख बजेट विनियोजन गरी पार्कको सौन्दर्यीकरणमा थप ईट्टा थप्ने काम गर्यो । प्रदेश सरकारको समपुरक र गाउँपालिकाले पनि त्यसमा थप ३५ लाख ११ हजार लगानी गरेर शौचालय, फुटपाथ, माटो पटान, फुलबारीलगायत पूर्वाधार निर्माण गर्यो । पार्कको मुहार वर्षेनी फेरिदै गयो । चालु आर्थिक वर्षमा पनि गाँउपालिकाले ४३ लाख लगानी गरेको छ । अहिले पार्क रुपन्देही कै नमूना बनेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविलाल भट्टराईले पर्यटन क्षेत्रको विकास होस् भन्ने उदेश्यले दुई करोडभन्दा बढी लगानीमा पर्यटकीय स्थल बनाउन लागेको बताए । पार्कमा बुद्धको मुर्ति, विभिन्न जनावरको फाइबरका आकृति, वाटर फाउन्टेन फुलबारी, पाम ट्रि, शौचालय, बालबालिकाले खेल्ने सामग्री राखिएको छ । यसै आर्थिक वर्षमा सबै निर्माण सम्पन्न हुने उनले बताए ।

एक बिघा ६ कठ्ठा क्षेत्रफल रहेको पार्क सञ्चालन गर्न समिति नै बनेको छ । समितिले २४सै घण्टा रेखदेख गर्नेगरी संयन्त्र बनाएको छ । लुम्बिनी नजिकै रहेकाले पनि पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न स्थानीय, प्रदेश र संघ सरकारबाट सहयोग भएको हो । घोलाको पारी ऐतिहासिक मन्दिर पनि छ, त्यसलाई जोड्न घोलामा ढुङा चलाउन सुरुवात गरिएको छ । यसलाई थप विकसित गर्दै लैजाने पालिकाको योजना रहेको प्रशासकीय अधिकृत भट्टराईले बताए ।

अहिले दर्वाह टोल विकास समितिले पार्क व्यवस्थापन गरेको छ । १ मंसिरदेखि सञ्चालनमा आएको पार्क प्रवेशका लागि २० रुपैयाँ टिकट तोकिएको छ । अहिले जिल्लाबाट मात्र होइन बाहिरी जिल्लाबाट पनि पर्यटक आउने गरेको समितिका सचिव जीवलाल पौडेलले बताए । रुपन्देहीमा १६ वटा पालिका छन् ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  १० : ०० बजे

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो

काठमाडौं– नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज इजरायलमा मर्मत गराएर

इलाम–२ : कांग्रेस र एमालेबीच प्रतिस्पर्धा चल्दा नेकपा एसलाई केबल ६ मत

काठमाडौं– इलाम क्षेत्र नम्बर २ को मतगणनामा नेपाली कांग्रेस र

ढुक्क भएर लगानी गर्न लगानीकर्तालाई मन्त्री चौधरीको आह्वान

काठमाडौं–  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले नेपालमा लगानीको

सम्झनामा विष्णुबहादुर : जमिन्दारका छोरा, जीवनभर कम्युनिस्ट

तराई मधेसमा अहिलेसम्म मिटरब्याजीहरुको शोषण कायमै छ । कल्पना गरौैं

पाँच महिना लामो मर्मतपछि इजरायलबाट आयो निगमको न्यारो बडी

  काठमाडौं- नेपाल वायुसेवा निगमको ‘९एन–एकेएक्स’ जहाज इजरायलमा मर्मत गराएर