होमस्टे सञ्चालकलाई च्याउ खेती तालिम | Khabarhub Khabarhub

होमस्टे सञ्चालकलाई च्याउ खेती तालिम


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको बेसीशहर नगरपालिका-३ स्थित काउलेपानी सामुदायिक होमस्टेका सञ्चालकले च्याउ खेती प्रविधिबारे सीप सिकेका छन् । गाउँघरमै च्याउ खेती उत्पादन गर्न २२ होमस्टे सञ्चालकले तालिम पाएका हुन् ।

ग्रामीण सामुदायिक विकास केन्द्रद्धारा सञ्चालित युवा उत्थानशील परियोजना अन्तर्गत होमस्टे प्रवर्द्धनका लागि च्याउ खेती प्रविधि सिकाइएको संस्थाका कार्यक्रम व्यवस्थापक विश्व विनोद घिमिरेले बताए । उनका अनुसार उक्त परियोजना कर्क इन एक्टी र कर्डएडको सहयोगमा सञ्चालित छ ।

परियोजनाले लमजुङका होमस्टे गाउँको प्रवर्द्धनका लागि विभिन्न सीप सिकाउँदै आएको छ। काउलेपानीमा आउने पर्यटकलाई मध्येनजर गरेर सञ्चालकलाई च्याउ खेतीको तालिम प्रदान गरिएको हो।

परियोजनाले होमस्टे गाउँमा ६ वटा कलस्टरमा सीप सिकाउने लक्ष्य लिएको छ। काउलेपानीमा च्याउ खेतीका लागि कार्यक्रम गरेको छ। बेसीशहर नगरपालिका २ मगरगाउँमा आलुको चिप्स बनाउने सीप सिकाइने छ।

बेसीशहर नगरपालिका-२ चिसापानी, सुन्दरबजार नगरपालिका-५ गहते र बागेडाँडामा मौरीको मह प्याकेजिङ, ब्राण्डिङ र लेभलिङको सीप सिकाइनेछ ।

सुन्दरबजार-९ सिख्रमा तरकारी खेती सीप प्रदान गरिने आरसीडीसीले जनाएको छ । परियोजनाले युवा तथा वैदेशिक रोजगारबाट फर्किएका व्यक्ति र साना किसानलाई लक्षित समूह बनाएर काम गर्दै आएको छ। परियोजना संयोजक अस्मिता गुरुङका अनुसार होमस्टे सञ्चालकलाई च्याउ खेतीका लागि पराल काट्ने, बीउ छर्ने, प्याकिङलगायतको सीप सिकाइएको छ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ९ : ३४ बजे

फलफूल, पशुपक्षी र मत्स्यपालनमा आत्मनिर्भर हुने सरकारको घोषणा

काठमाडौं– सरकारले फलफूल, पशुपक्षी र मत्स्यपालनमा आत्मनिर्भर हुने घोषणा गरेको

विश्वकप छनोटको युएईविरुद्ध खेल्ने नेपाली प्रारम्भिक टिमको घोषणा

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले युएईविरुद्धको विश्वकप छनोटको

बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने

काठमाडौं– सरकारले बैंक, वित्तीय संस्था, लघुवित्त तथा सहकारीका क्षेत्रमा देखिएका

गिरिबन्धु टि–स्टेटबारे सर्वोच्चको फैसला कार्यान्वयन गर्न गगनको माग

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गिरिबन्धु टि–स्टेटको

शेयर बजारले पार गर्‍यो मनोवैज्ञानिक विन्दु, २८.६२ अंकको वृद्धि

काठमाडौं – नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से)ले मनोवैज्ञानिक भनिएको २००० विन्दु