जाडोमा मरीच खानुका यति धेरै फाइदा | Khabarhub Khabarhub

जाडोमा मरीच खानुका यति धेरै फाइदा


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिलेको चिसो मौसममा प्राय मानिसले चियामा मरीच राखेर खान मन पराउँछन् । जाडो याममा चियामा मरीच हालेर खाँदा न्यानो गराउने मात्र होइन, स्वास्थ्यलाई पनि फाइदा गर्दछ ।

यस्ता छन् जाडोमा मरीच खानुका फाइदा :

– मरीचको सेवनले पेटको दुखाई कम गर्छ साथै यसमा हुने एन्टीब्याक्टेरियल गुणले पेटमा हुने इन्फेक्सनबाट बचाउँछ ।

– मरीचको नियमित सेवनले शरीरको मोटोपना कम गर्न मद्दत गर्छ । साथै कब्जियत, ग्यास्ट्रिकसम्बन्धी समस्याबाट पनि छुटकारा पाउन सहयोग गर्दछ ।

– क्यान्सरका बिरामीले यसको नियमित सेवन गरे फाइदाजनक हुन्छ । मरीचमा क्यान्सरका सेल तथा कोशिका नष्ट गर्ने तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने गुण हुन्छ ।

– आँखा कमजोर छ भने मरीच पिसेर धूलो बनाइ घिउसँग मिसाएर नियमित सेवन गरे आँखा तेजिलो हुन्छ ।

– पेटमा जुका, चुना, कीरा परेका छ भने थोरै मरीचको धूलो एक गिलास मोहीमा घोलेर पिउँदा लाभ मिल्दछ । यस्तै दिनमा तीन पटक मरीच किसमिस खाँदा पनि लाभ मिल्दछ ।

– जिरा, चिनी र मरीचका दानालाई पिसेर धूलो बनाइ बिहान बेलुका तीन पटक खाँदा पाइल्सको समस्या कम हुन्छ । तर यो खाँदा जंकफूड वा तेल हालेको खानेकुरा खानु हुँदैन ।

– श्वाससम्बन्धी समस्या भएमा पनि पुदिनाको चियामा मरीच हालेर पिउँदा लाभ मिल्दछ ।

– मरीच चपाउने गरेमा अनुहारका दागधब्बा र रोग निको भएर जान्छ ।

– दाँत दुखेको वा बिग्रेको छ भने यसमा पनि मरिचले फाइदा गर्छ । पाइरिया भएको भए मरीचको धूलोमा नुन हालेर दाँतमा दल्नुस्, ठिक हुन्छ ।

– भुल्ने बानी भएकाहरूले महमा मरीचको धूलो हालेर दिनमा दुई चोटि खाँदा लाभ मिल्दछ ।

मरिचका फाइदा मात्र छैन केही बेफाइदा पनि छ । मरीचको धेरै सेवन गर्दा हाड जोर्नीमा समस्या निम्त्याउन सक्छ ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ६ : ५३ बजे

बालुवाटारमा कांग्रेसले राखेका मागहरूमा बुँदागत छलफल जारी 

काठमाडौं– कांग्रेसले अवरोध गरेको सदन खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,

पत्रकार महासङ्घको निर्वाचन तोकिएकै मितिमा हुन्छ : अध्यक्ष पोखरेल

काठमाडौं– नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले महासङ्घको निर्वाचन तोकिएको

एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी-२० को उपाधि

काठमाडौं– एपीएफ क्लबले अपराजित रहँदै ललितपुर मेयर्स महिला टी-२० को

गाजाको जबलियामा इजरायलको बमबारी

काठमाडौं– गाजामा चलिरहेको भीषण लडाईँका बीच इजरायली सेनाले पछिल्लो २४

बालुवाटारमा सभामुख : दबाव दिन कि सत्तापक्षको साक्षी बस्न ?

काठमाडौं – सभामुख देवराज घिमिरे शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगे