निलम्बित प्रधानन्यायाधीश जबराको तेस्रो दिनको बयान सुरु | Khabarhub Khabarhub

निलम्बित प्रधानन्यायाधीश जबराको तेस्रो दिनको बयान सुरु


१९ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाभियोग सिफारिस समितिको बैठकमा आज तेस्रो दिन बयान सुरु भएको छ ।

समितिले उनीसँग बुधबारदेखि बयान लिन सुरु गरेको थियो । बयानका लागि ४३ वटा प्रश्न तय गरिएको छ । पहिलो दिन चार वटा तथा दोस्रो दिन दुई गरी अहिलेसम्म जम्मा छवटा प्रश्नमाथि छलफल भएको छ । आज सातौँ प्रश्नबाट बयान सुरू हुनेछ । निलम्बित प्रधानन्यायाधीश जबराले आफू दोषी नभएको र संविधान र कानुन बमोजिम काम गर्दै आएको बयान दिएका छन् ।

छ महिनाभन्दा बढीदेखि निलम्बनको अवस्थामा रहेका जबराको महाअभियोग प्रमाणित हुने वा नहुने विषयको तीन महिनामै निष्कर्ष आउनुपर्ने भए पनि लामो समयपछि समितिमा छलफल प्रारम्भ भएको छ । उक्त समितिको यही भदौ ८ गते बसेको बैठकले उनलाई बयानका लागि बोलाउने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार बयान लिने काम भइरहेको छ ।

जबरा विरुद्ध गत फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका छन् । संसद्ले महाभियोग सिफारिस समिति गठन गरे पनि यही भदौ १ गते मात्र सो समितिको पहिलो बैठक बसेको थियो । जबराविरूद्ध नेपाल बार एशोसिएशन र सर्वोच्च बार एशोसिएशनले महाअभियोग पुष्टि गर्न ३४ बुँदेपत्र समितिलाई बुझाएको थियो । उक्त पत्रमा महाअभियोग लगाउने आधार र कारण समेटिएको छ ।

समितिले निलम्बित प्रधानन्यायाधीशलाई प्रश्नहरू सोध्ने र जबराले प्रश्नको जवाफ दिने क्रम आज पनि रहनेछ ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  १२ : ५५ बजे

सिरोहियालाई कांग्रेसको साथ, एकसाथ कान्तिपुर कार्यालय पुगे २० बढी सांसद

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरू कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए

जनकपुरधाम– मधेस प्रदेशमा हालसम्म दुई लाख ५१ हजार एक सय

२३.९४ अंकले बढ्यो नेप्से, कारोबार ५ अर्ब माथि 

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) निरन्तर बुल ट्रेन्डमा रहेको छ

नेपाली हाते कागज उद्योगबाट गाउँमै मनग्य आम्दानी

मान्म– कालीकोट सान्नी त्रिवेणी गाउँपालिका–९, मुम्राका ४६ वर्षीय वसन्त लुवार

कैलाश सिरोहियाले भने : सत्ता र शक्तिको दुरुपयोग भयो, अनुसन्धानमा सघाउँछु

काठमाडौं- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैशाल सिरोहियाले जिम्मेवार नागरिकका रुपमा