नगरपालिकाद्वारा दुग्ध संकलन केन्द्रलाई ‘चिलिङ भ्याट’ उपलब्ध | Khabarhub Khabarhub

नगरपालिकाद्वारा दुग्ध संकलन केन्द्रलाई ‘चिलिङ भ्याट’ उपलब्ध


१९ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– बेलौरी नगरपालिकाले दुग्ध संकलन केन्द्रलाई ‘चिलिङ भ्याट’ उपलब्ध गराएको छ । दुग्ध वितरण आयोजना धनगढीको एक लाख १९ हजार ५५१ र बेलौरी नगरपालिकाको आठ लाख साझेदाारीमा दूध चिस्याउने चिलिङ भ्याट खरिद गरी केन्द्रलाई उपलब्ध गराइएको हो । चिलिङ भ्याटको क्षमता तीन हजार लिटर दूध संकलन गर्ने रहेको नगरपालिकाको पशु विकास शाखाका प्रमुख ताराप्रसाद अवस्थीले बताए ।

‘दुग्ध संकलन केन्द्र बेलौरीले चिलिङ भ्याटको अभावमा दुग्ध संकलन गर्न निकै अप्ठेरो रहेको जानकारी गराएपछि नयाँ चिलिङ भ्याट आयोजनासँगको साझेदारीमा खरिद गरेका हौँ’ उनले भने , ‘चिलिङ भ्याट केन्द्रलाई उपलब्ध भएपछि दुग्ध भण्डारण गरी सहज रुपमा बिक्रीवितरण गर्न सक्छ । चिलिङ भ्याटको अभावमा विगत जस्तो दूध बिग्रिने डर हुँदैन ।’ 

दुग्ध उत्पादक किसानको दूध केन्द्रले सहज रुपमा खरिद गरी डिडिसीलाई बेच्ने उनले बताए । केन्द्रसँग रहेको पुरानो चिलिङ भ्याट बिग्रिएपछि दूध संकलनमा समस्या उत्पन्न हुँदै आएको थियो ।

अनुदानका कार्यक्रम सञ्चालन 

प्रधानमन्त्री आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालय कञ्चनपुरले धान सुपरजोन तथा गहुँ जोन क्षेत्रमा अनुदानका कार्यक्रम सञ्चालन गरेको छ । किसानलाई प्रविधिमैत्री तथा उन्नत तरिकाले व्यावसायिक खेतीमा संलग्न गराउनका लागि अनुदानका कार्यक्रम सञ्चालन गरिएका हुन ।

परियोजना अन्तर्गतका सूचिकृत किसान, समूह, सहकारी, फर्म, समिति, कम्पनीका लागि अनुदानका कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव माग गरेको हो ।  परियोजनाका वरिष्ठ कृषि अधिकृत सन्जु उपाध्याय रिमालका अनुसार सिँचाइ पूर्वाधार निर्माण तथा मर्मत सम्भारका लागि  ५० प्रतिशत अनुदानमा एक लाख प्रति सिँचाइका लागि प्रस्ताव माग गरिएको छ ।

सिँचाइ पूर्वाधार निर्माणका लागि उन्नत प्रविधिमार्फत धान तथा गहुँ खेती गर्नेलाई प्राथमिकतामा राखिएको छ । सिञ्चित क्षेत्र विस्तारका लागि डिप ट्युबेल जडानका लागि ८५ प्रतिशत वा बढीमा ४० लाख अनुदानको व्यवस्था गरिएको छ । सिँचाइ संरचना निर्माणका लागि ८५ प्रतिशत वा बढीमा २७ लाख ७५ हजार अनुदान रकम दिने छ । हिउँदे बर्खे मकैमा उन्नत प्रविधिसहित क्षेत्रफल विस्तारका लागि बढीमा १० हजारप्रति हेक्टरमा उत्पादन लागतका आधारमा ५० प्रतिशत अनुदान रकम दिइने छ । चक्लाबन्दीमा पकेट, ब्लक, जोन सञ्चालनका लागि सहकारी र निजी क्षेत्रबाट माग स‌क‌‌लन, सम्भाव्यता अध्ययन र कार्यान्वयनमा सहयोगका  तीन वटा कार्यक्रम सञ्चालन हुने छन् । 

यसका लागि बढीमाप्रति चक्लाबन्दी रु १२ लाख रकम छनोटमा परेको प्रस्तावकलाई उपलब्ध गराइने छ  । ‘चैत धान, हिउँदे मकै, बसन्ते मकै, मेसिनबाट धानखेती तथा नयाँ प्रविधिबाट गहुँ खेती गर्नेलाई प्राथमिकता दिइने छ’ अधिकृत रिमालले भने ‘समूह, सहकारीले कम्तीमा १५ हेक्टरमा खेती गर्नुपर्ने छ । कृषि पूर्वाधार निर्माण, बीउ, विषादी सुक्ष्म तत्व, कृषि औँजार आदीमा म्यानुअल बमोजिम अनुदान दिइने छ ।’

परियोजनाले प्राविधिक शिक्षालयको साझेदारीमा व्यावसायिक उत्पादन अनुदान (कृषि पढाइ हुने प्राविधिक विद्यालय) कार्यक्रमसमेत सञ्चालनका लागि प्रस्ताव माग गरिएको उनले बताए । जसका लागि ७५ प्रतिशत वा बढीमा १० लाख प्रति विद्यालयलाई अनुदान रकम दिइने छ । तरकारी खेती, माछापालन, कुखुरा पालन, बाख्रापालन, च्याउखेती, हाँस पालन, मौरीपालन, अन्नबाली नर्सरी, कृषि पशुपक्षी तथा मत्यस्यका आधारभूत प्रयोगशाला सेवा स्थान विशेषका कार्यक्रम सञ्चालन गर्न सकिने छन । कार्यक्रम सञ्चालनका लागि कम्तीमा २५ प्रतिशत लगानी गर्ने शिक्षालयको प्रतिबद्धता आवश्यक रहने अधिकृत रिमालको भनाइ छ । 

उहाँका अनुसार जोन, सुपरजोन क्षेत्रमा ५० प्रतिशत अनुदानका कृषि यान्त्रिकीकरणका सहयोग कार्यक्रम सञ्चालन हुने छ । जसका लागि व्यावसायिक खेती गरिहेका किसानलाई मिनी टिलर, रिपर, पेडल थ्रेसर, सिड ड्रिल मेसिन, लेजर ल्याण्डर लगायतका आधुनिक कृषियन्त्र उपकरणलाई प्राथमिकतामा राखिएको छ । 

 बीउ प्रशोधन, बीउ उपचार र पोष्ट हार्भेष्ट मेसिनरी उपकरण बढीमा ८५ प्रतिशत वा रु २५ लाख अनुदान उपलब्ध गराइने छ । जसका लागि बीउ उत्पादनमा संलग्न किसान, समूह, सहकारीलाई प्राथमिकतामा राखिएको छ । मोबाइल मल्टी ग्रेन सिड ड्रायरमा अनुदान सहयोग चैते धान, बसन्ते मकैलगायत अन्य बालीका लागि ८५ प्रतिशत वा २० लाख अनुदान उपलब्ध गराइने छ । 

व्यवसायिक रुपमा चैते धान, बसन्ते मकै खेतीमा संलग्न किसानलाई सो अनुदान रकमका लागि छनोट गरिने छ । सहकारी संस्थाको लागत साझेदारीमा प्रशोधन उद्योग स्थापनाका लागि बढीमा ८५ प्रतिशत वा रु २५ लाख अनुदान रकम उपलब्ध हुने छ । जस अन्तर्गत दुई वटा कार्यक्रम सञ्चालन गरिने छन ।

किसानबाट न्यूनतम समर्थन मूल्यमा धान, गहुँ खरिद गरी स्थानीय उत्पादनको ब्राण्ड प्रवर्द्धन गर्ने सहकारी संस्थालाई प्रशोधन उद्योग स्थापनाका लागि अनुदान रकम दिइने छ । उन्नत प्रविधिसहित गहुँको १५० हेक्टर विस्तारका लागि १० हजारप्रति हेक्टरखेती गर्नेलाई उत्पादन सामग्रीमा लागत अनुमानको आधारमा ५० प्रतिशत अनुदान उपलब्ध गराइने छ । 

गहुँ उत्पादन सहयोग कार्यक्रमअन्तर्गत ५० हेक्टरका लागि बढीमा प्रतिका हेक्टर १५ हजारमा उत्पादन सामग्रीमा ५० प्रतिशत लागत अनुमानका आधारमा र उत्पादरोपरान्तका आवश्यक सामग्रीमा ८५ प्रतिशत अनुदान रकम दिइने छ । परियोजना अन्तर्गत गहुँको जातीय प्रदर्शन कार्यक्रम १० वटा सञ्चालन हुने छन ।

बढीमा ३० हजारप्रति प्रदर्शनका लागि उत्पादन सामग्रीहरू तथा प्रविधिमा लागत अनुमानको आधारमा सय प्रतिशत अनुदान दिइने छ । जसका लागि न्यूनतम एक हेक्टर जमिनमा नविनतम् प्रविधि प्रदर्शन सञ्चालन गर्नुपर्ने छ । अनुदानका कार्यक्रमका लागि परियोजना अन्तर्गत रहेका किसान समूह, समिति, सहकारी, फर्म, कम्पनीलाई समेटिने जनाइएको छ । 

परियोजना अनुसार धान सुपरजोनको कार्य क्षेत्र भीमदत्त नगरपालिकाको वडा नं १, २, ३, ६, ११, १२, १३, १४, १५, १६, १७, १८, १९ बेदकोट गरपालिकाका वडा नं ७, ८, ९, १० शुक्लाफाँटा नगरपालिकाको वडा नं ६,९,१०,११ कृष्णपुर नगरपालिकाको वडा नं १,२,३,४,५,६,७, बेलडाँडी गाउँपाालिाकको वडा नं १,२,३,४,५ बेलौरी नगरपालिकाको वडा नं ४,५,७,८,९,१०पुर्नवास नगरपालिकाको वडा नं १,२र ३  रहेको छ । गहुँ जोनको कार्य क्षेत्र भीमदत्त नगरपालिकाको वडा नं ३,७,८,९,१० बेदकोट नगरपालिकाको वडा नं १,२,३,४,५,६ र दोधारा चाँदनी नगरपालिकाको वडा नं १,२,३,४,५,६,७,८,९ र १० रहेको छ । 

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  २ : ३५ बजे

उद्योगी व्यवसायीको पक्षमा नीतिगत सुधारको अभियानमा छु : मन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले धाराशयी अवस्थाबाट गुज्रिरहेका

तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु

तनहुँ– तनहुँको बन्दीपुर–२ बट्टारस्थित सुलेरहमा आज पौडी खेल्ने क्रममा डुबेर

हर्क साम्पाङलाई पूर्वजनप्रतिनिधिले पत्रको जवाफ नदिने

सुनसरी – धरान उपमहानगरपालिकाका निवर्तमान मेयर (नगर प्रमुख) तिलक राई

ताइवानको संसदमा भीषण झडप, सांसदहरूबीच हानाहान !

काठमाडौं–  ताइवानमा नयाँ राष्ट्रपतिलाई चिङ टेको शपथ ग्रहण गर्नुभन्दा दुई

बेगनास तालको पूर्वाधार विकासमा जोड दिनुपर्छ : मुख्यमन्त्री अधिकारी

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बेगनास तालको पर्यटकीय उपयोगका