टोरन्टो फेस्टिभलसँगै ओस्कारको चर्चा | Khabarhub Khabarhub

टोरन्टो फेस्टिभलसँगै ओस्कारको चर्चा


१९ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओस्कार अवार्डको घोषणा हुन आठ महिना बाँकी छ। आठ महिना अगाडि नै यसको बारे चर्चा गर्नु अस्वाभाविक पनि लाग्नसक्छ। परन्तु, नयाँ फिल्मी सिजनको सुरुवातसँगै केही फिल्मी फेस्टिभल नजिक आएका कारण यी फिल्म फेस्टिभलमा पक्कै राम्रा फिल्म प्रस्तुत हुनेछन्। यस कारण पनि राम्रो फिल्म कुन भन्ने चर्चा अहिले नै हुनसक्छ।

कोलाराडो, भेनाइस र टोरन्टोमा चाँडो नै फिल्म फेस्टिभल हुँदैछ। अगस्ट र सेप्टेम्बरमा केही दिनको अन्तरालमा त्यहाँ ती फेस्टिभल आयोजना हुनेछ। भेनाइसमा अगस्टको अन्त्यमा फेस्टिभल आयोजना हुनेछ भने टोरन्टोमा सेप्टेम्बरको सुरुवातमै फेस्टिभलमा हुनेछ।

त्यसो त वर्षको अन्त्यसम्म अन्य थुप्रै राम्रा फिल्म प्रदर्शन हुनेछन्। तथापि टोरन्टोको फेस्टिभललाई यस सिजनको ओस्कार अवार्डको अनुमान गर्ने एउटा प्रमुख आधार मानिएको छ। गएको एक दशकमा टोरन्टोमा सबैभन्दा धेरैले मन पराएका फिल्मलाई ओसकारमा पनि मनोनयन गरिएको छ। यी नै मध्यका ग्रिन बुक र नोमानल्यान्डले त अवार्ड पनि जितेका छन्।

‘हामीले दर्शकलाई दिएको यो महत्त्वपूर्ण वासियता नामा हो’, टोरन्टो फिल्म फेस्टिभलका कार्यकारी अधिकृत क्यामरुन बेलीले भने, ‘यी फिल्म हेर्ने उनीहरू नै संसारको पहिलो दर्शक हुन्। उनीहरू आफ्नै उत्साह र धैर्यतासहित रमाइरहेका हुन्छन्। यो फिल्मलाई बुझ्ने व्यक्तिको सहर हो। यहाँका मानिस फिल्मका बारे एकदमै जानकार छन्। यिनीहरू फिल्मलाई माया गरी रहेका छन्। ’

अहिले २३ यस्ता चलचित्रको चर्चा गरिएको छ, जुन चलचित्र दर्शकले अहिलेसम्म नहेरिएका फिल्म नै वर्षको अन्तिम समयमा एकेडेमी अवार्डका लागि चयन हुनेछन्।

अलेलुजाह यस वर्ष हेर्न लायक फिल्म हुनसक्ने छ। जेनिफर साउन्डर्सको मुख्य भूमिका रहेको यस फिल्ममा जुडी डेन्च र डेरेब ज्योकोबी पनि समावेश छन्। यो फिल्म टोरन्टोमा नै प्रिमियर हुँदैछ।

आफ्नो देशको परिवर्तन थाहा पाउन घर फर्केका मेक्सिकोका एक पत्रकारको कथामा आधारित बार्डो यस सिजनमा हेर्न लायक फिल्मको रूपमा हेरिएको छ। यो फिल्म पनि एकेडेमी अवार्डका लागि कुनै न कुनै विधामा मनोनयनमा पर्ने निश्चित मानिएको छ।

सन् १९२० को हलिउडको स्वर्णिम युगको बारे बनेको चलचित्र बेबीलोन यस सिजनमा सफल हुने अपेक्षा गरिएको छ। लाला ल्यान्डको निर्देशन गरेका निर्देशक डामिएन चाजेजकै निर्देशनमा यो फिल्म बनेको हो।

द बन्सी अफ इन्सीरियन’ एकेडेमी अवार्डमा सफलता पाउने या यस वर्ष चर्चामा रहने अपेक्षा गरिएको अर्को फिल्म हो। लामो समय एक आपसमा पूर्ण समर्पित रहेका दुई साथी एकाएक छुट्टिएको कथा यस फिल्ममा देखाइएको छ। एउटा साथीले मित्रता भङ्ग गरेपछि अर्कोमा परेको चोट नै यस फिल्मको मुख्य कथा हो।

कोलीन फालेन र ब्रेन्डन ग्लासेन यस फिल्मका दुई मुख्य कलाकार हुन्। निर्देशक मार्टिन म्याक डोनाल्डको अन्तिम चलचित्र थ्री बीलीयार्डमै रहेका फ्रान्सेस डोरमान्ड र साम रकवेलकै कारण यस फिल्म पनि सफल हुने अपेक्षा गरिएको छ। टोरन्टो भन्दा अगाडि भेनाइसमा नै यो फिल्म देखाइने छ।

आफ्नो देशको परिवर्तन थाहा पाउन घर फर्केका मेक्सिकोका एक पत्रकारको कथामा आधारित बार्डो यस सिजनमा हेर्न लायक फिल्मको रूपमा हेरिएको छ। यो फिल्म पनि एकेडेमी अवार्डका लागि कुनै न कुनै विधामा मनोनयनमा पर्ने निश्चित मानिएको छ।

यसका निर्देशक अलेजान्द्रो जी इनारिटसको अन्तिम फिल्म रिभानन्टकै लीयोनार्डो डी क्याप्रिसियोले उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए। उनको पूर्व चलचित्र बर्डम्यानले उत्कृष्ट चलचित्रको पुरस्कार पाएको थियो।

मर्लीन मुनरोको बायो ग्राफीकल चलचित्र ब्लोन्डको धेरैले प्रतीक्षा गरेका छन्। मुनरोको जीवनको सन् १९५० देखि १९६० को बीचमा भूमिकामा अन्ना डे अर्मासले अभिनय गर्ने छिन्।

शरणार्थी आमाकी छोरी उनले पछिल्लो समय आमाकै थर राखेकी हुन्। अनाथालयमा बिताएकी उनले सन् १९४२ मा एक एयरक्राफ्ट कारखानाका मजदुरसँग उनको विवाह भएको थियो। दोस्रो विश्वयुद्धसँगै उनको सम्बन्ध विच्छेद भएको हो।

लोकप्रिय मानिए पनि ओसकारमा मनोनयनमा पर्न असफल डी अर्मास यस फिल्मबाट ओसकारमा मनोनयनमा पर्ने अनुमान गरिएको छ। यो फिल्मको प्रीमियर भेनाइसमा हुनेछ।

अमेरिकी स्टार मुनरो सन् १९५० देखि १९६० को बीचमा एकदमै सफल अभिनेत्री मात्र होइनन्। यौन र सुन्दरताको प्रतीकसमेत मानिने गर्थिन्। मुनरोको वास्तविक नाम नोर्मा जीन मोर्टेन्सन हो। उनलाई अली समयपछि नोर्मा जिन बेकर पनि भन्न थालियो। १ जुन १९२६ मा जन्मिएकी उनको निधन ५ अगस्ट १९६२ मा भएको हो। मुनरोलाई पप संस्कृतिको आइकनसमेत मान्ने गरिन्थ्यो।

शरणार्थी आमाकी छोरी उनले पछिल्लो समय आमाकै थर राखेकी हुन्। अनाथालयमा बिताएकी उनले सन् १९४२ मा एक एयरक्राफ्ट कारखानाका मजदुरसँग उनको विवाह भएको थियो। दोस्रो विश्वयुद्धसँगै उनको सम्बन्ध विच्छेद भएको हो।

विश्वयुद्ध सकिँदा उनी प्रख्यात मोडल भइसकेकी थिइन्। उनले फोटो खिचाएको मूल्यले आकाश छुन थाली सकेको थियो। त्यसपछि नै उनलाई मर्लीन मुनरोको नामबाट चिनिन थालिएको थियो। बिचमा बेरोजगार रहेकी उनी एक क्यालेन्डरमा नग्न तस्बिर सुट गराएपछि मोडलिङको दुनियाँमा फेरि फर्किएकी थिइन्। सन् १९४८ मा फिल्म स्कुडा होमा अभिनय गरेपछि मुनरोको चर्चा चुलिन थालेको थियो।

लगत्तै सफलताको सिँढी चढ्न सुरु गरेकी मुनरो सन् १९५५ सम्ममा संसारका चर्चित सेलीब्रेटी भइसकेकी थिइन्। त्यसै समयकी मुनरोको भूमिकामा अर्मासले गरेको अभिनय साँच्चै बेजोड नै छ। मुनरोको यसै बहुप्रतीक्षित बायोग्राफीकल फिल्म ब्लोन्डको पनि भेनाइसमा प्रिमियर हुँदैछ।

सामाजिक दायर पार गर्दै गरिएको रोमान्सको कथामा आधारित भएर बनाइएको चलचित्र बोन्स एन्ड अल यस पटकको नोबेल अवार्डमा नोमिनेसनमा पर्ने अनुमान गरिएको अर्को चलचित्र हो। चलचित्रमा टिमोथी चालामाट र टेलर रसेलको मुख्य भूमिका छ। यसको पनि भेनाइसमै प्रिमियर हुनेछ।

लरेन्स चार पटक ओसकारका लागि मनोनयनमा परि सकेकी छिन् भने एक पटक अवार्ड पनि पाइसकेकी छन्।

गएको वर्ष अफगानिस्तानको तालीवान शासनमा भएको ज्यादती समाचारका मुख्य विषय बने। गत वर्षको अगस्ट महिनामा तालीवानले अफगानिस्तान कब्जा गरे पछि महिला अधिकार हननका कारण त्यो देश नै बदनाम भएको थियो।

त्यहाँको समस्या त्यत्तिमा सीमित थिएन। सामाजिक र मानसिक समस्या बढ्दो रूपमा थियो। ती समस्या अहिले पनि थपिँदै छन्। अफगानिस्तानको एक सैनिकको मस्तिष्कमा चोट परेपछिको पीडादायक कथामा आधारित चलचित्र कजवेको भेनाइसमा प्रिमियर हुँदैछ। चलचित्रमा जेनिफर लरेन्सको मुख्य भूमिका छन्। ती सैनिक पारिवारिक जीवनमा फर्कन गरेको सङ्घर्ष नै फिल्मको मुख्य कथा हो।

लरेन्स चार पटक ओसकारका लागि मनोनयनमा परि सकेकी छिन् भने एक पटक अवार्ड पनि पाइसकेकी छन्।

अभिनयलाई नै आधार मान्ने हो भने ‘ड्वन्ट वरी डार्लिङ’ अबको वर्षको उत्कृष्ट फिल्म हुनसक्ने छ। यसै चलचित्रमा फ्लारेन्स पगल्यान्ड हेरी स्टाइलको अभिनय त बेजोड नै छ। यसको पनि भेनाइसमा प्रिमियर हुँदै छ।

इम्पायर अफ द लाइट, द फेबलम्यान, द ग्रेटेस्ट बियर रन इभर र आइ हान्न डान्स विथ समबडी पनि ओसकारमा मनोनयनमा पर्नका लागि हकदार फिल्म हुनेछन्। द लस्ट किङ, द मेनु, माई पुलिस म्यान, सी सेड र टार अन्य हेर्न लायक फिल्म हुन्।

यी सबै ओसकार अगाडि चर्चामा रहने छन्। द सन, द ह्वेल, ह्वाट लभ गट टु डु विथ इट र ह्वाइट न्वाइजको पनि प्रदर्शन अगाडि नै चर्चा चल्न थालेको छ। द उमन किङ र उमन टकिङको पनि त्यत्तिकै चर्चा चल्न थालेको छ।

त्यसो त अहिले ओसकारका बारे गरिएका धेरै चर्चा वर्षको अन्त्यसम्ममा बेतुको लाग्नसक्छ। तथापि, भेनाइस र टोरन्टोको महोत्सवको जुन साख छ, त्यसलाई आधार मान्ने हो भने कमजोर फिल्म पक्कै त्यहाँ देखाइने छैन।
(स्रोत ब्रीटानीका, बीबीसी)

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार  १२ : ४३ बजे

इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली इतिहास, साहित्य र शिक्षा क्षेत्रमा

कतारको रोजगारी हापेका रेयर राईको अभिनय यात्रा

काठमाडौं- जस्तोसुकै गरीब परिवारमा जन्मे पनि निरन्तर संघर्ष र साधना

उपाध्यक्ष पाण्डेकाे तर्क- गृहमन्त्रीको नाम किटान गर्न आवश्यक छैन, छानबिन समिति बनाउनु पर्छ

काठमाडौं– नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं सांसद राजेन्द्र प्रसाद पाण्डेले

किसानलाई अनुदानमा कृषि औजार वितरण

गण्डकी– किसानलाई कृषि पेसामा थप आकर्षित गर्ने उद्देश्यले अनुदानमा कृषि

एनसेल बिक्री छानबिन प्रतिवेदन प्रधानमन्त्रीले कुन दराजमा थन्क्याए ?

काठमाडौं – गत मंसिर दोस्रो साता मलेसियाको आजियाटा ग्रुप बहार्डले