गृहमन्त्री खाण र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता | Khabarhub Khabarhub

गृहमन्त्री खाण र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । नेपालका लागि भारतीय राजदूत बनेर भर्खरै नेपाल आएका राजदूत श्रीवास्तवले गृहमन्त्री खाणसँग पहिलो पटक भेटघाट गरेका हुन् ।

गृह मन्त्रालयमा आज बिहान भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुढृढ र प्रगाढ बनाउनेबारे कुराकानी भएको गृहमन्त्री खाणका प्रेस संयोजक मधुसुधन भट्टराईले जानकारी दिए।

भेटमा गृहमन्त्री खाणले नेपाल सरकार र भारत सरकारबीच भएको सम्झौताअनुरूप कृषि क्षेत्रमा रासायनिक मल सहजीकरण गर्न आग्रह गरेका थिए ।

राजदूत श्रीवास्तवले नेपालसँग भएको सम्झौता कार्यान्वयमा आफूले पहल गर्ने बताएका थिए ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  १ : ०३ बजे

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले

भारतको लगानीमा चितवनमा सामुदायिक विकास परियोजनाको निर्माण

काठमाडौं- ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको

‘ऊर्जामा भू-राजनीतिक प्रभाव व्यवस्थापन गरौं, प्रसारण सञ्जाल बढाऔं’

काठमाडौं– नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि