वाम गठबन्धनका सुत्राधार वामदेव नै विवादमा | Khabarhub Khabarhub

वाम गठबन्धनका सुत्राधार वामदेव नै विवादमा


२० असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेकपा एमाले र माओवादी मिलेर बनेको नेकपा छिन्नभिन्न भएपछि तटस्थ रहेका वामदेव गौतमले गत साता कम्युनिष्टहरुलाई जोड्ने भन्दै ७३ वर्षको उमेरमा असार ११ गते नयाँ पार्टी खोले ।

नेकपा राष्ट्रिय एकता अभियान दिएर रिपोर्ट्स क्लवबाट औपचारिक रूपमा दलमा समाहित भएका वामदेवले त्यति बेला भनेका थिए ’मेरो पार्टी घोषणा हुँदा नेपाल चकित हुने छ । सबै कम्युनिष्टहरुलाई जोड्ने ल्याकत मसँग हुने छ । सबै कम्युनिष्टहरु एकता अभियानमा जोडिने छन् ।’ नभन्दै उनले दौडधुप पनि तीव्र बनाउन थालिसकेका थिए । पार्टी खोले लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनले भेट पनि गरे ।

कुनै समय यस्तो पनि थियो पार्टीभित्र वामदेव जता लाग्यो, त्यतै पल्लाभारी हुने । आज पनि वामदेवको मूल्य नेपालको राजनीतिमा त्यति कमजोर होइन तर, जुन कार्यशैलीका साथ उनी अगाडि बढ्दै छन् । त्यसले उनलाई वर्तमान राजनीतिमा पतित पात्रको रूपमा परिभाषित गर्दै छ । यसको ज्वलन्त उदाहरण उनको राष्ट्रिय अभियानबाट उनका सहयात्री दलहरू आउट हुनु र उनलाई कारबाही गरेको हो ।गौतमलाई निष्कासित गरेर चार घटकले अभियानको संयोजकमा युवराज सफललाई चयन गरेको जनाएका छन् । घटकको वामदेवमाथि पाँच आरोप छ ।

असमान सन्धि सम्झ्यौतामा गौतम मौन रहेको, अभियानमा आबद्ध चार राजनैतिक दललाई न्यायोचित व्यवहार नगरेको, एकलौटी ढंगले अघि बढेको लगायतका आरोप चार दलले लगाएका छन् । यता नेकपा एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले संयोजक गौतमलाई निष्कासन गरेको भन्ने समाचार गलत भएको बताएका छन् । अभियानका सचिवालय सदस्य युवराज सफलले जिम्मेवारी राजीनामा दिएको उनले बताए । राजीनामा असार १७ गते बसेको सचिवालय बैठकले स्वीकृत गर्ने निर्णय समेत भएको जानकारी दिएका उनको प्रष्टीकरण छ ।

जे भए पनि यो घटनाले बामदेवलाई एक असफल नेताको रूपमा चित्रित गरेको छ । उनको यो असफलता नेकपा विघटनपछि नै देखिएको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ गते संसद् विघटन गरे । तत्कालीन नेकपामा नेकपामा सचिवालय सदस्य रहेका गौतमले संविधानले व्यवस्था नै नगरेको यस्तो कुकृत्य केपी शर्मा ओलीले गरेको बताएका थिए । तर उनले त्यो अडान पछिसम्म कायम गर्न सकेनन् । त्यसपछि गौतम यता न उता जस्तो भइरहे ।

पार्टीका नेता कार्यकर्तालाई थाहा नै नदिई एक व्यापारीको घरमा मार्सी भातको डिनरमा एमाले र माओवादीको एकता भएको थियो । त्यसपछि चुनाव पनि भयो । चुनावमा नेकपाले दुई तिहाइ मत प्राप्त गर्‍यो । सरकार पनि दुई तिहाइको बन्यो । त्यति बेला उनीहरूले अब काँग्रेसको सरकार आउन ५० वर्ष लाग्ने बताउन भ्याए । यो भन्ने केपी शर्मा ओली थिए । बाहिर भाषणमा चर्का कुरा गरे पनि केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डभित्रको चर्को खटपटले नेकपाको आन्तरिक जीवन कमजोर बन्दै गएको रहेछ भन्ने कुरा सरकार सञ्चालनको अढाई वर्षमा देखा पर्‍यो ।

५ बर्षे आयु भएको सरकारमा ओली र दाहालले आधा आधा नेतृत्व गर्ने भागबण्डा गरेकार रहेछन् । प्रचण्डको साथ पाएका ओलीले त्यति बेला माधव नेपाल र झलनाथ खनाललाई हेप्नु हेपे । यसबाट एमालेमा माधव र झलनाथको समुह क्रुद्ध थियो । पार्टीमा विवाद रहेको कुरा आन्तरिक रूपमा मात्र नभएर सतहमा आउन थाल्यो । नेताहरू विभाजन हुन थाले । दाहालसँग गरेको सहमति ओलीले मान्न छोडे ।

सरकार पनि ओलीले आफ्नो तरिकाले चलाउन थाले । यो हुँदासम्म बामदेव ओलीतिर लचक थिए । पार्टीभित्र आन्तरिक असन्तुष्टि चुलिएपछि ओलीले रातारात संसद् विघटन गरे । यसपछि नेताहरू प्रष्टरुपमा विभाजन भए । केपी शर्मा ओली, ईश्वर पोख्रेल, शंकर पोख्रेल, विष्णु पौडेलसहितका धेरै एमाले नेताहरू एक कित्तामा उभिए ।

प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, घनश्याम भुसाल लगायतका नेता अर्को कित्तामा उभिए । यो स्थितिमा पनि वामदेवको प्रष्ट भूमिका देखिएन । संसद् विघटन गलत थियो भनेका बामदेवले तर प्रधानमन्त्री ओलीले गरेको प्रतिगमनविरुद्धको आन्दोलनमा सक्रिय भूमिका देखाएनन् । त्यहीबाट उनको दोधारे चरित्रको उदाङ्गो भएको थियो । संसद् विघटनको पक्ष र विपक्षमा नेकपाको दुई पक्षले ठुला ठुला आन्दोलन गर्दा पनि वामदेव खुलेनन् । पछि सर्वोच्च अदालतले पुनः संसद् पुनर्स्थापना गरिदियो । यो बिचमा उनले नेकपालाई एक बनाउने प्रयास पनि गरे । केही नेता कार्यकर्तालाई काठमाडौँ बोलाए । तर उनका पछि कोही लागेनन् । उनको त्यो प्रयास पनि असफल भयो ।

सर्वोच्च अदालतको आदेशले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएपछि नेपालको राजनीति अप्रत्याशित मोडमा प्रवेश गर्‍यो । सर्वोच्च अदालतले नै काँग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनायो । त्यसपछि माधव नेपालका सांसदको सहयोगमा देउवाले विश्वासको मत पनि पाए । नयाँ सत्ता गठबन्धन निर्माण भयो । माधव नेपालले पनि केही सांसद लिएर नेकपा एकीकृत समाजवादी पार्टी बनाए र गठबन्धन सरकारमा समाहित छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) संसद्को चौथो दल छ ।

यो बेला बामदेव एमाले या माओवादीको एक कित्तातिर प्रष्ट देखिनु पर्ने थियो तर उनी देखिएनन् । केपी ओलीले संसद् विघटन गर्नु गलत रहेको बताए पनि माधव नेपालसमुहको पार्टीमा खुलेर नलाग्दा ओलीतर्फ पनि उनी मूल्यहीन छन् । समाजवादी र एमालेतिर कुनै स्थान नपाएपछि उनी बाध्य भएर नयाँ पार्टी बनाउन लागेका हुन् । तर अभियानमा लागेको एक सातामै उनको त्यो सपना पनि चकनाचुर भएपछि उनको राजनैतिक करिअर सकिएको विश्लेषण हुन थालेको छ । अब उनको राजनैतिक भविष्य के होला सायदैले अनुमान गर्लान् । वामदेवमा रहेको अस्थिरता र दोधारे चरित्रका कारण उनी अब राजनीतिबाट सन्यास लिनुपर्ने अवस्थामा छन् ।

बामदेवको महत्वाकांक्षा प्रधानमन्त्री बन्ने हो । त्यसका लागि उनी प्रतिनिधिसभामा आउन खोजे, सकेनन् । राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुने गरी संविधान संशोधन गराउन खोजे, त्यो पनि भएन । त्यसपछि उनले आफ्नो महत्वकांक्षा पूरा गर्न नयाँ कदम चाले । गौतमले आफूलाई प्रधानमन्त्री बनाउनका लागि ०७४ को प्रतिनिधिसभा सदस्यमा पराजित भए लगत्तै प्रतिनिधिसभामा छिर्ने ढोका खोज्न सुरु गरेका थिए ।

उनले सुरुमा तत्कालीन एमालेबाट ललितपुरबाट चुनाव जितेका सांसद नवराज सिलवालको ठाउँबाट आफूलाई संसदमा छिराउने प्रयत्न गरे । अन्तिममा काठमाडौँ–७ बाट चुनाव लड्न खोजे । सांसद रामवीर मानन्धरलाई मनाउन पनि सफल भए । तर, पछि गौतम पछि हटे । त्यस्तै बर्दिया २ बाट निर्वाचित सांसद सन्तकुमार चौधरी, पूर्वी रुकुमबाट निर्वाचित कमला रोक्का, नवलपुर–२ बाट निर्वाचित तिलक महत, बाँके–३ का नन्दलाल रोकाया, कञ्चनपुर–३ बाट जितेका दीपकप्रकाश भट्ट लगायतलाई पनि गौतमले फकाए कतै सांसदले मानेनन् ।

त्यस बेलासम्म पनि उनको संसद् छिर्ने महत्वाकांक्षा रोकिएको थिएन । आफूलाई सांसद बनाउने वा प्रधानमन्त्री, उपप्रधानमन्त्री बनाउने सर्तमा पार्टीको आन्तरिक विषयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको बिचमा रहेर आफ्नो प्रयासलाई जारी राखे ।

अन्ततः उनी पार्टीबाट निर्णय गराएर सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुँदै राष्ट्रिय सभा सदस्य बन्न सफल भए । गौतम ६ वर्ष को गौतम राष्ट्रिय सभामा छन् । तै पनि उनको प्रधानमन्त्री चाहाना मरेको छैन । अब गौतम राष्ट्रिय सभामै बस्छन् कि आगामी प्रतिनिधि सभा सदस्यको चुनाव लड्लान् रु धेरैलाई चासोको विषय बनेको छ । त्यसबाट आउने परिणामले उनको आगामी राजनीतिक भविष्य तय हुने छ ।

अब मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनको मिति पनि नजिकै छ । जानकारहरू उनमा अझै पनि प्रधानमन्त्री हुने आकाङ्क्षा रहेको बताउँछन् । तर उनको त्यो सपना पुरा हुने अवस्था छैन । न उनी एमालेमा खुलेर लागे । न समाजवादीमा । उनले अब कहीँबाट पनि टिकट पाउने अवस्था छैन । एक समय बामदेवले ओलीलाई पटक—पटक संकटबाट जोगाउन भूमिका खेलेका थिए ।

तर भैंसेपार्टीमा प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाललाई भेला गरी अब ओलीलाई अध्यक्षबाट हटाउनु पर्यो भनी मोर्चा कसेका उनले अन्तिम समयमा छ बुँदे ल्याएर धोका धडी गरे । त्यसको मूल्य अहिले उनले चुकाउने अवस्था बनेको छ । उनले एमालेबाट अब ठाउँ पाउने कुनै सम्भावना छैन । सबै कम्युनिष्ट पार्टी बनाउने उनको एकता अभियान पनि अहिले तुहिएको छ । त्यसैले वामदेव यता न उता भएका हुन् ।

वामदेवसँग अब एउटा विकल्प छ, खुलेर केपी शर्मा ओलीसँग लाग्नु । हुन त केही दिन अघि एमाले अध्यक्ष ओलीसँग उनले भेट गरे । त्यतिखेर ओलीले नराम्रो कुरा गरेनन् । ओलीसँग नजिक हुने यो गौतमको प्रयास हुन सक्छ तर यो प्रयासले उनलाई अब राजनैतिक लाभ दिन कठिन छ । उसो त उनले पछिल्लो समय नेकपा विभाजन गर्ने पात्र प्रचण्ड हुन् भन्ने अभिव्यक्ति पनि गौतमले दिइरहेका छन् । यो ओलीसँग निकट हुने प्रयास पनि हुन सक्छ ।

आगामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा नेपाली काँग्रसे, माओवादी केन्द्र, समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाको चुनावी गठबन्धन हुने पक्का छ । यस्तोमा ओलीलाई शक्ति सञ्चय गर्नु छ । वामदेवको साथ पनि यो बेला ओलीलाई काम लाग्न सक्छ । एमालेमा खुलेर लागेको खण्डमा ओली लचिलो भई बामदेवलाई टिकट दिने मनस्थितिमा पनि रहन सक्लान् ।

किनभने उनको एमालेमा ठुलो देन छ । एक समयका उनी उपाध्यक्ष पनि हुन् । तर कार्यकर्ताबाट त्यसको चर्को विरोध हुने पक्का छ । यदि टिकट पाइ हाले पनि उनले जित्ने सम्भावना न्यून छ । त्यसैले अब वामदेव नेपालको राजनीतिबाट एक प्रकारले अस्ताएका छन् ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  १२ : ०१ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई