प्रधानमन्त्री देउवा र लोसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता | Khabarhub Khabarhub

प्रधानमन्त्री देउवा र लोसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ।

शनिबार दिउँसो पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक सम्पन्न भएलगत्तै अध्यक्ष ठाकुर प्रधानमन्त्री देउवाबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । दुई नेताबीच संघ र प्रदेशको आगामी निर्वाचनमा कसरी जाने भन्नेबारेमा छलफल केन्द्रित रहेको लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए । प्रधानमन्त्री देउवाले पार्टी अध्यक्ष ठाकुरलाई मिटिङका लागि बोलाएको र त्यसमा आगामी संघ र प्रदेशको निर्वाचनमा हुने गठबन्धनबारे छलफल केन्द्रित भएको पनि झाले बताए।

त्यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक आइतबार बिहान ११ बजे पनि बोलाइएको छ। बिजुलीबजारस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षा गरी आगामी संघ र प्रदेशको निर्वाचनको आन्तरिक तयारीको बारेमा विस्तृत छलफल हुने केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  ६ : ३२ बजे

टीकापुरलाई बालविवाहमुक्त पालिका बनाइने

टीकापुर – टीकापुर नगरपालिकालाई विसं २०८३ मङ्सिरभित्र बालविवाहमुक्त पालिका बनाइने

म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लियो

काठमाडौं – इङ्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले फुलह्यामविरुद्धथि शानदार

शान्ति, सुरक्षा कायम गर्न सबैको हातेमालो आवश्यक छ : डिआइजी खापुङ

खोटाङ – कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब

दाङमा दुई महिलाको हत्या

घोराही – घोराही उपमहानगरपालिका–१० पहेलपारमा आज दिउँसो दुई महिलाको हत्या

रातो मछिन्द्रनाथको रथयात्रा सुरू (फोटोफिचर)

काठमाडौं – वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ