'संगीत भनेको संगत रहेछ' | Khabarhub Khabarhub

‘संगीत भनेको संगत रहेछ’

‘एक-दुई दशक होइन, जीवनै समर्पित गर्नुपर्छ’


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाली सांगीतिक जगतमा लोकप्रिय बाँसुरी वादकको रुपमा नगेन्द्र राईको नाम परिचित छ । खोटाङमा जन्मिएका राईलाई बाल्यकालमा आफूभन्दा ठूला व्यक्तिहरूले बाँसुरी बजाएको धुन सुन्दासुन्दै बाँसुरी प्रति मोह जागेको थियो । तर यसरी व्यावसायिक रुपमै जीवनमा बाँसुरी वादकका रुपमा अघि बढ्छु भन्ने कल्पना भने उनले गरेका थिएनन् । २०५९ सालमा एसएलसी उत्तीर्ण गरे लगत्तै बाँसुरी वादनको अध्ययन सुरु गरेका राईले आजसम्म २३ हजारभन्दा बढी गीतमा बाँसुरीको धुन दिइसकेका छन् । कुशल बाँसुरी बादक राईसँग गरिएको संक्षिप्त कुराकानीको सम्पादित अंशः

संख्यात्मक रुपमा २३ हजारभन्दा बढी गीतहरुमा बाँसुरीको धुन प्रस्तुत गरेको सांगितिक यात्राको अनुभव कस्तो छ?
मेरो घर हलेसी दुर्शिममा पर्छ । २०६० सालमा मैले बाँसुरी अध्ययन सुरु थालेँ। केही महिना पश्चात् नै मेरो बाँसुरी वादनको व्यावसायिक यात्रा सुरु भयो । वाद्यवादक पर्दा पछाडि प्रस्तुत हुने भएकोले हामी सम्बन्धित मानिसहरु माझ मात्र परिचित रहन्छौ । बाँसुरी वादनको रुपमा झन्डै दुई दशक लामो समय बिताइसकेको छु तर अहिले स्मरण गरिरहँदा समय अत्यन्तै छोटो लागिरहेको छ । आफ्नो रुचि भएको विधामा यसरी जीवन बिताउन पाउँदा समय बितेको पत्तै नहुने रहेछ ।

दुई दशक लामो समय बिताइसक्दा पनि निरन्तररुपमा सक्रिय रहनु भएको छ ।  के चिजले ऊर्जा र उत्साह दिइरहेको छ ?
बाँसुरी अत्यन्तै लोकप्रिय बाजा हो । बाल्यकालमा गोठालो जाँदा जानी नजानी कति बाँसुरीका बजाइयो। सानो उमेरबाट रहरले बजाउँदै जाँदा पछि सौख भयो । आफूलाई मन पर्ने काम गर्दा दिनहरु बितेको पत्तै नहुने रहेछ । मनपर्ने कामलाई पेसा बनाउँदा ऊर्जा भइरहने रहेछ ।  संगीत यस्तो विधा हो जहाँ दुई-तीन दशकले मात्र नपुग्ने रहेछ जिन्दगीभरको समय नै समर्पित गरेर सधैँ सिक्दै अघि बढ्नुपर्ने रहेछ ।

हामी माझ कुशल र विशिष्ट बाँसुरी बादकको रुपमा परिचित भइरहँदा स्वयंलाई कसरी हेर्नु हुन्छ ?
आफ्नो समीक्षा आफैँले गर्नेभन्दा पनि दर्शक श्रोताहरूले गर्दा उचित रहन्छ । संगीतसँग मेरो संगत रहेको अनुभूति मैले गरेँ । आजभन्दा दुई दशक अघिदेखिको गुरुहरुसँग गरेको संगत आजसम्म पनि निभाउने अवसर पाएको हुँ । यो उहाहरुसँगको अतुलनीय सम्बन्ध जिन्दगीको अन्तिम क्षणसम्म नै रहने छ । त्यो हिसाबले यो स्थान भन्दा पनि मैले १८/१९ वर्षदेखि नेपाली सांगितिक क्षेत्रमा बाँसुरी निरन्तर बजाइरहेको छु भन्ने कुराले मान्यता राख्छ भनेर विश्वास गर्छु । सबैले आ–आफ्नो स्थानमा राख्नु होला तर समग्रमा भन्नु पर्दा म एउटा वादनको विद्यार्थी हुँ ।

बाँसुरी वादनमा निरन्तर आबद्ध हुन पाउनु नै सफलता हासिल गरेको महसुस गर्नु हुन्छ ?
आफूलाई मन परेको काम गर्न पाउनु नै एक किसिमको आनन्दित महसुस गर्नु रहेछ । सफलता र असफलता हासिलको कुरा भन्दा पनि मलाइ रुचि लागेको विधामा दिनहुँ काम गरिरहनु पाउँदा खुसी लाग्छ । जीवनको सबैभन्दा ठुलो उपलब्धि भनेको नै यही हो जस्तो लाग्छ ।

सम्पूर्ण वाद्यवादनको अदृश्य पीडालाई समेट्दै बाँसुरी वादकले विशेष कस्तो चुनौती अनुभव गर्नु परिरहेको छ ?
हुन त प्रत्येक ठाउँमा चुनौती हुन्छ । तर वाद्यवादनमा पनि निकै धेरै चुनौतीपूर्ण पक्षहरू रहेका छन् । जस्तै भर्खर सिक्न चाहनेहरुको लागि राम्रो सिक्ने ठाउँ छैन । राम्रो बजाउन सक्षम स्रष्टाले व्यवसाय बनाएर जीवन चलाउन एउटा उचित प्लेटफर्म नपाएको पनि देखिरहेका छौँ । अरू व्यावसायिक पेसा जहाँ हामी निश्चित आय आर्जनको अपेक्षा गर्न सक्छौ भने यो सांगीतिक क्षेत्रमा हामी काम आएको समयमा मात्र काम गरिरहेको हुने भएर एउटा स्थिर आय कायम राख्न सक्ने चुनौती आज मात्र नभएर सधैँ रहिरहने छ ।

नेपाली मौलिक बाजाभित्र पर्ने बाँसुरी अत्यन्तै लोकप्रिय छ । तर पछिल्लो समय नयाँ पुस्तामाझ विदेशी बाजा हाबी भइरहँदा हाम्रो लोकबाजाहरु लोप हुँदै गएको माहोललाई कसरी लिइरहनु भएको छ ?
हामी अहिले संसारलाई ‘ग्लोबल भिलेज’ले सम्वोधन गरिरहेका छौँ । सबैको जनजीवनमा प्रविधिले ठूलो भूमिका खेल्दै गइरहेको छ । त्यस्तै अहिले गीतहरुमा कति धुनहरु प्राविधिक साधनबाटै प्रयोग गर्न सकिने भएकोले पनि त्यसतर्फ आकर्षित हुनु स्वाभाविक नै हो । प्रायजसो वाद्यवादन जस्तै बाँसुरी, तबला, सारंगी र अन्य बाजाहरु पूर्ण रुपले बजाउन सक्नु धेरै मिहिनेत चाहिन्छ । त्यसैगरी कुनै पनि संगीतकर्मीले आफूले कल्पित धुनलाई बाजामार्फत उतार्न सक्नु धेरै साधनाको आवश्यकता रहन्छ ।

यो मौलिकतालाई नबिसर्नको लागि एउटा मानिसको हृदयबाटै केही गर्छु भन्ने इच्छा सिर्जना हुन जरुरी छ । म यसलाई साधना गर्छु भन्ने आत्मसाथ लिएर अघि बढ्न चाहने कमै भेटिन्छ । त्यसैले मौलिक बाजाहरुमा धेरै साधनाको आवश्यक परिरहँदा मानिसहरूले त्यही किसिमको समय समर्पित गर्न नसकेर पनि अहिलेको प्रविधिले उब्जाइदिएको सहजपन प्रति बढी आकर्षित भएको होला।

अहिले नयाँ प्रतिभाहरू बाँसुरीलाई व्यवसाय बनाउँछु भनेर अघि बढ्दै गर्दा उहाँहरू कस्तो मनस्थितिका साथ आउनु हुँदो रहेछ ?
विभिन्न सामाजिक सञ्जालमार्फत छोटो समयमै मिठो धुन बजेको देखेर/सुनेर कुनै पनि वाद्यवादन बजाउन आकर्षित हुने गरेको पाइन्छ । मलाई पनि बुबा र आफूभन्दा अग्रजहरुले बजाएको देख्दा इच्छा जाग्थ्यो । प्रायजसो छोटो समयमै कसरी बजाउन सकिन्छ होला भन्ने हुन्छ। तर सिक्ने र बजाउने पाटो फरक भएको हुनाले आफ्नो एकल जोडले सम्भव छैन । त्यसका लागि सही गुरुहरूको शरणमा पर्नु पर्ने हुन्छ । सामाजिक सञ्जालमार्फत केही जानकारीमूलक पक्षहरू मात्र थाहा पाउन सकिन्छ । त्यसैले यी थोरै कुराहरुबाट प्रेरित भएर आउनु भएकामध्ये अधिकांश अत्यन्तै गाह्रो भयो भनेर पारिवारिक वा स्वास्थ्यको कारण अथवा अन्य अनेकौँ कारणले पछि हटिहाल्नु हुन्छ ।

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  १२ : ३० बजे

बर्दियामा पाटेबाघ मृतावस्थामा फेला

बर्दिया – बर्दियाको मधुवन नगरपालिका–४ का कालिका सामुदायिक वनमा मृतावस्थामा

जनतामा रहेको निराशालाई सम्बोधन गर्नुपर्छ : माधव नेपाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

‘समीक्षा यात्रा’मा निस्कियो रास्वपा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले ‘समीक्षा

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं – छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

कांग्रेस संसदीय दलको बैठक भोलि बिहान बस्ने

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक