नेपालको आर्थिक वृद्धि सन्तोषजनक : गभर्नर अधिकारी | Khabarhub Khabarhub

नेपालको आर्थिक वृद्धि सन्तोषजनक : गभर्नर अधिकारी


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको आर्थिक वृद्धि सन्तोषजनक नै रहेको दाबी गरेका छन् । 

बुधबार नेपाल चार्टड् एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले गरेको कार्यक्रममा गभर्नर अधिकारीले गत वर्ष ५ दशमलव ८ आर्थिक वृद्धि रहेकोमा यस वर्षको ५ दशमलव ५ प्रतिशत रहनु सन्तोषजनक नै मान्नुपर्ने बताएका हुन् । 

उनले विश्व बजारमा देखिएको इन्धनको मूल्यवृद्धिको असर नेपालको अर्थतन्त्रमा देखिएको पनि बताए ।

अहिलेको अवस्थामा बाह्य क्षेत्र नै चुनौतीपूर्ण रहेको उनको भनाइ छ । उनले करिब दुई अर्बको निर्यातले २१ अर्बको आयातलाई धान्न नसक्ने भन्दै इम्पोर्ट धान्न रेमिट्यान्स भए पनि अहिले रेमिट्यान्स सस्टेनेबल नरहेको तर्क गरे ।

गभर्नर अधिकारीले रेमिट्यान्सलाई औपचारिक बनाउन खोज्दा पनि सम्भव नहुने देखिएको बताए ।

उनले केही आयात गरेका सामाग्रीहरू नेपालमा नै प्रयोग नहुने अवस्था अहिले पनि देखिएको भन्दै त्यस विषयमा अनुसन्धानको आवश्यकता रहेको धारणा राखे ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ४ : ४६ बजे

आगलागीका कारण बझाङमा वायु प्रदूषण उच्च

बझाङ । बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि

आजका समाचार : प्रेस स्वतन्त्रता दिवसदेखि सय रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा राखिनेसम्म

सरकारले साहसिक र जनपक्षीय काम गरेको छ : प्रधानमन्त्री प्रधानमन्त्री

भारतका प्रधान न्यायाधीश डा चन्द्राच्युड नेपालमा

काठमाडौं–  प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका प्रधान न्यायाधीश डा

पेटमा गोली लागेपछि सडकमै ढलेकी थिइन् एनिका

झापा- उदयपुर घर भएकी १८ वर्षीया एनिका अधिकारी शुक्रबार मध्यान्ह

फ्लप भएपछि शो बन्द गर्दै कपिल ?

काठमाडौं– भारतीय कलाकार कपिल शर्माले ‘द इन्डिय कपिल शर्मा शो’बाट