‘षट्कोण’को शिर्ष गीत सार्वजनिक | Khabarhub Khabarhub

‘षट्कोण’को शिर्ष गीत सार्वजनिक


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म ‘षट्कोण’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । 

फिल्म रिलिजकै साता निर्माण टिमले गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा मुख्य पात्र कार्मलाई मात्रै स्थान पाएका छन् ।बिराज गौतमको स्वर रहेको गीतको शब्द तथा कम्पोज विशेष पाण्डे र बिराज गौतमले गरेका हुन् । गीतका एरेन्ज विशेष पाण्डे हुन् । सार्वजनिक गीतको भिडियोमा अभिनेता कार्मलाई एक मर्डर मिस्ट्रीको अनुसन्धानको क्रममा आउने उतार चढावलाई प्रस्तुत गरिएको छ । फिल्मका निर्देशक मिलन डि काप्रि हुन् । ‘षट्कोण’ उनको डेब्यु निर्देशकीय फिल्म हो ।

‘हामीले गीत राख्नै पर्ने बाध्यतामा गीत राखेको छैन । हामीले कथा अनुसार गीतलाई प्रस्तुत गरेका हौँ’ निर्देशक मिलनले भने । आफूले रेगुलर भन्दा फरक काम गर्ने कोसिसका साथ फिल्म निर्देशन गरेको समेत उनले बताए । ‘अन्यले खासै ध्यान नदिएको जनरा भएकोले यसमा आट गरेको हुँ । विशेषत यसको बजारलाई ख्याल नगरी स्क्रिप्टले मन छोएकोले बनाएको हुँ’ निर्देशक मिलनले भने । 

क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म आगामी बैशाख २३ गते रिलिज हुनेछ । फिल्ममा कार्मसँगै भोलाराज सापकोटाका , लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बू वानेम, बाल कलाकार असिम लामाको अभिनय रहेको छ । शिशिर लिम्बू वानेमको कथा तथा पटकथा रहेको सिनेमाको संवाद महेश दवाडीले लेखेका हुन् । 

फिल्ममा आङ्छेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रिले सम्पादन छ ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ४ : ३२ बजे

कांग्रेसलाई जवाफ दिन ‘विश्वासको कार्ड’ ?

काठमाडौं- विहीबार संसदमा हंगामा भइरहँदा सत्तापक्षका नेता नेपी शर्मा ओलीले

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

काठमाडौं– फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा रहेको

आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै

महानगरले माग्यो नीति तथा कार्यक्रमका लागि सुझाव

काठमाडौं– काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम

कराँतेमा नेपाल किन कमजोर ?

काठमाडौं- क्रिकेटमा नेपाली खेलाडीहरुले विश्वमा राम्रो छवि बनाउन सफल भएता