टाइगरले रोजे शाहरुख | Khabarhub Khabarhub

टाइगरले रोजे शाहरुख


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडमा छोटो समयमा नै आफूलाई स्थापित बनाइसकेका छन् ।

 छोटो समयमा नै बलिउडमा एक्सन हिरोको छवि बनाएका टाइगरले आफ्नो फेभरेट एक्सन हिरोको बारेमा खुलासा गरेका छन् । उनले बलिउडमा आफूलाई शाहरुख खानको एक्सन मन पर्ने बताएका छन् । पछिल्लो रिलिज फिल्म ‘हिरोपन्ती २’ रिलिज भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा टाइगरले एक्सन हिरोको रुपमा शाहरुखलाई रोजेका हुन् । 

‘शाहरुख सरले आफ्नो बडीको पूर्ण उपयोग गर्ने गर्नु भएको छ । त्यसैले मलाई उहाँको अभिनयसँगै एक्सन पनि मन पर्छ । मैले उहाँबाट धेरै सिकेको छु’ टाइगरले भने । शाहरुखको बाजिगर, डर जस्ता फिल्म मार्फत टाइगर इम्प्रेस छन् । पछिल्लो समय टाइगरले बलिउडमा भने सफलता पाउन सकेका छैनन् । एकपछि अर्को फिल्ममा असफलता भोगिरहेका छन् । 

अभिनय सुधारोन्मुख रहेता पनि एक्सन र डान्सकै भरमा उनले फिल्म चलाउन सकेका छैनन् । पछिल्लो फिल्म ‘हिरोपन्ती २’ असफल भएपछि टाइगर आउँदो प्रोजेक्टमा बढी ध्यान पुर्‍याइरहेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  २ : ४३ बजे

दलहरूबीच मिलेन कुरा, प्रतिनिधि सभा बैठक आइतबारसम्मलाई स्थगित

काठमाडौं- सत्ता र प्रतिपक्षी दलहरूबीचको विवादमा संसद् बन्धक बनेको छ

सुदूरपश्चिम ललितपुर मेयर कप महिला टी- २० को फाइनलमा

काठमाडौं– सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप राष्ट्रिय महिला टी-२० क्रिकेट

संसद भवन अगाडि नेविसंघको प्रर्दशन, ११ जना पक्राउ

काठमाडौं- गृहमन्त्रीको राजीनामा माग गर्दै नेविसंघले संसद भवन अगाडि प्रर्दशन

भलिबल खेलाडीलाई सेनाको सहयोग

महेन्द्रनगर– नेपाली सेनाले भलिबल खेलाडीहरूलाई सहयोग गरेको छ । कञ्चनपुरको

न्यायपालिकाको सुदृढीकरणका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायपालिकाको सुदृढीकरण र बारलाई अझ