चीनमा रूसको ग्यास आपूर्ति ६० प्रतिशतले वृद्धि | Khabarhub Khabarhub

चीनमा रूसको ग्यास आपूर्ति ६० प्रतिशतले वृद्धि


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किभ- युक्रेनमा जारी युद्धबीच गत वर्षको तुलनामा सन् २०२२ को पहिलो चार महिनामा चीनमा रूसको ग्यास आपूर्ति ६० प्रतिशतले बढेको छ।

रुसी उर्जा कम्पनी ग्याजप्रोमले आइतवार निर्यातमा उल्लेखनीय बृद्धि भएको घोषणा गरेको थियो।

युक्रेन–रुस जारी युद्ध र पश्चिमा देशहरुरूले रुसमाथि लगाएको प्रतिबन्धबीच युरोपमा उर्जा निर्यात अनिश्चित बनेको छ। बेइजिङले युक्रेनमा रुसी आक्रमणको पूर्ण निन्दा गरेको छैन्। जारी संकट कूटनीतिक माध्यमबाट समाधान गर्न उसले जोड दिँदै आएको छ।

रुस र पश्चिमबीचको ऊर्जा गतिरोधले पूर्व सोभियत संघ बाहिरका देशहरूलाई ग्यास आपूर्तिमा यस वर्षको सुरुदेखि २६ दशमलब ९ प्रतिशतले गिरावट आएको प्रतिवेदनमा उल्लेख छ।

पछिल्लो चार महिनामा कुल ५०.१ अर्ब घनमिटर ढुवानी भएको छ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ९ : ३५ बजे

बुटवल उपमहानगर पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

काठमाडौं– बुटवल उपमहानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ

नहरमा डुबेर कैलालीका एक युवक बेपत्ता

धनगढी– नहरमा डुबेर कैलालीमा एक युवक बेपत्ता भएका छन् ।

कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

विराटनगर– कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका

कांग्रेसको एकपक्षीय अडानका कारण संसदीय समिति गठन हुन सकेन : मनिष झा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले कांग्रेसको एकपक्षीय अडानका

इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली इतिहास, साहित्य र शिक्षा क्षेत्रमा