अर्थमन्त्री शर्माले एमसीसीसम्बद्ध पदाधिकारीलाई भने– ‘एमसीसी छिट्टो कार्यान्वयनमा लैजानुस्’ | Khabarhub Khabarhub

अर्थमन्त्री शर्माले एमसीसीसम्बद्ध पदाधिकारीलाई भने– ‘एमसीसी छिट्टो कार्यान्वयनमा लैजानुस्’


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–अर्थमन्त्री जनार्दन शर्माले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाको प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन् ।

सोमबार नेपाल सरकार र एमसीसीसम्बद्ध पदाधिकारीहरूबीच भएको भर्चुअल बैठकमा मन्त्री शर्माले यस्तो आग्रह गरेका हुन् ।

उनले परियोजना कार्यान्वयन अवधि एक वर्ष बाँकी रहे पनि धेरै विलम्ब गर्न नहुने बताएका छन् ।

एमसीसी चाँडै अगाडि बढ्छ भन्ने कुरामा जनतालाई विश्वास भइसकेकाले कार्यान्वयनका लागि समय नतोकेर छिट्टो अघि बढ्नुपर्ने पनि मन्त्री शर्माले बताए ।

एक वर्षे कार्यान्वयन अवधि लोमो समय भएको उनको भनाइ छ ।

बैठकमा अर्थमन्त्री शर्मा, एमसीसीका डेपुटी भाइस प्रेसिडेन्ट जोनाथन ए ब्रुक्स, एमसीसीको नेपालस्थित राष्ट्रिय निमित्त निर्देशक सञ्जय पौडेल, नेपालस्थित अमेरिकी दूतावासको राजनीतिक विशेषज्ञ रोजी कट्टेललगायत सहभागी थिए ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ११ : ४२ बजे

मुहान सुकेपछि ट्याङ्करको पानीमा निर्भर

पाँचथर– सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका–७ का

हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम

हुम्ला– ‘उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ भन्ने

सयको नोटमा चुच्चे नक्साबारे भारतको असन्तुष्टि

काठमाडौं– नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।