नेपालका लागि भारतीय राजदूत क्वात्रा भारतीय विदेश सचिवमा नियुक्त | Khabarhub Khabarhub

नेपालका लागि भारतीय राजदूत क्वात्रा भारतीय विदेश सचिवमा नियुक्त


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा भारतको विदेश सचिवमा नियुक्त भएका छन्। भारतको मन्त्रिपरिषद्को नियुक्ति समितिले क्वात्रालाई विदेश सचिव नियुक्त गर्ने निर्णय गरेको हो। अहिलेको भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृङ्गलाको कार्यकाल आगामी अप्रिल ३० मा सकिएपछि क्वात्राले विदेश सचिवको जिम्मेवारी सम्हाल्नेछन्। क्वात्रा भारतीय विदेश सेवामा ३२ वर्ष बिभिन्न जिम्मेवारीका कार्यअनुभव सँगालेका कूटनीतिज्ञ हुन् ।

सन् १९८८ मा विदेश सेवा प्रवेश गरेका क्वात्रा नेपालको राजदूतमा नियुक्त हुनुअघि फ्रान्सका लागि भारतीय राजदूतको रुपमा कार्यरत थिए। उनले सन् १९९३ सम्म जेनेभास्थित भारतको स्थायी नियोगमा तृतीय सचिव र त्यसपछि द्वितीय सचिवको रूपमा काम गरे। उक्त जिम्मेवारीमै रहँदा उनले फ्रान्सेली भाषा सिक्नुका साथै संयुक्त राष्ट्रका विशेष एजेन्सीहरूसँग सम्बन्धित जिम्मेवारी समेत सम्हालेका थिए। मानव अधिकार आयोग लगायतको जिम्मेवारी समेत हेरेका उनले त्यही रहँदा स्कुल अफ इनटरनेशनल स्टडिज इन जेनेभाबाट अन्तर्राष्ट्रिय सम्बन्धमा डिप्लोमा पनि हासिल गरेका थिए।

क्वात्राले सन् १९९३ देखी २००३ को बीचमा संयुक्त राष्ट्रसंघीय मुख्यालय, दक्षिण अफ्रिका र उज्बेकिस्तानमा रहेका भारतीय कूटनीतिक नियोगहरूमा कार्यरत थिए। सन् २००३ देखि सन् २००६ सम्म उनी चीनका लागि भारतीय नियोग उपप्रमुखको रुपमा कार्यरत थिए। सन् २००६ देखि २०१० सम्म उनले नेपालको सार्क सचिवालयमा व्यापार, अर्थतन्त्र र वित्त ब्युरोको प्रमुखका रूपमा भारतको प्रतिनिधित्व गरेका थिए। सन् २०१० देखी १३ सम्म उनले अमेरिकाको वाशिङ्टनस्थित भारतीय दूतावासमा वाणिज्य प्रमुखको जिम्मेवारी समालेका थिए।

जुलाई २०१३ देखी २०१५ अक्टोबरसम्म उनले भारतीय विदेश मन्त्रालयको नीति योजना र अनुसन्धान विभागको नेतृत्व गरेका थिए। पछि विदेश मन्त्रालयमा अमेरिका डिभिजनको प्रमुखको रूपमा काम गरेका थिए। क्वात्रा २०१५ अक्टोबर देखि अगस्ट २०१७ सम्म भारतीय प्रधानमन्त्रीको कार्यालयमा काम गरेका थिए। २०१७ अगष्ट देखि २०२० फेब्रुअरीसम्म भारतका लागि फ्रान्सको राजदूतको रहेका क्वात्रा सन् २०२० मार्चदेखि नेपालको राजदूतको रुपमा कार्यरत छन्।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ६ : ४१ बजे

धनुषाबाट चार जना किशोर किशोरीको उद्धार

धनुषा– धनुषाबाट चार जना किशोर किशोरी उद्धार गरिएको छ ।

सूचना प्रविधिको क्षेत्रबाट मूल प्रवाहमा जोडिँदै कर्णाली

काठमाडौं– भौतिक विकासबाट पछाडि परेको कर्णाली प्रदेशलाई सूचना प्रविधिको क्षेत्रबाट

सहमतिमै संसद् खोल्नुपर्छ, नत्र ठूलो संकटमा परिन्छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले संसदलाई सहज ढंगले

पर्वतका कृषक व्यावसायिक आलुखेतीमा

पर्वत– पर्वतमा करिब दुई हजार किसान व्यावसायिक आलु खेती गर्न

इन्धनको चिन्ता- पतिंगर झर्ने बित्तिकै डढेलो लाग्यो, बर्खामा कसरी खाना पाक्ला ? 

महोत्तरी– बर्खा सुरु हुन लाग्दासमेत खाना पकाउने इन्धन सञ्चित नभएपछि