कर्णाली प्रदेशका अधिकतर साना जलविद्युत आयोजनाहरू बन्द | Khabarhub Khabarhub

कर्णाली प्रदेशका अधिकतर साना जलविद्युत आयोजनाहरू बन्द


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशमा रहेका अधिकतर लघुजलविद्युत् आयोजनाहरू सञ्चालनमा नरहेको पाइएको छ ।

निर्माण कार्य पूरा भएर पनि छोटो समय सञ्चालनमा आई अहिले बन्द अवस्थामा रहेको पाइएको छ ।

कर्णाली प्रदेशका ९ जिल्लामा गरिएको सर्वेक्षणबाट अधिकांश योजनाहरू अहिले सञ्चालनमा नरहेको पाइएको छ ।

जाजरकोटका पाँचवटा माइक्रो हाइड्रो चलेको र २३ वटा नचलेको, सल्यानमा एक चलेको र एक नचलेको, रुकुम पश्चिममा ६ चलेको र २० नचलेको, दैलेखमा सात चलेको र १३ नचलेको र सुर्खेतमा एक चलेको र तीन ३ वटा नचलेको पाइएको छ ।

त्यस्तै, जुम्लामा ६ चलेको र २० नचलेको, कालिकोटमा ६ चलेको ११ नचलेको, मुगुमा दुई चलेको पाँच नचलेको र हुम्लामा तीन चलेको आठ नचलेको अवस्थामा रहेको पाइएको छ । ३७ वटा सञ्चालमा रहेको र १०४ नचलेको अवस्थामा रहेको पाइएको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले गरेको भर्चुअल बैठकमा यो कुराको जानकारी दिइएको हो । कार्यक्रममा कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंह, निमित्त सचिव गोपाल शर्मा, प्रवद्र्धन केन्द्रका तर्फबाट कार्यकारी निर्देशक डा मधुसुधन अधिकारीलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ३ : ३२ बजे

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव