सन्दीप लामिछालाई एक दिवसीय कप्तानीको पनि जिम्मेवारी | Khabarhub Khabarhub

सन्दीप लामिछालाई एक दिवसीय कप्तानीको पनि जिम्मेवारी


२० फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) सन्दीप लामिछानेको कप्तानीमा एक दिवसीय सिरिज खेल्ने टोलीको घोषणा गरेको छ।

आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएई र पपुवा न्युगिनी (पीएनजी) सँगको एकदिवसीय सिरिजका लागि टोली घोषणा भएको हो।

यूएईमा आयोजना हुने त्रिदेशीय सिरिजको लागि बिहीबार टोली घोषणा गरेको हो।

सन्दीप कप्तानीको टोलीमा तीव्र गतिका बलर सोमपाल कामी, विक्रम सोब, भीम सार्की र विनोद भण्डारीले पूनरागमन गरेका छन्।

क्यानले छनोट समिति र प्रशिक्षक पुबुदु दसानायकेले बन्दप्रशिक्षणमा रहेका २० खेलाडीबाट अन्तिम टोलीको नाम सार्वजनिक गरेको हो।

नेपालले यूएई जानुअघि श्रीलंकामा स्थानीय टोलीसँग अभ्यास खेल खेल्नेछ। श्रीलंकामा नेपालले चार वटा अभ्यास खेल खेल्न लागेको हो।

नेपाली टोली शनिबार श्रीलंका जाने क्यानले जनाएको छ। विश्वकप लिग–२ मा नेपालले मार्च १६ देखि २२ सम्म यूएई र पीएनजीसँग खेल्नेछ।

 

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ६ : १५ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका