फेरि सर्‍याे पुलिस र च्यासलको खेल | Khabarhub Khabarhub

फेरि सर्‍याे पुलिस र च्यासलको खेल


२१ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत कोभिड १९ का कारण स्थगित भएको च्यासल युथ क्लब र नेपाल पुलिस क्लबबीचको खेल तालिका पुनः परिवर्तन भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार च्यासल र पुलिसको खेल बुधबारका लागि तय गरेको हो । यसअघि एन्फाले यी दुई टोलीबीचको खेल शनिबार हुने बताए पनि वर्षाका कारण मैदान खेल्न योग्य नभएपछि खेल दोस्रो पटकको लागि परिवर्तन गरेको हो ।

खेल दशरथ रंगशालामा दिउँसो एक बजेदेखि सुरु हुनेछ । यसअघि च्यासल युथ क्लबका १९ खेलाडीमा कोभिड–१९ संक्रमण देखिएपछि पूर्वनिर्धारित समयमा हुन सकेकको थिएन ।

यस्तै एन्फाले लिगको १०औं चरणको खेल २८ माघबाट हुने जनाएको छ । यद्यपि, १०औं चरणका खेलहरुको तालिका भने सार्वजनिक गरिएको छैन ।

नवौं चरणको खेल सकिँदा मछिन्द्र फुटबल क्लब शीर्षस्थानमा छ । जारी लिगको पुछारमा रहने दुई टोली दोस्रो डिभिजनमा घटुवा हुनेछन् ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ५ : ०० बजे

नीति कार्यक्रम त पढियो, अब बजेट कसरी ?

काठमाडौं – संसदमा मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएको

आदर्श नारी सीता पौराणिक तथा सांस्कृतिक विश्वासको धरोहर : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले लैङ्गिक विभेदलगायत सबै प्रकारका सामाजिक र

आज मदन-आश्रित स्मृति दिवस

काठमाडौं – बिहीबार मदन आश्रित स्मृति दिवस विभिन्न कार्यक्रम गरेर

गर्मीमा खरबुजा खाँदै हुनुहुन्छ ? किन्दा यी कुरामा ध्यान दिनुहोस् !

काठमाडौं– अहिले बजारमा प्रत्येक फलफूल पसलमा खरबुजा देखिने गरेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल