सडक अतिक्रमण हटाउने अभियानमा जुम्लाका सरोकारवाला | Khabarhub Khabarhub

सडक अतिक्रमण हटाउने अभियानमा जुम्लाका सरोकारवाला


२० पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्ला सडक अतिक्रमण हटाउने अभियान सुरु गरिएको छ । जुम्ला बजारमा मनपरी रूपमा सडक अतिक्रमण बढ्न थालेपछि सरोकारवालाहरूले अभियान थालेका हुन् । अतिक्रमण गरी निर्माण गरेका संरचना भत्काउने, निर्माण सामाग्री हटाउन परामर्श दिने काम गर्दै अतिक्रमण हटाउने अभियान थालिएको हो ।

बाक्लो सुरक्षाकर्मीसहित कर्णाली राजमार्गको जुम्ला खण्डमा सडक अतिक्रमण गरी बनाइएका घर, टहरा, पर्खाल, होटेललगायतका संरचना भत्काउन थालिएको हो । सडक डिभिजन जुम्लाले एक महिना पहिलेदेखि थालेको सडक सुरक्षा अभियानअन्तर्गत जुम्लामा, सडक डिभिजन, प्रहरी प्रशासन, चन्दननाथ नगरपालिका र नागरिक समाज जुटेर बल्ल अतिक्रमण हटाउन थालेका छन् । जसअन्तर्गत मंगलबार चन्दननाथ नगरपालिकाको बसपार्क क्षेत्रमा भएको अतिक्रमण हटाइएको छ ।

जुम्लामा यसअघि सडक अतिक्रमण हटाउने बहस सुरु भएको थियो । मंगलबार जुम्लामा बाक्लो सुरक्षाकर्मी परिचालन गरेर सडक अतिक्रमण हटाउने परिणाममुखी काम सुरु भएको नागरिक अगुवा राज बहादुर महतले बताए । उनले भने, ‘वर्षौ पहिलेदेखि नागरिक समाजको अगुवाइमा सडक अतिक्रमण हटाउन बहसदेखि सडक चक्काजाम गर्‍यौ तर सफल भएनौं । अहिले सडक डिभिजनले कडा कदम पनि चाल्यो, प्रहरी प्रशासनले साथ दिएर अतिक्रमण हटाउने अभियान सुरु भएको छ । आम नागरिक खुसी छौं । सम्मान रूपले सडक अतिक्रमण हटाउन सबै जुट्नु पर्छ ।’

मंगलबार डोजर प्रयोग गरेर सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा सडकमा जथाभाबी रूपमा राखिएका निर्माण सामाग्री फालिएको छ । भने अतिक्रमण क्षेत्रमा चिन्ह लगाउने काम भएको सडक डिभिजन जुम्लाका प्रमुख राजीव श्रेष्ठले बताए ।

सडक सुरक्षा सबैको दायित्व हो भन्ने कुरा बुझ्दा बुझ्दै पनि नागरिकबाट बुझ पचाएको देखिन्छ । नगरपालिकाको मापदण्ड अनुसार सडक १५ मिटर चौडा हुनुपर्ने हो ।

त्यसमा एक मिटर फुटपाथका लागि छुटाइएको थियो । अहिले फुटपाथ समेत अतिक्रमण गरेर घर टहरा, होटेल बनेका छन् । त्यसैले सडक क्षेत्र पुरै खाली गर्न नापी गरेर आफै व्यवस्थापन गर्न सूचित गरिने अटेरी गरे एक हप्ता भित्रै डोजर प्रयोग गरेर संरचना भत्काइने सडक डिभिजन जुम्लाका प्रमुख श्रेष्ठको भनाइ छ ।

यसअघि अतिक्रमण हटाउने निर्णय भए पनि कार्यान्वयन हुनसकेको थिए । जुम्ला बजारमात्रै नभई तातोपानी, लिताकोट, कुडारी, त्रिवेणी, रारालिहिका पनि बढेकोले अतिक्रमण हटाउने अभियान गाउँ सम्म पुराइने सडक डिभिजनले जनाएको छ ।

त्यस्तै प्रमुख जिल्ला विजयाकुमारी प्रसाईंले पहुँचवालालाई छोड्ने र सामान्य नागरिकको संरचना भत्काउने नभई अतिक्रमण भएको सबै क्षेत्र सहमति वा बल प्रयोग गरेर भए पनि हटाइने बताइन् । उनले भनिन्, ‘सडक सबै नागरिकको साझा सम्पत्ति भएकोले सडक सुरक्षा सबैको दायित्व हो ।’

सडक डिभिजन जुम्लाले पटक(पटक सार्वजनिक सम्पत्ति तथा सडक अतिक्रमण नगर्न अनुरोध नगरे पनि सडकमा स्थानीयको मनपरी रोकिएको थिएन ।

अतिक्रमण बजारभन्दा गाउँमा बढी भएकोले अभियान गाउँ केन्द्रित हुनुपर्ने बताइएको छ ।

निर्माण सामाग्री मात्रै हटाएको र अबको सात दिनभित्र अतिक्रमित सडक खाली नभए कार्यालयले आफ्नै तरिकाले हटाउने तथा त्यसबाट पर्न जाने क्षति प्रति कार्यालय जबाफदेही नहुने समेत चेतावनी दिइएको छ । साथै संरचना हटाउँदा लाग्ने खर्चसमेत सार्वजनिक सडक ऐन २०३१ को दफा १९ (३) बमोजिम सम्बन्धित व्यक्तिबाटै असुल उपर गरिने चेतावनी दिइएको छ । न्यूजकारखाना

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ९ : ४० बजे

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल जेठ ९ गते बुधबार तदनुसार

आज २०८१ साल जेठ ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ९ गते बुधबार तदनुसार

हैदरावादलाई हराउँदै कोलकाता आइपिएलको फाइनलमा

काठमाडौं । कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपिएल)को फाइनलमा

किमाथाङ्का नाका जेठ १२ गतेदेखि खुला हुने

सङ्खुवासभा – उत्तरी क्षेत्र चीनसँग जोडिएको सङ्खुवासभाको किमाथाङ्का नाका खुला

दमौलीमा आगलागीबाट सात करोड बराबरको क्षति

तनहुँ – तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा सोमबार बिहान