प्रिमियर लिगमा चेल्सीको पुनरागमन जित « Khabarhub

प्रिमियर लिगमा चेल्सीको पुनरागमन जित


१८ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्यामविरुद्ध चेल्सीले जित निकालेको छ ।घरेलु मैदानमा शनिबार राति भएको खेलमा चेल्सीले वेस्ट ह्यामलाई २– १ गोल अन्तरले पराजित गरेको हो ।चेल्सीको जितमा बेन चिलवेल र काइ हाभर्ट्जले १/१ गोल गरे ।

खेलको ६३ औं मिनेटमा मिखाइल एन्टोनियोले गोल गर्दै वेस्ट ह्यामलाई अग्रता दिलाएका थिए ।तर, खेलको ७६ औं मिनेटमा बेन चिलवेलले गोल गर्दै चेल्सीलाई १-१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ८८ औं मिनेटमा काइ हाभर्ट्जले गोल गर्दै चेल्सीलाई २-१ को जित दिलाए ।जितसँगै चेल्सीले ६ खेलमा १० अंक जोडेको छ ।चेल्सी पाँचौं स्थानमा उक्लिएको छ ।वेस्ट ह्याम ४ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।

 

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  १० : २५ बजे

ब्रिक्स सम्मेलन : कूटनीतिक क्षेत्रमा भारतले मारेको अन्तर्राष्ट्रिय बाजी

दक्षिणी छिमेकी भारतको राजधानी नयाँ दिल्लीमा हालै सम्पन्न ब्रिक्सको अठारौँ

दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

म्याग्दी– यहाँकोे दरवाङ–मुना–ढोरपाटन सडक योजनाको ठेक्का सम्झौताको १४ महिनाका अवधिमा

आज कागे अष्टमी पर्व, कागेश्वरी महादेव मन्दिरमा पूजाआराधना गरिँदै

काठमाडौँ– प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी

आज शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज ३ गते शनिबार सन् २०२६

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण