दुवै युक्रेन र रुसले नै गरे लाइसान्स्कमाथि नियन्त्रणको दाबी | Khabarhub Khabarhub

दुवै युक्रेन र रुसले नै गरे लाइसान्स्कमाथि नियन्त्रणको दाबी


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युक्रेनको पूर्वी सहर लाइसान्स्कलाई युक्रेनी तथा रुस सेनाले आफ्नो नियन्त्रणमा भएको दाबी गरेका छन् । रुसद्वारा लाइसान्स्कमा भारी मात्रामा भएको आक्रमणको प्रतिरोध गरेको तर सहर कब्जा नभएको युक्रेनको दाबी छ । तथापि, रुसी समर्थित अलगाववादीहरुले भने सहरमा सफलतापूर्वक प्रवेश गरेको र सहरको बीचमा पुगेको दाबी गरिरहेको छ ।

रुसी सञ्चार माध्यमले रुसी सेना सडकहरूमा परेड गरिरहेको विभिन्न भिडियोहरू प्रसारण गरिरहेको छ । सहरको क्षतिग्रस्त प्रशासनिक विभागमा सोभियत झन्डा फरफराइरहेको भिडियो विभिन्न रुसी स्रोतहरूले ट्विट गरेका छन् । यस भिडियोको पुष्टि भने हुन बाँकी नै छ ।
रुसी सेना लाइसान्स्क सहरतर्फ बढ्दै गए आक्रमण जारी भए पनि सो सहर नछाडेको लुहान्स्क क्षेत्रका गभर्नर सेर्ही हैडाले जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेको छ ।

लाइसान्स्क नियन्त्रणमा आइसकेको तर हाल स्वतन्त्र नभएको लुहान्स्क जन गणतन्त्रमा रुसका राजदूत रोडियन मिरोश्रिकले एक टेलिभिजन अन्तर्वार्तामा जानकारी गराए ।

सन् २०२२, २४ फेब्रुअरीमा रुसले नाटो निकट हुँदै गएको युक्रेनलाई अतिक्रमण गरेपश्चात्, हजारौँ सर्वसाधारणलगायत लडाकुहरू घाइते भएको, ज्यान गुमाएको र १ करोड २० लाख मानिस पलायन भइसकेका छन्

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  १ : ३१ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको