माओवादीले देशको नेतृत्व नछाडेको प्रचण्डको दाबी | Khabarhub Khabarhub

माओवादीले देशको नेतृत्व नछाडेको प्रचण्डको दाबी


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीले देशको नेतृत्व नछाडेको दाबी गरेका छन्।

मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले शान्ति प्रक्रियादेखि आजसम्मका सबै प्रक्रियामा माओवादीले नै नेतृत्व गरिरहेको दाबी गरेका हुन्। उनले गठबन्धन र अहिलेको स्थानीय तहको निर्वाचनमा माओवादीले नै नेतृत्व गरेको र गठबन्धनका उम्मेदवारको जित सुनिश्चित भएको बताए।

माओवादीले जसको नीति उसको नेतृत्व भन्ने नारालाई स्थानीय तहको निर्वाचनमार्फत स्पष्ट ढंगले कार्यान्वयन गर्ने पनि उनले बताए।  गठबन्धनको पक्षमा नै अब माहोल बन्दै गएको भन्दै उनले आउने १० दिनभित्र देशैभरि नयाँ परिस्थिति बन्ने र गठबन्धन बिजयी हुने ठोकुवा गरे । उनले गठबन्धनलाई तोड्ने षड्यन्त्र भइरहेको भन्दै गठबन्धनलाई जोगाउने पार्टी माओवादी नै भएको बताए।

प्रचण्डले स्थानीय निर्वाचनले माओवादी केन्द्रलाई पहिलेभन्दा धेरै नै बढी सुदृढ गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ६ : ०८ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन