उप्रेतीलाई भैरव अर्याल स्मृति सम्मान | Khabarhub Khabarhub

उप्रेतीलाई भैरव अर्याल स्मृति सम्मान


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागमती– भैरव अर्याल स्मृति सम्मान यस वर्ष भक्तपुरकी हास्यव्यङ्ग्य कवि हरिकला उप्रेतीलाई प्रदान गरिएको छ ।

भैरव अर्यालका परिवारले स्थापना गरेको पुरस्कारको राशि २१ हजार १११ रहेको छ ।

साहित्य सङ्गम मकवानपुर तथा सिस्नुपानी मकवानपुरले बिहीबार हेटौँडामा कार्यक्रम गरी पुरस्कार प्रदान गरेका हुन् ।

समारोहमा हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नाङ्गले कवि उप्रेतीलाई नगदसहित सम्मानपत्रसहित सम्मान गरेका थिए ।

सम्मानित हुने उप्रेतीका तीनवटा कृति प्रकाशित छन् । यस अवसरमा मकवानपुरका कवि मीनप्रसाद लामिछानेको हास्यव्यङ्ग्य कविता सङ्ग्रह पनि विमोचन गरिएको थियो ।

कार्यक्रममा सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, साहित्य सङ्गम मकवानपुरका अध्यक्ष अनिता न्यौपाने, सर्जक सञ्जालका अध्यक्ष निमेख निखिल, समीक्षक घनश्याम घिमिरेलगायत सहभागी थिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  ८ : ३८ बजे

धनुषाबाट चार जना किशोर किशोरीको उद्धार

धनुषा– धनुषाबाट चार जना किशोर किशोरी उद्धार गरिएको छ ।

सूचना प्रविधिको क्षेत्रबाट मूल प्रवाहमा जोडिँदै कर्णाली

काठमाडौं– भौतिक विकासबाट पछाडि परेको कर्णाली प्रदेशलाई सूचना प्रविधिको क्षेत्रबाट

सहमतिमै संसद् खोल्नुपर्छ, नत्र ठूलो संकटमा परिन्छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले संसदलाई सहज ढंगले

पर्वतका कृषक व्यावसायिक आलुखेतीमा

पर्वत– पर्वतमा करिब दुई हजार किसान व्यावसायिक आलु खेती गर्न

इन्धनको चिन्ता- पतिंगर झर्ने बित्तिकै डढेलो लाग्यो, बर्खामा कसरी खाना पाक्ला ? 

महोत्तरी– बर्खा सुरु हुन लाग्दासमेत खाना पकाउने इन्धन सञ्चित नभएपछि