उत्तर प्रदेशमा विधानसभाको मतदान जारी, मुख्यमन्त्रीको निर्वाचन क्षेत्रमा पनि आजै मतदान | Khabarhub Khabarhub

उत्तर प्रदेशमा विधानसभाको मतदान जारी, मुख्यमन्त्रीको निर्वाचन क्षेत्रमा पनि आजै मतदान


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको उत्तर प्रदेश राज्यमा विधानसभाका लागि मतदान जारी छ । विधानसभा चुनाव अन्तर्गत छैटौँ चरणको मतदान भएको हो । छैटौँ चरणको चुनाव अन्तर्गत १० जिल्लामा ५७ सिटका लागि ६७६ जना प्रतिस्पर्धामा रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

मुख्यमन्त्री योगी आदित्यनाथले उम्मेद्वारी दिएको गोरखपुरमा निर्वाचन क्षेत्रमा पनि आजै मतदान भइरहेको छ । योगी आदित्यनाथ पनि चुनावी दौडमा रहेकाले यो चरणको मतदानलाई अत्यन्त महत्वका साथ हेरिएको छ ।

गोरखपुर बाहेक बललिया, सन्त कबीर नगर, बस्ती, बलरामपुर, महाराजगञ्ज, सिद्धार्थनगर, कुशिनगर, अम्बेडकरनगरडिओरियामा पनि आजै मतदान भएको हो ।

उत्तर प्रदेशको विधानसभामा ४०३ सिट कायम छ जसमा बहुमतका लागि २०२ सिट आवश्यक पर्छ । गत फेब्रुअरी १० तारिखबाट शुरु भएको निर्वाचनको सातौँ तथा अन्तिम चरणको मतदान आगामी ७ मार्चमा हुनेछ 

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  ३ : ४१ बजे

सामुदायिक वनमा पक्की भवन निर्माण हुने

सिरहा – वन संरक्षण र पर्यटन व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले

नेतान्याहुसहित इजराइली र हमास नेताका लागि पक्राउ पुर्जी माग

जेरुसेलम – अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का मुख्य अभियोजकले सोमबार

जबज हाम्रो मार्गदर्शक सिद्धान्त होइन : वेदुराम भुसाल

काठमाडौं- माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष रहेका पूर्वकृषिमन्त्री

आजका समाचार : कांग्रेसको विरोधबीच प्रचण्डलाई चौँथो पटक संसदको विश्वासदेखि पूर्वराजा पाटनतिरसम्म

प्रधानमन्त्री प्रचण्डले पाए चौथो पटक विश्वासको मत प्रधानमन्त्री पुष्पकमल दाहाल

आजको अर्थसंक्षेप : वैदेशिक व्यापार घट्यो, एनसेललाई २० अर्ब बुझाएर नवीकरण गर्न ताकेता

काठमाडौं- चालु आर्थिक वर्ष (आव)को १० महिनामा अघिल्लो आवको सोही