सत्ता गठबन्धनको बैठक : एमसीसी संसद्‌बाट अनुमोदन भएकोमा स्वागत, प्रधानमन्त्रीलाई धन्यवाद | Khabarhub Khabarhub

सत्ता गठबन्धनको बैठक : एमसीसी संसद्‌बाट अनुमोदन भएकोमा स्वागत, प्रधानमन्त्रीलाई धन्यवाद


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्तारुढ गठबन्धनले अमेरिकी सहयोग परियोजना (एमसीसी) प्रतिनिधि सभाबाट अनुमोदन भएकोमा स्वागत गरेको छ।

आज (बिहीबार) बिहान बसेको चार दलीय गठबन्धनको बैठकले एमसीसी पास गराउन सफल भएकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद दिएको बालुवाटार स्रोतले बताएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव र डा. बाबुराम भट्टराई सहभागी थिए। एमसीसी अनुमोदन भएको चार दिनपछि चार दलका शीर्ष नेताहरू बैठकमा बसेका हुन्।

एमसीसीलाई अनुमोदन गर्न नहुने पक्षमा रहेका मा‍‌‌ओवादी र एकीकृत समाजवादीसमेत गठबन्धन जोगाउन भन्दै एमसीसीको पक्षमा उभिएपछि स‌ंसदबाट अनुमोदन भएको थियो । लगत्तै राष्ट्रिय जनमोर्चा गठबन्धनबाट बाहिरिएको थियो।

बैठकमा आगामी स्थानीय तहको निर्वाचन र गठबन्धनको आगामी रणनीतिका विषयमा पनि छलफल भएको बालुवाटार स्रोतले बताएको छ। गठबन्धनलाई आगामी निर्वाचनसम्म निरन्तरता दिनुपर्नेमा कतिपय नेताहरूको जोड छ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  १ : १० बजे

एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक भोलिदेखि

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक

इराकद्वारा ‘संयुक्त राष्ट्र संघको सहायता अभियान’ अन्त्य गर्न आह्वान

काठमानडौं – इराकले सन् २०२५ को अन्त्यसम्ममा इराकका लागि संयुक्त

चितवनमा प्रधानमन्त्रीले भने : अहिलेको सत्ता समीकरण तलमाथि हुँदैन, सदन चाँडै खुल्छ

चितवन- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गतिरोध अन्त्य

गर्मी छल्न नरपानी डाँडा 

अर्घाखाँची– नरपानी डाँडा चिसो हावा र चिसो पानीले प्रसिद्ध छ

दिल्लीमा बसेर मानव तस्करी, तीन जना पक्राउ

काठमाडौं–  दिल्ली बसेर अमेरिका र क्यानडा लैजाने भन्दै संगठित रूपमा