बलिउड अभिनेता रमेश देवको निधन | Khabarhub Khabarhub

बलिउड अभिनेता रमेश देवको निधन


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बलिवुड अभिनेता रमेश देवको निधन भएको छ। अमिताभ बच्चन, राजेश खन्नासमेत केही कलाकारसँग स्क्रिन सेयर गरेका प्रसिद्ध मराठी अभिनेता रमेश देवको निधन भएको हो।

९३ वर्षको उमेरमा देवको गएराति मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन्। मुम्बईको धीरुभाइ अस्पतालमा उनको मृत्यु भएको हो। उनले चार दिन अघि मात्रै ९३ औं जन्मदिन मनाएका थिए।

केही मराठी र हिन्दी चलचित्रमा अभिनय गरेका रमेश देवको श्रीमती सीमा पनि अभिनेत्री हुन्। उनका छोराहरु अजिन्क्य र अभिनय पनि बलिवुडसँग जोडिएका छन्।

‘आरती’ बाट हिन्दी चलचित्रको यात्रा सुरु गरेका रमेश देवले सरस्वती चन्द्र, आनन्द, आपकी कसम, मेरे सपने, तीन बहुरानियाँ, पतीता जस्ता चलचित्रमा अभिनय गरेका थिए।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  ६ : ५३ बजे

‘समीक्षा यात्रा’मा निस्कियो रास्वपा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले ‘समीक्षा

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं – छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

कांग्रेस संसदीय दलको बैठक भोलि बिहान बस्ने

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

पञ्जाबविरुद्ध हैदराबाद चार विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ अन्तरगत आफ्नो लिग

कांग्रेसले भन्यो : रविमाथि छानबिन गर्न समिति नबनेसम्म संसद्अघि बढ्दैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणबारे