बेपत्ता र सत्य निरूपण विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो  | Khabarhub Khabarhub

बेपत्ता र सत्य निरूपण विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो 


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभाले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ दफावार छलफलका लागि संसदीय समितिका पठाएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ दफावार छलफलका लागि समितिमा पठाएको हो ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले राखेको उक्त विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मत रूपमा स्वीकृत गरेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ३ : १५ बजे

लखनउमाथि दिल्लीको जित : कस्तो छ प्लेअफको गणितीय सम्भावना ?

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ २ गते बुधबार सन्

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल जेठ २ गते बुधबार तदनुसार

आज २०८१ साल जेठ २ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ २ गते बुधबार तदनुसार