दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज दिनभर अर्थमन्त्री शर्माविरुद्धको रिट सर्वोच्चले गरिदियो दरपीठ,सरकारको काम प्रभावकारी बनाउन प्रधानमन्त्री देउवाको निर्देशन, साना कम्युनिष्ट घटकलाई एकतामा आउन ओलीको आव्हान, पर्यटन मन्त्रालयका उपसचिव घुससहित पक्राउ, शपथसम्बन्धी विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत, विप्लव समूहका नेताविरुद्धको पक्राउ पुर्जी फिर्ता गर्न एमालेको माग लगायतका समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू:

अर्थमन्त्री शर्माविरुद्धको रिट सर्वोच्चले गरिदियो दरपीठ

बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशबारे अनुसन्धान गर्न जाँचबुझ समिति गठनको माग गर्दै परेको निवेदन सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतमा आज परेको निवेदन सर्वोच्च अदालतका कामु मुख्य रजिस्ट्रार नारायणप्रसाद पन्थीले दरपीठ गरेका हुन् ।

पन्थीले जाँचबुझका लागि कस्तो समिति बनाउने भन्नेवारे संसदको विशेष अधिकार हुने उल्लेख गर्दै निवेदन दर्ता गर्न अस्वीकार गरेका हुन् । जाँचबुझ आयोग गठन हुनुको साटो संसदीय विशेष समिति गठन हुनु गलत भएको भन्दै उपभोक्ता हित संरक्षण मञ्चले सर्वोच्च अदालतमा निवेदन दर्ता गर्न खोजेको थियो ।

कामु मुख्य रजिष्ट्रार पन्थीले यो विषय संघीय संसदको विशेषाधिकार भएको भन्दै निवेदन दर्ता गर्न अस्वीकार गरेका हुन् । उपभोक्ता हित संरक्षण मञ्चले सीसीटीभी फुटेज प्रकरणबारे छानबिन गर्न जाँचबुझ समिति गठन गर्न आदेश माग गर्दै गत आइतबार रिट निवेदन दिएको थियो ।

बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएको भन्दै अर्थमन्त्री जनार्दन शर्मामाथि प्रश्न उठेपछि प्रतिनिधिसभाले संसदीय विशेष समिति गठन गरेको थियो । तर सो समितिले अनधिकृत व्यक्ति प्रवेशको पुष्टि गर्न नसकेपछि शर्मा पुन अर्थमन्त्रीमा नियुक्त भइसकेको छ ।

सरकारको काम प्रभावकारी बनाउन प्रधानमन्त्री देउवाको निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री र मन्त्रालयका सचिवहरुलाई सरकारको काम प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

सिंहदरवारमा आज आयोजित मन्त्री र सचिवहरुको संयुक्त बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले सरकारका कार्यक्रम र बजेट कार्यान्वयन लगायतका विषय प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।

बैठकमा सरकारको एक वर्षको कार्यकालमा भएका काम कारबाहीको समीक्षा समेत भएको छ । बैठकमा प्रधानमन्त्री देउवाले सरकारी कार्यक्रमको कार्यान्वयनको स्थिति के कस्तो रहेको छ भन्ने बारेमा पनि सम्बन्धित मन्त्री र सचिवसँग जानकारी लिएका थिए ।

प्रधानमन्त्री देउवाले मन्त्री र सचिवहरुलाई जनताको अपेक्षा अनुसार प्रभावकारी काम गर्न पनि निर्देशन दिए । वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्था र कार्ययोजनाको प्रभावकारी कार्यसम्पादन गर्ने सम्वन्धमा मन्त्री र सचिवहरुलाइ प्रधानमन्त्री देउवाले निर्देशन दिएको उनको प्रेस सल्लाहकार गोबिन्द परियारले जानकारी दिए ।

साना कम्युनिष्ट घटकलाई एकतामा आउन ओलीको आव्हान 
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन बाहिर रहेका साना कम्युनिष्ट घटकलाई एकतामा आउन आह्वान गरेका छन् ।

तुल्सीलाल अमात्यको २५ औँ स्मृति दिवसको अवसरमा आज एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले कम्युनिष्ट पार्टी सिद्धाउने दुष्ट उदेश्य भएका बामपन्थी भन्नेहरु गठबन्धनमा रहेको भन्दै गठबन्धन बाहिर रहेका कम्युनिष्ट बामपन्थी व्यक्तिहरु शक्तिहरुलाई पार्टी एकताका लागि आह्वान गरेका हुन् ।

ओलीले कम्युनिष्ट सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउनेहरु सच्चा बामपन्थी हुनै नसक्ने तर्क गरे । त्यस्तै उनले जनादर्न शर्मामाथिको छानबिन पूर्ण नै नभएको भन्दै गठबन्धनले निर्लज्ज तवरले उनलाई नै अर्थमन्त्री बनाएको बताए ।

करको दर हेरफेरमा व्यक्तिमात्रै नभएर सिंगै सरकार र गठबन्धनको संलग्नता देखिएको उनको भनाई छ । त्यस्तै अध्यक्ष ओलीले वर्तमान सरकारको नेतृत्व गरिरहेको कांग्रेस देशद्रोही पार्टी भएको आरोप लगाए ।

मात्रिकाप्रसाद कोइरालाको नेतृत्वको सरकारले नै ११ साल देखि नै देशको हितबिपरितको सम्झौता हुन सुरु भएको उनले बताए ।मात्रिकाप्रसाद कोइरालाको तत्कालीन सरकारले नै उत्तरी छिमेकी देशको सिमानामा दक्षिणी छिमेकीको फौज लगेर राखेको र स्वाधिवनता बिपरितको काम भएको उनले आरोप लगाए ।

उत्पादनलाई केन्द्रमा राखेर बजेट ल्याइएको छ : अर्थमन्त्री शर्मा
काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले आयातमा भर परेको अर्थतन्त्रलाई आन्तरिक उत्पादनमा बदल्ने उदेश्यका साथ बजेट ल्याइएको बताएका छन् ।

३० औं किसान सहिद दिवस तथा ६९ औं भिमदत्त पन्त स्मृति दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले आन्तरिक उत्पादन बढाउनकै लागि सहुलियतपूर्ण ऋण, किसान पेन्सन लगाएतका योजनाहरु बजेटमार्फत ल्याइएको बताए ।

उनले आत्मनिर्भर हुनका लागि भूमिहिनहरुलाई जमिन उपलव्ध गराउने, पूँजी नहुनेहरुलाई पूँजी उपलव्ध गराउने, औजार नहुनेलाई औजार उपलव्ध गराउदै र श्रमिहरुलाई दक्षता प्रदान गर्नका लागि सरकार प्रतिवद्ध रहेको बताए । मन्त्री शर्माले देशको अर्थतन्त्रलाई सवलिकरण गर्न सवै पक्षबीच हातेमालो गर्दै अघि बढ्नुपर्ने बताए ।

पर्यटन मन्त्रालयका उपसचिव घुससहित पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई घुस सहित रंगेहात पक्राउ गरेको छ । उनी ६ लाख घुस सहित पक्राउ परेका अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताएका छन् ।

उनलाई नक्साल नागपोखरीको एक होटलबाट रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ । पर्यटन व्यवसाय दर्ताका लागि घुस मागेको आरोपमा उनीविरुद्ध अख्तियारमा उजुरी परेको थियो । उजुरीपछि अख्तियारको टोलीले उनलाई घुस सहित पक्राउ गरेको हो ।

शपथसम्बन्धी विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
प्रतिनिधि सभाको आजको बैठकले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ’शपथसम्बन्धी विधेयक २०७९ मा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले प्रस्तुत गरेको  प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो ।

विधेयकको सैद्धान्तिक पक्षमा भएको छलफलमा सांसद डा. भीमबहादुर रावल, दिव्यमणि राजभण्डारी, प्रेम सुवाल, छक्कबहादुर लामा, गजेन्द्र महत, खेमप्रसाद लोहनीले आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उद्योगमन्त्री बडूले सार्वजनिक पद धारणा गरेका व्यक्तिको शपथमा कानुनी शून्यता हुन नदिन शपथसम्बन्धी छुट्टै कानुन आवश्यक भएकाले विधेयक ल्याइएको बताए । छलफलमा सांसदहरूले विधेयक चाँडो पारित गर्न र विधेयकलाई समृद्ध बनाउन दिएका सुझावप्रति उनले आभार प्रकट गरे ।

विप्लव समूहका नेताविरुद्धको पक्राउ पुर्जी फिर्ता गर्न एमालेको माग
प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले नेकपाको विप्लव समूहका नेताहरुलाई जारी गरिएको पक्राउ पुर्जी फिर्ता गर्न माग गरेको छ।

प्रतिनिधिसभाको आजको बैठकको बिशेष समयमा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले विप्लव समूहका नेताहरुलाई थप कारवाही गर्ने खवर आएको भन्दै त्यो साचो हो भने तत्काल कारवाही फिर्ता लिन माग गरे ।

केपी ओलीको सरकारले बिद्रोह गरेको नेकपालाई सहमतिमार्फत शान्तिपूर्ण राजनीतिमा ल्याएको र उक्त सहमति पालना हुनुपर्नेमा जोड दिए ।उनले कारवाहीको नाममा विप्लव समहूलाई पुनः हिंसामा जान दिन नहुने बताए ।

थप ८ सय १४ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा थप ८ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ७ सय ६२ पिसिआर परिक्षणका क्रममा ५ सय ९ जना र २ हजार ६ सय ५३ एन्टीजेन परिक्षणका क्रममा ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै थप २ सय ९९ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा ५ हजार १ सय ४४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ

९० लाख ठगी गरेको आरोपमा महिला पक्राउ
बैंकिङ कसुर मुद्दा अन्तर्गत ९० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपाकिा–३ घर भइ हाल काठमाडौंको पुरानो बानेश्वर बस्ने वर्ष ३५ की माया बस्नेत थापा रहेकी छन् ।

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरबाट पक्राउ अनुमति जारी भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार ललितपुरको बङ्गलामुखीबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाही तथा अनुसन्धानको लागि प्रहरी वृत्त बालाजु पठाइएको छ । साथै बस्नेतले भरतमणि घर्ती मगर समेतका व्यक्तिहरूलाई वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गरेको सम्बन्धमा वैदेशिक रोजगार विभागमा उजुरी परी पक्राउ पुर्जीसमेत जारी भएको प्रहरीले जनाएको छ ।

साफ यू–२० च्याम्पियनसिप : बगंलादेशसँग बराबरीमा रोकियो नेपाल
साफ यू–२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग बराबरी खेलेको छ ।

भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आज भएको खेलमा नेपालले बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलमा सुरुआती अग्रता बंगलादेशले बनाएको थियो ।

खेलको ६३ औं मिनेटमा मोहमद पियास अमहेद नोभाले गोल गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ६८ औं मिनेटमा निरन्जन मल्लले गोल गर्दै नेपाललाई १–१ गोलको बराबरीमा ल्याए ।

यस बराबरीसँगै नेपालले फाइनल पुग्ने सम्भावना कायम राखेको छ ।बंगलादेशले भने फाइनलमा स्थान पक्का गरेको छ । अब नेपालले फाइनल पुग्न भारत र माल्दिभ्सबीचको खेलको नतिजा कुर्नु पर्नेछ । यदि भारतले माल्दिभ्ससँग हार ब्यहोरेमा नेपाल फाइनल पुग्नेछ ।भारतले जित वा बराबरी गरेको खण्डमा नेपाल बाहिरिने छ ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ९ : २८ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने