विप्लव समूहका नेताहरूलाई पक्राउ पुर्जी जारी गरेकोमा एमालेको आपत्ति | Khabarhub Khabarhub

विप्लव समूहका नेताहरूलाई पक्राउ पुर्जी जारी गरेकोमा एमालेको आपत्ति


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले नेकपाको विप्लव समूहका नेताहरूलाई जारी गरिएको पक्राउ पुर्जी फिर्ता गर्न माग गरेको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले विप्लव समूहका नेताहरूलाई थप कारबाही गर्ने खबर आएको भन्दै त्यो साँचो हो भने तत्काल कारबाही फिर्ता लिन माग गरेका हुन् ।

केपी ओलीको सरकारले विद्रोह गरेको नेकपालाई सहमतिमार्फत शान्तिपूर्ण राजनीतिमा ल्याएको र उक्त सहमति पालना हुनुपर्नेमा जोड दिए । उनले कारबाहीको नाममा विप्लव समूहलाई पुनः हिंसामा जान दिन नहुने बताए। भट्टराईले तत्काल नेकपाका नेताहरूमाथिको कारबाही गर्ने कामबाट तत्काल पछि हट्न र उनीहरूलाई काटेको पक्राउ पुर्जी फिर्ता लिन माग गरे।

त्यस्तै माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सरकारसँग गरेको सहमति कार्यान्वयन गर्दै विप्लव समूहका नेताहरूलाई जारी गरिएको पक्राउ पुर्जी फिर्ता लिनुपर्ने बताए।

यसअघि बैठकको शून्य समयमा माओवादी केन्द्रकी सांसद यसोदा गुरुङ सुवेदील विप्लव नेतृत्वको नेकपाका नेताहरूप्रति वारेन्ट जारी गरिएकोमा आपत्ति जनाउँदै सरकारसँग भएको सहमति कार्यान्वयन नभएको बताइन्।

जिल्ला अदालत ललितपुरले पुराना घटनाका सम्बन्धमा विप्लव लगायत नेताहरूमाथि पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ३ : ०१ बजे

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज

उपप्रधानमन्त्री यादव र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र संयुक्त

म्याग्दीको अन्नपूर्णमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा तीनवटा खानेपानी आयोजना निर्माण भएका छन्

इलाममा रास्वपासहित १६ उम्मेदवारको जमानत जफत (सूचीसहित)

इलामा– इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको

इजरायल–हमास युद्धविरामको संकेत

काठमाडौं– ६ महिनाको युद्धपछि इजरायल र हमासबीच दोस्रो युद्धविराम हुनसक्ने