‘मानसिक स्वास्थ्यलाई सामान्य रुपमा लिनु हुँदैन’ « Khabarhub

‘मानसिक स्वास्थ्यलाई सामान्य रुपमा लिनु हुँदैन’



मानसिक स्वास्थ्य एउटा स्वास्थ्यको अभिन्न अङ्ग हो। जसरी शारीरिक रूपमा स्वस्थ रहन आवश्यक पर्दछ त्यसैगरी मानसिक रूपमा पनि स्वस्थ रहनु पर्दछ। सबै स्वास्थ्य समस्यालाई आधार मान्ने हो भने मानसिक स्वास्थ्यले एक तिहाई भागलाई ओगटेको छ। यो समस्या बालबालिकादेखि वृद्धवृदासम्म हुने गरेको छ। यो समस्यालाई विज्ञले दुई प्रकारमा विभाजन गरेका छन्। पहिलादेखि नै एन्जाइटी डिप्रेसन उदासिनता लगायतका समस्या पहिलो स्टेजका मानसिक समस्या हुन्। भने यो बढ्दै जाँदा जटिल खालको मानसिक रोग पनि बन्नसक्छ। तर, राम्रोसँग उपचार गर्ने हो भने यो ठिक हुन्छ। विश्वका रोगी मानिसमध्ये ५ देखि १५ प्रतिशतमा उदासीपनाको समस्या देखिएको छ। उदासीपनाले कस्तो जोखिम निम्त्याउँछ, समाधानका उपाय के के हुन ? यी र यस्तै विषयमा खबरहबका लागि मानसिक रोग विषेशज्ञ डा. पुष्पप्रसाद शर्मासँग विना न्यौपानेले गरेको कुराकानीको संम्पादीत अंश :

मानिसहरूमा उदासिनता धेरै बढेको छ किन होला ?
मानिसहरू यो एउटा समस्या र कमजोरी हो भनेर सोच्नु हुन्छ। तर, यो एउटा रोग हो। समस्या थाहा पाएर पनि परामर्शमा हत्तपत्त नजाने हुनाले यो समस्या पछिसम्म पनि रहन्छ। उदासिनता या डिप्रेसन जे भने पनि एउटै कारणले यो समस्या भएको हुँदैन। वंशाणुगत, मस्तिष्कमा हुने न्युरो ट्रास्मीटरहरुको तलमाथिले गर्दा यो समस्या हुन्छ। दिमाग भित्र भएका विभिन्न किसिमका न्युरो सर्किटको काममा समस्या भएर हुन्छ।

आफैंलाई मलाई यस्तो भएको छ भनेर थाहा पाउन सकिँदैन ?
डिप्रेसनमा त आफूलाई थाह हुन्छ। तर, यो मानसिक स्वास्थ्य गडबड हुँदा चाहिँ आफूले भन्दा पनि वरिपरिको मान्छेले बढी विचार गरेका हुन्छन्। त्यसैले वरिपरिबाट कसैले तिमीमा यस्तो परिवर्तन आएको छ भनेर कसैले भनेमा उनीहरूको प्रतिक्रिया सुन्नु पर्दछ।

नजिकै छ तर चिनजानै नहुने अवस्थामा के गर्ने ?
कार्यलयमा काम गरिरहेको छ। तर, त्यहाँ चिनजान नै भएन भने त त्यहाँ सामाजिक सहयोग सञ्जालको कमी देखियो। तर, कार्यालय भनेको खाली काम गर्ने मात्र भन्ने हाम्रो सोचाई भयो। कार्यालयबाट हुनसक्ने मानसिक स्वास्थ्यको बारेमा खोइ हामीले कुरा गरेको ? त्यसैले कार्यालयमा एक अर्कामा सहयोगको भावना, कार्यालयका हाकिमबाट अरू कर्मचारीसँग हुने सम्बन्ध, बीचबीचमा हुने भेटघाट र छलफल महत्त्वपूर्ण भूमिका रहेका हुन्छ। किनकी हामीले घरमा भन्दा पनि कार्यालयमा बढी समय बिताएका हुन्छौँ।

घरमा भन्दा पनि कार्यालयमा दिनभर बस्नुपर्छ। यस्तो अवस्थामा मानसिक स्वास्थ्यको जोखिमबाट बच्न के गर्न सकिन्छ ?
हरेक कार्यालयमा पनि एउटा चेतनामूलक कार्यक्रम गरेर मानसिक समस्या भनेको यो हो यदि तपाईंहरू कसैलाई यो समस्या छ भने भन्नुहोस्, हामी तपाईंलाई सहयोग गर्दछौँ भनेर भन्नुपर्छ। खाजा खाँदासँगै सबैजना सँगै बसेर खाने चाडपर्व आउँदा कमसेकम आधा घण्टा जतिसँगै बसेर केही कुराको आदानप्रदान गर्ने। यान्त्रिक रूपमा अफिस आयो, यान्त्रिक रूपमा काम सक्यो र यान्त्रिक रूपमा नै घर गयो। यसरी दैनिक ८÷९ घण्टा बिताउँदा समस्या देखा पर्दछ।

समयमा नै उपचार गरेनौँ भने के समस्या आउँछ ?
मानसिक समस्या हुने बित्तिकै व्यक्तिको कार्यक्षमतामा ह्रास आइसकेको हुन्छ। कार्यक्षमतामा ह्रास आइसकेपछि कार्यालयमा असर गर्दछ। यसले सिङ्गो समाजमा असर पार्दछ। त्यसपछि समग्र राष्ट्रमा नै असर पर्दछ। बाहिर मान्छे राम्रो छ। तर, यो कुरालाई चाँडै सम्बोधन भएन भने आत्महत्याको बाटो रोज्छ। यसको मुख्य कारण भनेको नै डिप्रेसन हो।

यसको उपचार कसरी गर्न सकिन्छ ?
व्यक्तिमा नै मलाई यो समस्या छ भनेर सम्बन्धित व्यक्ति डाक्टरहरू समक्ष जाने र उहाँहरूले उसको अवस्था हेरेर कहिले सुरु भयो, परिवारसँगको अवस्था कस्तो छ भनेर थाहा पाएर मात्र औषधि दिनुहुन्छ। औषधि दिएर उपचार गर्ने विधि एउटा हो। त्यसपछि साइकोथेरापी गर्ने विधिहरू छन्। औषधि नदिई उपचार गर्ने विधि पनि छन्। एकदमै मान्छे आत्महत्या नै गर्न लागेको छ भने इ सी टी दिन्छौँ ताकी उसमा त्यो आत्महत्याको विचार तुरुन्तै जाओस् भनेर । त्यसको लागि धेरै परामर्श पनि दिनुपर्छ।

मानसिक समस्या नआओस् भनेर घर परिवार तथा साथी भाइको कस्तो भूमिका रहनु पर्दछ ?
हामी सबैको शारीरिक स्वास्थ्यसँगसँगै मानसिक स्वास्थ्य पनि छ। त्यसैले तिमीलाई पेट दुख्यो भने जस्तै तिमीमा मानसिक समस्या छ भन्ने कुरालाई सामान्य ढंगले लिनुपर्छ। सबैभन्दा पहिला यो समस्या सहज हुनुपर्योे। मलाई यो समस्या भयो सहयोग गर भन्न सक्नुपर्दछ। सबै भन्दा नजिक साथीभाइसँग हुने भएकाले सबै कुरा खुलेर भन्ने र सुन्ने गर्नुपर्छ। जसले पछि आउनसक्ने जोखिम न्युनिकरण गर्छ। यसमा सम्बन्धले ठूलो भूमिका खेलेको हुन्छ।

कतिपयले घरमा बस्दा केही हुँदैन, तर, काम गर्ने ठाउँमा पुगेपछि काम गर्न मन लाग्दैन भन्नुहुन्छ, किन हुन्छ यस्तो ?
उसको त्यहाँ काम गर्ने ठाउँमा समस्या हुनसक्छ। कि त एउटै पोस्टमा काम गरिरहेको हुन सक्छ कि त्यहाँ उसलाई अरूले राम्रो दृष्टिले नहेरेको हुनसक्छ। या उ आफै डिप्रेशनमा गएको छ। पछिल्लो समय डब्ल्युएचओले काम गर्ने ठाउँबाट आउने मानसिक समस्या धेरै आए भनेको छ। त्यसको कारण भनेको काम गर्ने ठाउँमा नै धेरै समय बिताउँछौँ। त्यो त मेरो काम गर्ने ठाउँ हो जे भए पनि हुन्छ भन्ने खालको सोच पहिलादेखि नै पाल्नु हुँदैन। काम गर्ने ठाउँलाई एकदमै आनन्दपूर्ण वातावरण बनाउनु पर्दछ।

यो समस्या आउन नदिन के के गर्न सकिन्छ ?
जुन कुरा हामीले शारीरिक स्वास्थ्यको लागि भन्छौँ जीवनस्तर परिवर्तन उतिकै महत्त्वपूर्ण हुन्छ। यो मानसिक स्वास्थ्यको लागि जाँड रक्सी नखाने चुरोट नखाने, शारीरिक व्यायाम गर्ने, एक अर्काबीच अन्तरसम्बन्ध राम्रो राखौँ। अरूलाई तनाव हुने काम नगरौँ, किनभने भोलि आफैलाई त्यो तनाव नहोस्। मानसिक स्वास्थ्यलाई यो सामान्य हो भनेर नलिऔँ। हामी समाजका अगुवाले जति शारीरिक स्वास्थ्यलाई ध्यान दिन्छौँ त्यति नै ध्यान मानसिक स्वास्थ्यलाई दिनु पर्दछ। प्रस्तुतिः पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ७ : ११ बजे

दिउसो १ बजेसम्मका मुख्य १० समाचार

काठमाडौँ : बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक

सभामुख सापकोटा र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

काठमाडौँ- नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सभामुख अग्निप्रसाद सापकोटासँग

लमजुङमा दुई मेगावाटको सौर्य ऊर्जा उत्पादन हुने

लमजुङ- लमजुङमा दुई मेगावाटको सौर्य ऊर्जा उत्पादन हुने भएको छ

बैतडीमा पेट्रोलियम पदार्थको अवैध कारोबार 

बैतडी- बैतडीमा एक सयभन्दा बढी व्यापारीहरू नियम विपरीत डिजेल र

 दूधले उचित मूल्य नपाउँदा किसान चिन्तित

भोजपुर– उत्पादित दूधले उचित मूल्य नपाउँदा भोजपुरका किसान चिन्तामा परेका