बाढीले पोल ढालेपछि विद्युत् आपूर्ति ठप्प | Khabarhub Khabarhub

बाढीले पोल ढालेपछि विद्युत् आपूर्ति ठप्प


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर–  उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ स्थित लोहाले खोलाको बाढीले पोल ढालेपछि गाईघाट पूर्वका दर्जनौँ गाउँमा विद्युत् सेवा ठप्प भएको छ ।
गाईघाटस्थित विद्युत् प्राधिकरण कार्यालयले तत्काल पोल गाडेर सेवा सुचारु गर्न आनाकानी गरेपछि त्यस क्षेत्रका  सर्वसाधारण अँध्यारोमा बस्न बाध्य भएका छन् ।
विद्युत् आपूर्ति नियमित नहुँदा कतिपय सरकारी कार्यालयहरूमा सर्वसाधारणको काम रोकिएको मात्र छैन खानेपानी, छापाखाना, उद्योग व्यवसाय सबै तिरको दैनिक कामकाज प्रभावित बनेको छ । शनिवार पोल ढलेर विद्युत् सेवा अवरुद्ध भएको करिब १५ घण्टा बितिसक्दा पनि पुन पोल गाडेर बिजुली सेवा प्रवाह गर्नमा प्राधिकरणका कर्मचारीहरूको खासै चासो नदेखिएको त्रियुगा नगरपालिका वडा नम्बर २ का अध्यक्ष घमानसिंह खत्रीले जानकारी दिए ।
पोल ढलेर विद्युत् सेवा विच्छेद भएपछि त्रियुगा नगरपालिकाका वडा नम्बर १, २ र चोदण्डिगढी नगरपालिकाका वडा नम्बर ५, ९ र १० मा शनिवार बिहानैदेखि विद्युत् सेवा अवरुद्ध भएको छ ।
विद्युत् प्राधिकरण गाईघाट शाखाका कर्मचारीहरूको गैर जिम्मेवार प्रवृत्तिका कारण आम उपभोक्ताले सास्ती खेप्नु परेको चौदण्डिगढी नगरपालिका वडा नं १० का वडा अध्यक्ष धर्मराज खड्काले बताए ।
गाईघाटस्थित विद्युत् प्राधिकरणका निमित्त कार्यालय प्रमुख इन्जिनियर सत्यनारायण साहसँग सम्पर्क गर्दा धेरैतिर बाढीले क्षति पुर्‍याएकोले मर्मत सम्भार गर्दागर्दै नभ्याइएकाले त्यस क्षेत्रमा पनि काम भई रहेको जानकारी दिए ।जोगिदहको धनगढी तिरको भने पोल ठड्याउन केही समय लाग्ने जानकारी दिए ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ९ : ११ बजे

सहकारीबाट बचतकर्ताको रकम फिर्ता नगर्नेलाई कारबाही गर्छु : गृहमन्त्री 

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीबाट बचतकर्ताको रकम फिर्ता

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा प्रकाश सपुत अनुबन्ध

काठमाडौं– चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत

डेढ केजी अवैध सुन किनबेच गर्दागर्दै समातियो नेपाली र भारतीय गिरोह

अवैध सुनको कारोबार भइरहेको सूचना पाएपछि सक्रिय भएको उपत्यका अपराध

प्राधिकरणले काटेको बिजुली जोड्दै हर्क साम्पाङले भने– पोलको पैसा तिर

सुनसरी- नगरपालिकाले सडक बत्तीको महसुल नबुझाएको भन्दै विद्युत प्राधिकरणले ताकेता

सोलुखुम्बुमा सरकारी जग्गा बिक्री गर्ने १० जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार