माओवादी विद्यार्थी संगठन फुटयो, पवन कार्कीको नेतृत्वमा आयोजक समिति « Khabarhub

माओवादी विद्यार्थी संगठन फुटयो, पवन कार्कीको नेतृत्वमा आयोजक समिति


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लामो विवादमा फसेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अन्ततः विभाजन भएको छ ।

अध्यक्ष पञ्चा सिंहले संगठनमा एकलौटी गरेको भन्दै उपाध्यक्ष पवन कार्कीको नेतृत्वमा अलग्गै समानान्तर समिति घोषणा गरेसँगै सो संगठन विभाजन भएको हो ।

‘अध्यक्षज्यूको समुहले विधान विपरित पदाधिकारी तथा केन्द्रिय समितिको संख्या थपे पछि हामीले आपत्ति जनाउँदै आएका थियौं तर उहाँले कुनै अनुरोध मान्नु भएन,’ असन्तुष्ट समुहका उपदेश यादवले भने, ‘संगठनलाई विधान बमोजिम अघि बढाउनका लागि हामीले १ सय ९९ सदस्यीय आयोजक समिति निर्माण गरेका हौं ।’ उनका अनुसार सो आयोजक समितिले संगठनलाई विधान बमोजिम काम कारवाही गराउन र सम्मेलनको तयारी गर्नेछ ।

बानेश्वरस्थित नेपाल कमर्श क्याम्पसबाट घोषणा हुने उक्त नयाँ कमिटीमा असन्तुष्ट पक्षका देशैभरीका विद्यार्थी नेताहरूको समर्थन रहेको यादवले दाबी गरेका छन ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ११ : ३९ बजे

दाङमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

दाङ– दाङमा अर्जुन खोला र मसोट खोलाको दोभानमा पौडी खेल्ने

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियाेसहित)

काठमाडाैँ- आज दिनभर शिक्षाको बिकासका लागि बजेट कम हुन नदिने

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, नागरिकता विधेयकको विषयमा छलफल

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको

जिल्ला प्रहरी कार्यालय लमजुङको परिसरभित्र बौद्ध चैत्य

लमजुङ– जिल्ला प्रहरी कार्यालय लमजुङको परिसरभित्र बौद्ध चैत्य निर्माण गरिएको

रचनात्मक विद्रोह गर्न शेखर कोइरालालाई युवाहरूको सुझाव

काठमाडौं– नेपाली कांग्रेसका युवा नेताहरूले शेखर कोइराला समूहलाई रचनात्मक विद्रोह