किसानलाई ३५ हजार माछाका भुरा वितरण | Khabarhub Khabarhub

किसानलाई ३५ हजार माछाका भुरा वितरण


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वालिङ – मत्स्य विकास केन्द्र मिर्मीले दुई पालिकाका किसानलाई ३५ हजार माछाका भुरा वितरण गरेको छ । स्याङ्जाको वालिङ र पुतलीबजार नगरपालिकाका किसानलाई माछाका भुरा वितरण गरिएको हो ।

किसानको मागका आधारमा माछाका भुरा वितरण गरिएको केन्द्रका प्रमुख रविनसन अधिकारीले जानकारी दिए । गण्डकी प्रदेशका ११ वटै जिल्ला कार्यक्षेत्र रहेको सो केन्द्रले पहिलो चरणमा स्याङ्जामा भुरा वितरण गरेको हो । उनले भने, ‘केन्द्रको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत भुरा उपलब्ध गराएका हौँ ।’

वालिङ नगरपालिकामा १९ माछापालक फार्मका किसानलाई १६ हजार माछाका भुरा वितरण गरिएको पशु शाखा वालिङका प्रमुख डा वसन्त अधिकारीले बताए । पोखरीको क्षमता हेरेर विभिन्न जातका माछाका भुरा उपलब्ध गराएको उनको भनाइ छ । ‘यसले व्यावसायिक उत्पादनमा जोड दिँदै माछामा आत्मनिर्भर बनाउने अभियानमा सहयोग पुग्ने छ ।’

केन्द्रले बिग हेड कार्प, सिल्भर कार्प, रोहु, नैनी जातका माछाका भुरा वितरण गरेको हो । माछापालन पछिल्लो समय व्यावसायिकरूपमा अगाडि बढेको वालिङ नगर उपप्रमुख कल्पना तिवारीले बताए । ‘माछापालनतर्फ किसानको आकर्षण बढ्दै गएको छ, वालिङमा आवश्यक पर्ने माछा यहीँ उत्पादन गर्न सकिन्छ’, उनले भने ।

व्यावसायिक उत्पादनका लागि नगरपालिकाले यहाँका किसानलाई अनुदान तथा प्राविधिक सहयोग उपलब्ध गराउनुका साथै उत्पादित वस्तुको बजारीकरणका लागि पनि आवश्यक सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ८ : ५९ बजे

कांग्रेससँग छलफल सकेर प्रधानमन्त्री पेरिसडाँडामा 

काठमाडौं– सदन खुलाउने विषयमा कांग्रेस नेताहरूसँग छलफल गरेर प्रधानमन्त्री कोटेश्वर

मधेस प्रदेशमा साना दल ‘निर्णायक’ हुँदा ठूला दल निरीह

जनकपुरधाम — मधेश प्रदेश सरकारबाट हटेका नेकपा (माओवादी केन्द्र) र

आवश्यकताका आधारमा समाजवादी कार्यक्रम अघि सार्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले

टेक्सासमा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या सात पुग्यो

काठमाडौं – टेक्सासको ह्युस्टन सहरमा खराब मौसमसँगै आएको आँधीका कारण

वार्ता सकारात्मक, दुई-तीन वटा ड्राफ्टका विषयमा छलफल भयो : प्रधानमन्त्री सचिवालय 

काठमाडौं– अवरुद्ध संसद् खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग गरेको