स्व. पत्रकार विश्वकर्माको परिवारलाई एक लाख सहयोग | Khabarhub Khabarhub

स्व. पत्रकार विश्वकर्माको परिवारलाई एक लाख सहयोग


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्व पत्रकार लालबहादुर (एलबी) विश्वकर्माको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरिएको छ ।

श्रमजीवी पत्रकार सङ्घ नेपालको पहलमा टिभी टुडे टेलिभिजनको व्यवस्थापन पक्षले एक लाख स्व पत्रकार विश्वकर्माकी श्रीमती निर्मला विकका नाममा रहेको नबिल बैंकको खातामा जम्मा गरेको छ ।

टेलिभिजनले यसअघि विश्वकर्माको कीरिया खर्चवापत २१ हजार रुपैयाँ उपलब्ध गराएको थियो । टिभी टुडेमा कार्यरत विश्वकर्माको यही माघ ५ गते राति ललितपुरस्थित पाटन अस्पतालमा निधन भएको थियो ।

पत्रकार विश्वकर्मालाई सुरुमा उपचारका लागि नयाँबानेश्वरस्थित सिभिल अस्पताल पुर्‍याइएको थियो । रकम अभावका कारण विश्वकर्मालाई त्यहाँबाट फर्काइएको उनको आरोप छ । पत्रकार सङ्घ–सङ्गठनले समयमै उपचार नपाएर ज्यान गुमाएका पत्रकार विश्वकर्माको घटनाको न्यायिक छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै आएका छन् । अछामको रामारोशन घर भएका २६ वर्षीय स्व विश्वकर्माका श्रीमती र तीन वर्षीय छोरा छन् ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ११ : ०० बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड