पानी सफा गर्ने क्रममा हालिएको विषादीले दुर्गन्ध फैलियो | Khabarhub Khabarhub

पानी सफा गर्ने क्रममा हालिएको विषादीले दुर्गन्ध फैलियो


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीको चन्द्रनगर गाउँपालिका–६ स्थित नाढीमन ताल वरपर  पानी सफा गर्ने क्रममा हालिएको विषादीले दुर्गन्ध फैलिएको छ ।  यसले स्थानीयवासीको स्वास्थ्यलाई  समस्या समेत परेको जनाइएको छ ।  

पानी फोहर भएको जनाउँदै  माछा ठेकेदार दुलार मुखियालले करिब १० दिनअघि त्यस क्षेत्रमा विषादी छर्केका थिए । यसपछि ताल वरपर निकै दुर्गन्ध फैलिएको स्थानीय कपिल कापरले गुनासो गरे । दुर्गन्धका कारण स्थानीयमा वान्ता भइरहने र टाउको दुख्नेजस्ता स्वास्थ्य समस्या देखापरेको उनको भनाइ छ ।

सो गाउँपालिकाले नाढीमन तालमा माछापालनका लागि ठेकेदारलाई छ करोड २९ लाखमा पाँच वर्षका लागि ठेक्का दिएको छ । सो ठेक्काको अवधि आगामी वैशाख दोस्रो साता सकिने जनाइएको छ । पानी फोहर भएपछि सफा गर्नका लागि विषादी हालेको ठेकेदार मुखियाले बताए । 

जनकपुरलगायतका स्थानमा पनि यसरी पानी सफा गर्न विषादी हाल्ने गरिएकाले विषादी प्रयोग गरिएको उनले जानकारी दिए । गाउँपालिकाले तालमा डुंगा चलाउँदा माछा मर्ने गरेको, छेउछाउमा मदिरा खाएर बोतल जथाभावी फाल्दा माछा मार्ने गरेको  बाढी आएर माछा बगाउने गरेको र  कहिलेकाहीँ माछा नै चोरी हुने गरेकोजस्ता उनले दुःखेसो गरे ।

  दिनप्रतिदिन विषादीको गन्ध विस्तारै कम हुँदै गएको उनले बताए । बाउन्न बिघा क्षेत्रफलमा फैलिएको नाढीमन ताल दिनप्रतिदिन अतिक्रमणको चपेटामा परेको छ भने प्राकृतिक ताल दिनप्रतिदिन मानवीय हस्तक्षेपको चपेटामा परिरहेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  १ : ५८ बजे

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते विश्वासको

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक बस्दैछ। बैठक दिउँसो सवा १

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं- नेपाली कांग्रेसले आज बिहान बस्ने गरि संसदीय कार्यसमिति र

जबरजस्ती करणीको जाहेरी परेपछि फरार एमाले नेता विदुर शर्मा

काठमाडौं– नेकपा एमाले दोलखाका नेता विदुर शर्मा फरार भएका छन्।

विश्वकपअघि नेपालले अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने

काठमाडौं– नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग अभ्यास खेल