भक्तपुरमा अपराधका घट्ना बढ्दै  | Khabarhub Khabarhub

भक्तपुरमा अपराधका घट्ना बढ्दै 


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरमा गतवर्षको तुलनामा अपराधको घट्ना बढ्दै गएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरमा आर्थिक वर्ष २०७८/७९ मा भएका विभिन्न अपराधका घटनाबारे जानकारी दिँदै परिसर प्रमुख एवं प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले भक्तपुरमा अपराधको घट्ना विगतका वर्षमा भन्दा बढेको बताए ।

प्रहरी उपरीक्षक श्रेष्ठले भने, ‘आर्थिक वर्ष २०७६/७७ मा ६५२ अपराधका घटना भएको भक्तपुरमा आव २०७७/७८ मा ५६५ वटा थियो, तर आव २०७८/७९ मा घट्ना बढेर असार मसान्तसम्म ८३२ वटा पुगेको छ, अपराधसँगै चुनौती थपिएका छन् ।’

प्रहरी परिसर भक्तपुरले आव २०७८/७९ मा ६६० वटा अपराधका घटना घट्ने अनुमान गरेकोमा अनुमान भन्दा घटना बढी भएको उनको भनाइ थियो । भक्तपुरमा बलात्कार, हत्या, चोरी, ठगी, चेक बाउन्स, लागूऔषध कारोबार तथा सेवन बढेको पाइएको छ । यहाँ घटेका अपराधमध्ये १४ दशमलव ६६ प्रतिशत घट्ना महिला तथा बालबालिकासम्बन्धी रहेको उनले जानकारी दिए। 

एक वर्षमा भक्तपुरमा बैंकिङ कसूरमा २४७, चोरीमा ९७, अभद्र व्यवहारमा ७०, झुन्डिएर मृत्युमा ६०, भवितव्य ज्यान ५२, लागू औषधमा ४२, जबर्जस्ती करणीमा ४०, सवारी ज्यानमा ३१, ज्यान मार्ने उद्योग १९, विष सेवनमा १७, बहुविवाहमा १२, ठगीमा ११, जबर्जस्ती करणी उद्योगमा नौ, कर्तव्य ज्यानमा सात, मानव बेचबिखनमा सात, आत्महत्या दुरुत्साहनमा सात, बाल यौन दुर्व्यवहारमा चार, मुद्रासम्बन्धी कसूरमा चार, चोरी उद्योगमा तीन मुद्दा दर्ता भएका छन् ।

त्यस्तै सवारी अङ्गभङ्गमा तीन, गम्भीर उत्तेजनामा कुटपिट गरेकोमा तीन, ज्येष्ठ नागरिकसम्बन्धी कसूरमा दुई, आपराधिक उपद्रोमा दुई, सङ्क्रमण रोग फैलाउनेमा दुई, विस्फोटक पदार्थमा एक, बैंकिङ तथा वित्तीय कसूरमा एक, अपहरणमा एक, नागरिकतासम्बन्धी कसूरमा एक, गर्भ संरक्षकसम्बन्धी कसूरमा एक, बालबालिकासम्बन्धी कसूरमा एक र जातीय भेद्भाव तथा छुवाछुतमा एक गरी कूल ८३२ वटा मुद्दा दर्ता भएको  उनले जानकारी दिए ।

यी घटनामा एक हजार ६ जना अभियुक्त रहेकामध्ये ७४५ जना पक्राउ परे पनि २६३ जना अझै फरार रहेका छन् । परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजु पाण्डेले अपराधमा कूल घट्ना र अभियुक्तमध्ये ७४ दशमलव ५ प्रतिशत, बैंकिङ कसूरमा २१ दशमलव ५ प्रतिशत र अन्यमा ९१ दशमलव तीन प्रतिशत अभियुक्त पक्राउ परेको जानकारी दिए ।  प्रहरी उपरीक्षक श्रेष्ठले धेरै घटनाको कारण लागूऔषधनै रहेको बताए ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  २ : ४२ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर