विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज असार १७, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई ०१, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

संयुक्त राष्ट्रसंघ–सिरियाली युद्धमा ३ लाख बढीले गुमाए ज्यान

एक दशकको सिरियाली द्वन्द्वमा तीन लाखभन्दा बढीको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सिरियामा एक दशकमा ३ लाख भन्दा बढी नागरिकको मृत्यु भएको पाइएको छ ।संयुक्त राष्ट्रसंघको अनुसार, सन् २०११ मा सुरु भएको गृहयुद्धमा यो आकर्डा द्वन्द्व–सम्बन्धित मृत्युको सबैभन्दा उच्च रहेको अनुमान’ गरिएको छ ।

संयुक्त राष्ट्र मानव अधिकार परिषद्द्वारा जारी गरिएको विस्तृत रिपोर्ट अनुसार, एक दशकको समयावधिमा सन् २०२१ सम्म हरेक दिन ९ महिला र १८ बालबालिका गरी ८३ सर्वसाधारणको मृत्यु भएको पुष्टि भएको छ ।

यी ३ लाख ६ हजार ८ सय ८७ नागरिकहरूका हत्याको कारण उनीहरूसँग सम्बन्धित परिवार र समुदायमा गहिरो प्रभाव पारेको थियो।, मानव अधिकारको लागि संयुक्त राष्ट्रका उच्च आयुक्त मिशेल बाचेलेटले जानकारी दिए।

व्यक्तिगत रूपमा विभिन्न स्रोतहरूद्वारा मृतकको पूरा नाम, मिति र मृत्युको स्थान समावेश गरी विस्तृत जानकारीको साथ दस्तावेज गरिएको यस प्रतिवेदनले १ लाख ४३ हजार ३ सय ५० नागरिकको मृत्युलाई उद्धृत गरेको छ ।

परिवारहरूले युद्धमा मृतकको बारे अधिकारीहरूलाई सूचित नगरेकाहरूको जानकारी भने संयुक्त राष्ट्रको प्रतिवेदनमा समावेश गरिएको छैन । साथै यसले सैनिक र लडाकुहरूको मृत्यु पनि समावेश गरेको छैन तर तिनीहरूको संख्या हजारौँमा रहेको विश्वास गरिन्छ।

इग्नाटोवा टप एफबीआइको १० मस्ट वान्टेड सुचीमा

मिसिङ्ग क्रिप्टोक्वीन ’ भनेर चिनिने रुजा इग्नाटोवालाई एफबीआइको टप १० मस्ट वान्टेड सुचीमा समावेश गरिएको छ । करिब ४० वर्षीया बुल्गेरियन महिलालाई वानकोइन नामक क्रिप्टोकरेनसी घोटालाको अभियुक्त स्वरुप वान्टेड सुचीमा राखिएको हो ।

बिहिबार प्रकाशित एक सुचनामा इग्नाटोवाको पक्राउसँग सम्बन्धित कुनै पनि जानकारीबारे ब्युरोले १ लाख अमेरिकी डलरको पुरस्कार घोषणा गरिएको छ । अन्य सुरक्षा तथा तारसम्बन्धी पनि धोखाधडी गरेकी इग्नाटोवा एफबीआईको टप १० मस्ट वान्टेड सुचीमा पर्ने एक मात्र महिला हुन् ।

फरार अभियुक्तले क्रिप्टोकरेन्सीको बहानामा करिब ४ अरब अमेरिकी डलर बराबरको ठगीको आरोप लागेको फेडेरल अन्वेषकहरूको भनाइ छ ।

सन् २०१७ मा इग्नाटोवाविरुद्ध अमेरिकी अधिकारीहरुले पक्राउ पत्र जारी गरी अन्वेषकले पक्राउ कार्य सुरु गरेसँगै उनी फरार भएकी थिइन् । सन् २०१४ मा इग्नाटोवाद्धारा आत्म–वर्णन गरिएको वानकोइन नामक एक क्रिप्टोकरेन्सीले उपभोक्तालाई किनेर अर्को मानिसलाई बेचे बापतको कमिसन दिन सुरु गरेको थियो ।

तर अन्य क्रिप्टोकरेन्सी जस्तै वानकोइन बल्कचेन प्रविधिबाट सुरक्षित नगरिएको र बेकार भएको एफबीआई अधिकारीहरुको भनाइ छ । फेडेरल अभियोजकहरुका अनुसार क्रिप्टोकरेन्सीका नाममा केवल एउटा पोन्जी स्किम सञ्चालन भएको थियो ।

उनले क्रिप्टोकरेन्सीको सुरुवाती दिनको अनुमान गर्दै चतुराइ पूर्वक आफ्नो स्किमलाई सुरु गरेको देखिन्छ । ’, फेडेरलका वरिष्ठ अभियोजक डेमियन विलियम्सले अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीलाई जानकारी दिइन् ।

इरानमा कार दुर्घटनामा १० जनाको मृत्यु

इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान र बलुचेस्तानमा भएको कार दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ । सो घटनाबारे सरकारी समाचार एजेन्सी इरनाले शुक्रबार जानकारी गराएको हो ।

बिहीबार राति भएको दुर्घटनामा कोनारकदेखि निक्शहर सडकमा दुईवटा कार ठोक्किएर आगलागी हुँदा अन्य दुईजना घाइते भएको इरान शहर युनिभर्सिटी अफ मेडिकल साइन्सेसका आपतकालीन सेवाका अधिकारी रेजे अरबाबी नसराले इर्नालाई बताएका छन्। घाइतेहरूलाई उपचारका लागि चाबहार इमाम अली अस्पताल लगिएको उनले जनाकारी दिएका छन् ।

क्यानडामा मङ्की पक्सका २७८ बिरामी

क्यानडाका प्रमुख जनस्वास्थ्य अधिकारी थेरेसा ट्यामले बिहीबार जुन २९ सम्म देशमा कुल २७८ जनामा मङ्की पक्सबाट सङ्क्रमित भएको पुष्टि गरेकी छिन् ।

ब्रिटिश कोलम्बियाका चार, अल्बर्टाबाट पाँच, ओन्टारियोबाट ६७ र क्युबेकका २०२ सङ्क्रमणका घटनाहरू  दर्ता  भएको वरिष्ठ चिकित्सक ट्यामले जनाएकी छिन् । मङ्की पक्स भाइरसको जोखिमको जोखिम कुनै समूहमा मात्र नभएर यसको शिकार जो कोही पनि हुनसक्ने  बताइएको छ ।

उनले भनिन्– जुन कुनै लिङ्ग, उमेर समूको व्यक्ति पनि सहजै सङ्क्रमित हुनसक्ने उनले जनाएकी छिन् । ट्यामका अनुसार अधिकाङ्श सङ्क्रमितहरू २० देखी ६९  उमेर समूह भित्रका छन् ।

यो रोग सामान्यतया मध्य र पश्चिम अफ्रिकाको जङ्गली भागहरूमा पाइएको थियो।

ओडेसा क्षेत्रमा रुसी मिसाइल १८ जनाको मृत्यु

रुसले युक्रेनको दक्षिणी क्षेत्र ओडेसामा मिसाइल प्रहार गरेसँगै १८ जना मानिसको र्मत्यु भएको छ । ओडेसाको सेरहियिभका गाँउमा बिहिबार राति भएको मिसाइल आक्रमणका कारण १८ जानले ज्याने गुमाएको र ३० जना घाइते भएको युक्रेनी अधिकारीहरूले जानकारी गराएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यम डीएसएनएसका अनुसार सेरहियिभमा बिहीबार राति १० बजे मिसाइल आक्रमण भएको हो ।

गाँउको रिक्रिएसन सेन्टरमा भएको अर्को मिसाइल आक्रमणका कारण २ जनाको मृत्यु भएको छ । विगत केहि दिनमा रुसले यूक्रेनका सहरहरुमा दर्जनौँ मिसाइल प्रहार गरिसकेको छ । डीएसएनएसले सार्वजनिक गरेको भिडियो फुटेजमा क्षतिग्रस्त ९ तले भवनमा आगो नियन्त्रकहरू उद्धारमा खटिरहेको देखिन्छ ।

रुसी युद्धविमानबाट कृष्ण सागरमा मिसाइल प्रक्षेपण गरिएको ओडेसा क्षेत्रीय प्रशासन प्रवक्ता सेरी ब्राचुकले जानकारी गराए । राति गरिएको आक्रमणमा सोभियत–एरा एक्स–२२ प्रहार गरिएको प्रवक्ता ब्राचुकले आशंका गरेका छन् । मोस्कोले भने सो विषयमा कुनै टिपणी गरेको छैन ।

रुस र इन्डोनेसियाका राष्ट्रपतिबीच युक्रेनबारे वार्ता

युक्रेनको पछिल्लो अवस्था र खाद्य आपूर्तिका विषयमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोबीच भेटवार्ता भएको छ ।रुसको मस्कोमा बिहीबार उनीहरुबीच भएको भेटवार्ताका क्रममा सो विषयमा कुराकानी भएको थियो ।

पछिल्लो समयमा विश्वमा नै खाद्यान्नको अभाव भएका समाचारहरु आइरहेका छन् । रुस र युक्रेनका बीचमा युद्ध सुरु भएपछि विश्वमा खाद्यान्न अभाव भएको बताइएको छ । खाद्यान्न आपूर्ति प्रणालीमा आएको असन्तुलनका कारण खाद्यान्न अभाव भएको बताइएको छ ।

साथै बिहीबारको उनीहरुको वार्ताका क्रममा कृषि मलको आपूर्तिका विषयमा पनि कुराकानी भएको समाचारमा जनाइएको छ । त्यस वार्ताका क्रममा रुसी राष्ट्रपति पुटिनले आगामी दिनमा रुसले छिमेकी देश तथा इन्डोनेसियाका लागि आवश्यक पर्ने कृषि मल उपलब्ध गराउने बताउनुभएको क्रेमलिनले जानकारी दिएको छ ।

उनले रुस र युक्रेनको पछिल्लो अवस्थाका बारेमा त्यस अवसरमा जनकारी गराउनुभएको बताइएको छ । उता अर्काे एक समाचारमा युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलिन्स्किीले भने रुससँग लड्नका लागि आवश्यक सहयोग उपलब्ध गराउन नेटो राष्ट्रहरुलाई आग्रह गरेका छन् ।

उनले नेटोको सम्मेलनलाई हालै सम्बोधन गर्दै युक्रेनका लागि प्रति महिना कम्तीमा पनि पाँच अर्ब अमेरिकी डलर सहयोग आवश्यक रहेको बताएका थिए।

अफ्रिकाका १२ देशमा मङ्की पक्स सङ्क्रमण : सीडीसी

अफ्रिकाका १२ देशहरूमा हालसम्म मङ्की पक्स सङ्क्रमण एक हजार ७८२ जनामा भेटिएको अफ्रिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी) ले शुक्रबार जनाएको छ ।

अफ्रिका सीडीसीका कार्यकारी निर्देशक अहमद ओगवेलका अनुसार अफ्रिकामा रिपोर्ट गरिएका एक हजार ७८२ विरामीमध्ये १०४ जनामा मङ्की पक्स सङ्क्रमण पुष्टि भएको र उक हजार ६७८ शंकास्पद सङ्क्रमित रहेका छन् ।

बेनिन, मोरक्को र दक्षिण अफ्रिका यस सङ्क्रमणको महामारी नदेखिएका मुलुक हुन् भने अन्य सदस्य राष्ट्रमा सङ्क्रमितको सङ्ख्या बढेको पाइएको छ ।

“दुःखको कुरा, मङ्की पक्सको प्रकोपले गर्दा यस महादेशमा ७३ जनाको मृत्यु भएको छ र मृत्यु दर ४.१ प्रतिशत पुगेको छ,” सीडीसीका कार्यकारी निर्देशकले बताए।

पहिले कुनै घटना नभएका  देशहरू इथियोपिया, गिनी, लाइबेरिया, मोजाम्बिक, सिएरा लियोन, सुडान र युगान्डामा पनि सङ्क्रमित भेटिएका विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ७ : ५८ बजे

हर्क साम्पाङ र पूर्वप्रतिनिधिबीच वाकयुद्ध : कागजको बाघ !

सुनसरी- एसियाली विकास बैंक (एडीबी) को ऋण तथा अनुदानमा सञ्चालित

आईपीएल : आज कोलकाता र मुम्बई भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज कोलकाता नाइट राइडर्स

केजरीवालले चुनावी प्रचार गर्न पाउने : यस्ता छन् अदालतका पाँच शर्त

नयाँदिल्ली – मनी लान्ड्रिङ मुद्दामा तीन साताका लागि जमानत पाएका

धरानमा कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र स्थापना

सुनसरी– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले कोशी प्रदेशस्तरीय

भारतको सहयोगमा बैतडीमा विद्यालय भवन बन्दै

काठमाडौं– भारत सरकारको सहयोगमा बैतडीमा विद्यालय भवन निर्माण हुने भएको