पाँच वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गर्ने किशोर पक्राउ  | Khabarhub Khabarhub

पाँच वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गर्ने किशोर पक्राउ 


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङमा ५ वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गर्ने किशोर पक्राउ परेका छन् । गत १४ असारमा नाबालिकालाई बाख्राको खोरमा लगेर मुख थुनेर जबर्जस्ती करणी गर्ने केपिलासगढी गाउँपालिका-४ बाक्सिलाका १६ वर्षीय केपिलासगढी (ग) (परिवर्तित नाम) लाई प्रहरीले पक्राउ गरेको हो ।

घटनापछि फरार भएका आरोपितलाई बिहीबार बिहान केपिलासगढी गाउँपालिका-५ सप्तेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले विज्ञप्तिमार्फत जानकारी दिएको छ । अभियुक्तले आफ्नै घरमा खेलिरहेकी नाबालिकालाई दिउँसो ३ बजे ललाइफकाइ बाख्रा खोरमा लगेर जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ । नाबालिकाकी आमाले देखेपछि आरोपित फरार भएका थिए । उनलाई इलाका प्रहरी कार्यालय बाक्सिलाबाट खटिएको प्रहरीको टोलीले लुकिछिपी बसिरहेको अवस्थामा राति २ बजे नियन्त्रणमा लिएको हो । 

अभियुक्तविरुद्ध जबर्जस्ती करणी कसुरमा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिएर निगरानी कक्षमा राखेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रोमनराज अर्यालले जानकारी दिए । 

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  १ : ३८ बजे

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले