गारिब तथा विपन्न परिवारलाई बाख्रा वितरण | Khabarhub Khabarhub

गारिब तथा विपन्न परिवारलाई बाख्रा वितरण


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – दैलेखको नारायण नगरपालिका-३ कालिमाटीका गारिब तथा विपन्न परिवारलाई बाख्रा वितरण गरिएको छ । गरिब तथा विपन्न घर परिवारको जीविकोपार्जनका लागि बाख्रा वितरण गरिएको हो ।

कर्णाली प्रदेश सरकार, पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखको बाख्रा ब्लग कार्यक्रमअन्तर्गत छनोट गरिएको २० परिवारलाई बाख्रा दिइएको हो । प्रतिपरिवार घर १० वटा बाख्रा अनुदान उपलब्ध गराइएको पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका प्रमुख भीमबहादुर विष्टले बताए ।

आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारहरूलाई लक्षित गरी बाख्रा ब्लग कार्यक्रमको पहिलो चरणमा १८ किसानले कुल ६३ वटा बाख्रा वितरण गरिएको छ भने लगत्तै थप एक सय ३७ वटा बाख्रा वितरण गरिने छ ।

किसानको लागत साझेदारीमा किसानलाई बाख्रासँगै व्यवस्थित खोरको लागि कुल ४६ हजार नगदसमेत उपलब्ध गराएको छ । बाख्रा ब्लग कार्यक्रमअन्तर्गत किसानले २५ प्रतिशत साझेदारी गरेका छन् भने कार्यक्रमले ७५ प्रतिशत अनुदान उपलब्ध गराएको छ । हरेक बाख्रा पालक कृषकले अनुदानमा प्राप्त १० बाख्रा र आफ्नो १० गरी २० वटासम्म बाख्रा पाल्न सकिने गरी खोरसमेत निर्माण गरिएको छ ।

बाख्रा वितरण कार्यक्रममा वडाध्यक्ष चन्द्रप्रसाद उपाध्याय, पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका प्रमुख भीमबहादुर विष्ट, पत्रकार महासंघका अध्यक्ष यज्ञराज थापालगायतको उपस्थिति थियो । अनुदानमा बाख्रा पाएका किसानहरूले बाख्रा पालन व्यवसायबाट मनग्य आम्दानीसँगै जीविकोपार्जनमा सहयोग पुग्ने बताएका छन् ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  १० : १४ बजे

छामछुम समिति : रवि जोखिममा, अरु धरापमा

यो आलेख तयार पार्दासम्म सहकारी क्षेत्रको बेथितिमाथि छानविनका लागि संसदीय

नेप्सेमा देखियो समस्या, केहीबेरमा समाधान हुने 

काठमाडौं–नेपाल स्टक एक्चेञ्जमा समस्या देखिएको छ । नेप्से बन्द हुनु

फेरि सर्‍यो प्रतिनिधिसभा बैठक 

काठमाडौं– सत्तापक्ष र प्रतिपक्षबीच सहकारी ठगी प्रकरण छानबिनका लागि गठन

प्रधानमन्त्रीको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च पुगे उपेन्द्र

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले

राष्ट्रिय सभा बैठक बस्दै नबसी स्थगित 

काठमाडौं– संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा बैठक स्थगित भएको