यो बजेट तपाईंहरुको हो, सबै मिलेर कार्यान्वयन गरौँ: अर्थमन्त्री शर्मा « Khabarhub

यो बजेट तपाईंहरुको हो, सबै मिलेर कार्यान्वयन गरौँ: अर्थमन्त्री शर्मा


१८ जेष्ठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले सरकारले ल्याएको बजेटमा सबैको अपनत्व भएकाले मिलेर कार्यान्वयन गर्न सबै पक्षलाई आग्रह गरेका छन् ।

नेपाल आर्थिक संघ र बैंक तथा वित्तीय संस्था परिसंघले आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । उक्त कार्यक्रम अर्थ मन्त्रालयको सहकार्यमा आयोजना गरिएको थियो ।

कार्यक्रममा बोल्दै उनले भने, ‘यो बजेट तपाईंहरुको हो, मत केबल प्रतिनिधि मात्र हुँ ।’

साथै उनले सबैले मिलेर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

यो वर्षको बजेट आम जनताले स्वामित्व लिन सक्ने गरी बनाइएको पनि उनले बताए ।

अर्थमन्त्री शर्माले बजेटमा पुँजीबजार सुधारका विषयहरु पनि समावेश गरिएको बताए । बजेटको बुँदा नम्बर ३३२ मा यसबारेमा समेटिएको उनले बताए ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  १० : ०९ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा