आजबाट सुरु हुँदै नेसन्स लिग, पोल्यान्ड र वेल्स भिड्दै | Khabarhub Khabarhub

आजबाट सुरु हुँदै नेसन्स लिग, पोल्यान्ड र वेल्स भिड्दै


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यूईएफए नेसन्स लिग सिजन २०२२–२३ बुधबारबाट सुृरु हुँदै छ ।

यससँगै युरोपका हस्ती राष्ट्रहरु आगामी दुई हप्ता यसै लिगमा व्यस्त हुनेछन् । एसियाली मुलुक कतारमा नोभेम्बरमा फिफा विश्वकप हुनुअघि यस प्रतियोगिताले बाँकी समय पूर्ण गर्ने विश्वास गरिएको छ । प्रतियोगितामा इंग्ल्यान्ड र उत्तरी आयरल्यान्डले चार समूहका खेल खेलेका छन् ।
यस्तै वेल्सले विश्वकप प्लेअफसहित चार खेल खेलेको छ । प्रतियोगितामा सहभागी भएका स्कटल्यान्ड र युक्रेन विश्वकपको प्लेअफ सेमिफाइनलमा बुधबार नै प्रतिस्पर्धा गर्दैछन् । दुई वर्षमा आयोजना हुने नेसन्स कपको यो तेस्रो संस्करण हो । यसअघि पहिलो संस्करण सन् २०१९ मा पोर्चुगलले जितेको थियो ।

यस्तै, सन् २०२१ मा भएको फाइनल खेलमा स्पेनलाई हराउँदै फ्रान्सले दोस्रो संस्करणको उपाधि जितेको थियो । बुधबार सुरु हुने खेलमा पोल्यान्ड र वेल्सबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समयअनुसार पौने १० बजे पोल्यान्डमा हुनेछ ।

दुई राष्ट्रको प्रतिस्पर्धामा अनुभवी अट्याकरद्वय रोवर्ट लेवान्डोस्की र गेराथ वेल सबैको नजरमा पर्न सक्छन् । पोल्यान्डका लेवान्डोस्की र वेल्सका वेल यसै सिजन व्यावसायिक फुटबल खेल्दै आएका क्रमश: वायर्न म्युनिख र रियल मड्रिड छाड्दैछन् ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ५ : ३७ बजे

आज २०८१ साल वैशाख २८ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २८ गते शुक्रबार तदनुसार

आइएसएसआर नीति बहस : बजेट आकारदेखि युवा पलायनसम्मका समस्या मन्थन

काठमाडौं – इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसिओ–इकोनोमिक रिसर्च (आइएसएसआर) र

औषधिको अवैध कारोबार गरेको आरोपमा मेडिकल सञ्चालक पक्राउ

लुम्बिनी – बुटवलमा मेडिकल पसल राखेर चिकित्सकको सिफारिसबिना अवैधरूपमा औषधिको

गण्डकीमा बर्सेनि बढ्दै सवारी दुर्घटना

गण्डकी – कास्कीमा आव २०७७/७८ मा ६४ सडक दुर्घटना भए

दुई क्विन्टल गाँजासहित एक जना पक्राउ

विराटनगर – मोरङ प्रहरीले दुई क्विन्टल गाँजासहित एक जनालाई पक्राउ