'फाइनलिसिमा' : इटाली र अर्जेन्टिनाबीचको फुटबल खेल आज | Khabarhub Khabarhub

‘फाइनलिसिमा’ : इटाली र अर्जेन्टिनाबीचको फुटबल खेल आज


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ- युरोपेली र दक्षिण अमेरिकी फुटबलका विजेताबीच आयोजना गर्न लागिएको ‘फाइनलिसिमा’ खेलमा बुधबार अर्जेन्टिना र इटालीबीच प्रतिस्पर्धा हुने भएको छ ।

बेलायतको लन्डनस्थित वेम्बली स्टेडियममा अर्जेन्टिना र इटाली आमने सामने हुनेछन् । दुबै टोली नेपाली समयअनुसार राति साढे १२ बजे मैदान उत्रिनेछन् ।

इटालीले पछिल्लो संस्करणको युरोकप जित्दै तथा अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जित्दै फाइनलिसिमामा ठाउँ पक्का गरेका हुन् ।

सन् २०२० को युरोकप फाइनलमा इटालीले इङ्ल्याण्डलाई पेनाल्टीमा पराजित गर्दै उपाधि जितेको थियो । यता अर्जेन्टिनाले भने फाइनलमा ब्राजिललाई १–० गोल अन्तरले पराजित गर्दै २०२१ को कोपा अमेरिकाको उपाधि जितेको थियो ।

फाइनलसिमा ठिक ९० मिनेटको लागि खेलाइन्छ । निर्धारीत समयसम्म खेल बराबरीमा सकिएको खण्डमा भने विजेताको निर्णयका लागि पेनाल्टी सुट आउटबाट हुनेछ ।

युरोपेली फुटबल महासंघ युएफा र दक्षिण अमेरिकी फुटबल महासंघ कोन्मेबोलको समन्वयमा फाइनलिसिमाको आयोजना गरिएको हो । २०२२ को खेल फाइनलिसिमाको तेस्रो संस्करण हुनेछ ।

यसअघि सन् १९८५ मा फ्रान्सको पेरिसमा भएको पहिलो संस्करण फ्रान्सले जितेको थियो । सन् १९९३ मा अर्जेन्टिनाको मार देल प्लाटामा भएको दोस्रो संस्करण भने अर्जेन्टिनाले जितेको थियो ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ४ : ५५ बजे

बायर लेभरकुजन : जसले एकै खेल नहारी जित्यो लिग, अझै दुई फाइनल खेल्दै

काठमाडौं- जर्मन बुन्डेस लिगा क्लब बायर लेभरकुजनले कुनै पनि खेलमा

विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : पोख्रेल

दाङ– नेकपा (एमाले)का महासचिव शङ्कर पोख्रेलले विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्ने

प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्‍यो

काठमाडौं– सहकारी ठगी प्रकरणको छानबिनका बारेमा गठन गर्न लागिएको संसदीय

भक्तपुर एमालेमा दोहोरिए बचन देउजा, महेश बस्नेतलाई धक्का

भक्तपुर- नेकपा एमाले भक्तपुरको अध्यक्षमा बचन देउजा दोहोरिएका छन् ।

नवलपरासीको बाघखोरलाई घरबास गाउँ घोषणा

नवलपरासी– नवलपरासी (बर्दघाघाट पूर्व) नवलपुरको कावासोती –१५, बाघखोरलाई घरबास गाउँ