बलिउडबाट टाढिए यी अभिनेत्रीहरू  | Khabarhub Khabarhub

बलिउडबाट टाढिए यी अभिनेत्रीहरू 


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडमा ब्रेक पायो भने लाइफ बन्छ भन्ने गरिन्छ । 

किनकी बलिउडको फिल्म मेकिङ र त्यहाँ पाइने दर्शक विश्वभर छन् । त्यसैले त्यहाँ डेब्यु गर्न निकै संघर्ष हुने गरेको छ । डेब्यु फिल्म मार्फत नै चर्चा पाउन सके करियरले गति लिन्छ । केही फिल्म अपवादका रुपमा छन् ।

जहाँ खान स्टारकै फिल्म मार्फत बलिउडमा इन्ट्री गरेका केही अनुहारलाई भने दर्शकले स्वीकारेनन्, जसले गर्दा उनीहरूको बलिउड यात्रा छोटो भयो भन्दा फरक नपर्ला । केही कलाकारहरू बलिउडमा शानदार इन्ट्री गरेर दर्शकको मन जित्न नसक्दा गुमनाम समेत बनेका छन् ।

बलिउडमा एक सय करोड क्बलमा इन्ट्री भएको फिल्म ‘गजनी’ मार्फत डेब्यु गरेकी एक्ट्रेस हुन् आसीन । सन् २००८ मा उनले आमिर खानको को–स्टार हुँदै बलिउडमा प्रवेश गरेता पनि पछिल्लो समय उनी अभिनीत फिल्म छैनन् । पछिल्लो पटक सन् २०१५ मा रिलिज भएको फिल्म  ‘अल इज वेल’ मा देखिएकी आसीन बिजनेसम्यान राहुल शर्मासँग विवाहित जीवनमा छिन् ।

सन् १९९५ मा रिलिज भएको फिल्म ‘बरसात’ मार्फत बलिउडमा इन्ट्री गरेकी ट्विन्कल खन्नाले पनि आफ्नो यात्रालाई निरन्तरता दिन सकिनन् । उनले डेब्यु फिल्ममा बबी देओल को–स्टार भएकी थिइन् । यसै फिल्म मार्फत बबीले पनि डेब्यु गरेका थिए । ट्विन्कलले डेब्युपछि राम्रो–राम्रो फिल्ममा काम गरिन् । सन् २००१ मा पछिल्लो पटक ‘लभके लिए कुछ भी करेगा’ मा देखिएपछि उनले एक्टर अक्षय कुमारसँग विवाह गरिन् । त्यस यता उनले अक्षयको पत्नीकै पहिचान बनाइन । अर्थात् उनले अभिनयलाई छाडेर आफूलाई निर्मात्रीको रुपमा अगाडि ल्याइन् ।

बलिउडमा अभिनेत्री शिल्पा शेट्टीकी बहिनी शमिता शेट्टीले पनि डेब्युमा निकै चर्चा पाइन् । शिल्पा चर्चामै रहँदा बलिउडमा उनले सन् २००० को ब्लकबस्टर फिल्म ‘मोहब्बते’ मार्फत इन्ट्री गरिन् । पछिल्लो समय उनी बलिउडमा फाट्टफुट्ट रुपमा देखा परिरहेकी छिन् भने साउथ इण्डियन फिल्ममा पनि अवस्था त्यस्तै छ । उनलाई दर्शकले एक्ट्रेसको रुपमा चिनेनन् । त्यसैले गर्दा उनको यात्रा अब वेब सिरिज तर्फ बढ्दो छ । 

बलिउडमा शानदार इन्ट्री गर्ने अर्को सुन्दरीमा पर्छिन्, ग्रेसी सिंह । उनले बलिउडमा सन् १९९९ मा पाइला टेकिन् तर उनलाई चिनाउने फिल्म बन्यो ‘लगान’ । यो फिल्म सन् २००१ मा रिलिज भएको थियो । 

इन्डियामा क्रिकेटको लोकप्रियता बढ्दै गर्दा बनेको फिल्ममा आमिर खान लिड एक्टर थिए । ग्रेसीले त्यसपछि अभिनय गरेको फिल्म हो, गंगाजल । यस्ता फिल्म पाउँदा पनि आफ्नो करियरलाई उकालो लगाउन नसकेकी ग्रेसी पछिल्लो समय सन् २०१३ मा रिलिज भएको फिल्म  ‘ब्लु माउन्टेन’ मा देखिएकी थिइन् । बलिउडसँगै मराठी, बंगाली, पन्जाबी, तेलुगु भाषाका फिल्ममा समेत देखिएकी उनले अभिनयलाई ठुलो पर्दामा निरन्तरता दिन सकिनन् ।

सन् २००४ मा रिलिज भएको फिल्म ‘टार्जन: द वन्डर कार’ मार्फत बलिउडमा इन्ट्री गरेकी एक्ट्रेस हुन् आयशा टाकिया । डेब्यु फिल्म बक्स अफिसमा हिट नभएता पनि उनलाई भने चर्चामा ल्यायो । उनको मुस्कानलाई दर्शकले रुचाए । त्यसपछि उनले धेरै फिल्ममा अभिनय गरिन् तर उनकै कारण फिल्म चलेको चर्चा भएन । पछिल्लो समय सलमान खानसँग फिल्म वान्टेडमा समेत देखिएकी आयशालाई केहि फाईदा भएन । 

उनलाई पछिल्लो समय सन् २०११ को फिल्म ‘मोड’ मा देखिएको थियो । आयशाले सन् २००९ मा फरहान आजमीसँग विवाह गरेपछि बलिउडलाई बिस्तारै बाई भनिन् ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ४ : ५० बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन